फिरोज सिद्दिकी,लहान, ११ पुस । नेपाल औषधि व्यवसायी संघ प्रदेश नम्बर २ को प्रथम प्रादेशिक अधिवेशन २०७७ सम्पन्न भएको छ । शनिबार सिरहाको लहानमा भव्यताका साथ प्रादेशिक अधिवेशन सम्पन्न गरेर प्रदेश नम्बर २ नेपालमै प्रदेश शाखा गठन गर्नेमा पहिलो प्रदेश बनेको हो । अधिवेशनको समुद्घाटन कार्यक्रमा बोल्दै प्रमुख अतिथि नेपाल औषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले संघिय संरचना अन्तर्गत प्रदेश नम्बर २ ले नेपालकै पहिलो प्रादेशिक अधिवेशन गरेर प्रथम हुनु भएकामा खुशी व्यक्त गर्दै अरु प्रदेशले पनि यसको सिको गर्ने बताउनु भयो । कार्यक्रममा ओरिएन्टेशन कोर्ष किन हुन नसकेको प्रश्नको जवाफ दिदै
राजविराज । लैङ्गिक हिंसा नियन्त्रणका लागि सप्तरीको राजविराज नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा पालिका स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन भएको छ । सप्तरीको राजविराज नगरपालिकाको सभा हलमा बुधवार भएको नगर भरीका अगुवा महिला महिला तथा पुरुषहरुको भेलाले १९ सदस्य पालिका स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन गरेको हो । भेलाले सञ्जालको संयोजकमा महिलाअधिकारकर्मी साधना कर्णलाई चयन गरेको छ भने अगुवा महिला सन्जु रायलाई सह संयोजक, रेहाना खातुन सचिव, विजय देवी यादव सह सचिव र चन्द्रशेखर साफीलाई कोषाध्यक्षमा चयन गरेको छ । यस्तै सञ्जालको सदस्यमा निर्मला पोखरेल, अनारदेवी चौधरी, ज्ञानु भट्टराई भ
लहान । सहज परियोजनाले गर्दा लैंगिक हिंसा प्रभावितहरुको सुरक्षा र न्यायमा पहुँच अभिवृद्धि भएको सरोकारवलाले बताएका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका, राजविराज नगरपालिका, बोदेवरसाइन नगरपालिका, राजगढ गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा सम्पन्न सहज परियोजना सल्लाहकार समितिको बैठकका सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन् । सप्तरीको सुरुङ्गा नगरपालिकामा मंगलवार सम्पन्न सहज परियोजना सल्लाहकार समितिको बैठकमा सुरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले सहज परियोजनाका कारण नगरका लैंगिक हिंसा प्रभावितलाई सुरक्षा र न्यायमा पहुँच अभिवृद्धि गर्न सहयोग पुगेको बताउनु भयो । आफनै श्रीमानले शरिरमा आगो लगाए
समृद्धिपथ समाचारदाता, लहान । लहान नगरपालिका वडा नम्बर ९ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण कार्य सुरु भएको छ । लहानका उत्तरी ग्रामीण भेगका हजारौ स्थानीयहरुले स्वास्थ्य लाभ लिइने उद्देश्यका साथ स्वास्थ्य सेवा केन्द्र निर्माण गर्न लागिएको हो । लहान–९ गोठ टोलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण कार्यको शिलान्यास गर्दै नगरप्रमुख मुनि साहले भन्नुभयो, यस स्वास्थ्य सेवा केन्द्रले ग्रामीण भेगको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने छ । आधारभूत स्वास्थ्य उपचार र स्वास्थ्य सेवा उपलब्ध गराउन क्रमशः यस अस्पतालको स्तरोन्नती गर्दै दीर्घकालिन योजना लिएर निर्माण कार्य अघि बढाएको हो ।
जिवछ उदासी लहान, लहान नगरपालिकाले नगरभित्र हुने दैनिकी गतिविधिको साथै समसामयिक राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको जनजीवमा सकारात्मक प्रभाव पार्ने सूचना सम्प्रेषण गर्नको लागि लहानको शहरी क्षेत्र ६ र ७ नम्बर वडामा मल्टिमिडिया सूचना बोर्डको निर्माण कार्यको उदघाटन लहान नगरप्रमुख मुनि साहले गर्नु भएको छ । निर्माण कार्यको शुभारम्भ गर्नुहुँदै नगरप्रमुख साहले भन्नुभयो,‘हाम्रो लहान सुन्दर र समृद्ध लहानको लागि लहान नगरपालिकाले दैनिकी विकास ,समृद्धिको र सामाजिक न्यायको लागि गरिरहेको गतिविधि ठूलो एलिडीको माध्यमबाट सहज रुपमा जानकारी पाउन सकून भने उद्येश्यले सूचना बोर्ड राख्न लागिएको हो ।’ विक
जिवछ उदासी लहान,सामुदायिक विद्यालयको सुधानरको लागि लहान नगरपालिका शिक्षा शाखाले सामुदायिक विद्यालयको सुधारको लागि सामुदायको साझा प्रयास आवश्यक रहेको लहान नगरप्रमुख मुनि साहले बताउनु भएको छ । लहान–१८ भदैया विसनपुरमा रहेको राजदेवी आधारभूत विद्यालयको दुई कोठे भवनको शिलान्यास तथा भूमि पूजा गर्दै प्रमुख साहले यस्तो बताउनु भएको हो । शैक्षिक गुणस्तर सुधारको लागि शिक्षकहरुलाई अनिवार्य आधारभूत तालिम,भौतिक पूर्वाधार निर्माण र लहान नगरपालिका शिक्षा शाखाले नियमित अनुगमनको पाटोलाई अघि बढाए पनि सामुदायले समेत उतिकै जिम्मेबारी बुझेर साझा प्रयास गरेमा सामुदायिक विद्यालयको सुधारमा समय नलाग्ने उहाँले व
जिवछ उदासी लहान, लहान नगरप्रमुख मुनि साह सुँडीले भवरापार्कले पर्यटकीय लोभ्याउने विश्वास व्यक्त गर्नु भएको छ ।लहान वडानम्बर १ र १० पर्ने भवरापर्क निर्माण कार्यको उद्घाट्न र भूमिपूजा गर्दै यस्तो बताउनु भएको हो । लहान नगरपालिकामा धार्मिक र मनोरञ्जनको दृश्यले पर्यटकीय संभावना रहेको लहान नगरपालिकामा निर्माण सुरु भएको भवरापार्कले लहान आउने आन्तरिक वा वाहिय धार्मिक पर्यटकीयहरुले एक पटक भवरापार्क भवरापार्क आउनैपर्ने लोभलाग्दो मनमोहक पार्क निर्माण हुने प्रमुख साहले प्रष्ट्याउनुभयो । भवरापार्क निर्माण कार्यको साइड इन्जििनियर एकमणि सिफलियाले २०७८ पुष ३० गतेसम्म सम्पन्न हुने आयोजना भ्याट समेत ५ करोड
समृद्धिपथ समाचारदाता, लहान । लहान नगरपालिकाका उपप्रमुख सरियार कुमारी चौधरीले बढ्दो आत्महत्याको घटना रोक्न सबै संघ सस्था, स्थानीय निकाय, पत्रकार सरोकारवालाहरु सबै मिलेर रोकथाममा लाग्नु पर्ने बताउनु भएको छ । २९औं लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘आत्महत्याको अवस्था र हाम्रो दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा आइतवार यस्तो बताउनु भएको हो । बढ्दो आत्महत्याको घट्ना रोक्न सबैपक्ष उतिकै जिम्मेबार हुनुपर्ने भन्दै आत्महत्याका घट्नामा कमि ल्याउन लहान नगरपालिकाले बजेट विनियोजन गरेर सामाजिक परामर्शदाताहरुलाई खटाएर घट्ना न्यूनिकरणतर्फ ठोस पहल गर्ने नगर उपप्रमुख तथा न्यायिक स
लहान । ओरेक परियोजना कार्यालय सिरहाले सिरहा नगरपालिकाको १४, १५ र १६ वडाका सय जनागर्भवती, सुत्केरी र अतिविपन्न परिवारलाई राहतबितरण गरेको छ । मंगलबार तीन वटै वडा कार्यलयको सहकार्यमा सय जनागर्भवती, सुत्केरी र अतिविपन्न परिवारका महिलालाई वडा नं. १६ र १४ का वडा अध्यक्षको उपस्थितिमा राहतबितरण गरेको हो । राहतमा २५ किलो चामल, १ किलो चना, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल, १ किलो सर्फ, नुहाउने साबुन र प्याडको लागिप्रयोग गर्न २ मिटर सुतीको कपडा रहेको ओरेक सिरहाकी कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरीले जानकारी दिनुभयो । कोरोना महामारीका कारण अहिले पनि अवस्था समान्य नभएको अवस्थामा ओरेकले दिएको राहतल
जिवछ उदासी लहान,मंसिर १६ गते । ‘अपन संस्कृति अपन पहिचान वृद्धवृद्धाके करु सम्मान ’ मूल नाराका साथ लहान –१८ ले बृद्धबृद्धमलाई सम्मान गरी सामा चकेवा महोत्सव लहान १८ भदैया सम्पन्न भएको छ । महोत्सवको समापन्न समारोहलाई लहान नगरपालिका उपप्रमुख सरियार चौधरीले सम्बोधन गर्दै भन्नुभयो,लोप हुन लागेको सामा चकेवा पर्वलाई थारु समुदायको युवा युवती नयाँ पुस्ताले महोत्सवको रुपमा मनाएर नयाँ जीवन दिएको छ । यसलाई अझै विस्तार गरेर सामाजिक एकता सदभाव र संस्कृतिको रक्षाको लागि महोत्सव प्रेरणादायी भएको बताउनुभयो । आफै सामा चकेवाको गीत गाएर उपप्रमुख चौधरीले वृद्धवृदालाई दोसल्ला ओढाई फूलको माला लगा
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A