सिरहा । नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको समयमा सरकारले थप कडाई गरेको छ । बन्दाबन्दीको समयमा नागरिकको सुरक्षालाई मध्यनजर गर्दै सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको हो । कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको गृहमन्त्रालयले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाउने व्यवस्था गरेको हो। आवतजावत गर्नुपरेमा वा कार्यस्थलमा २ मिटरको सामाजिक दूरी बनाइ काम गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । तोकिएको कार्यस्थ
जिवछ उदासी लहान । लहान १ मा रहेको लिला मदन प्रसूति घरमा सप्तरी खरछुइया घर भएकी २० वर्षिय मौषम खातुनको मृत्यु बुधबार राती भयो । यो मृत्यु लहानमा पहिलो पटक होइन, कैयन पटक यस्तो घटनाहरु लहान स्थित विभिन्न निजी अस्पताल र क्लिनिकहरुमा घट्दै आइरहेको छ । प्रसूति गराउन जाने महिलाहरु ज्यान गुमाउनुपर्ने बाध्यता कहिलेसम्म सर्वत्र चिन्ता र चासोको विषय भएको छ । मृत्यु भएपछि एक दुई दिन नारा जुलुस विरोध हुन्छ, पीडित पक्षलाई मिलाईन्छ, केहि महिना निजी अस्पताल क्लिनिकहरु सचेत हुन्छ फेरि कमाइको चक्करमा प्रसूति गराउन आउने महिला र नव जात शिशुको जीवनसँग मजाक गरेर भएपनि रकम असूल गर्न बन्द गर्दैन । यहि हो लहानको स्
जिवछ उदासी लहान, असार ४ गते । सिरहा प्रहरी प्रमुख उपरीक्षक (एसपी) उमा प्रसाद चतुर्वेदी सिरहाबाट सरुवा हुनु भएको छ । आफ्नो कार्यकालमा सिरहाको शान्ति सुरक्षा कायम गर्न र अपराध नियणत्रण गर्न सहासिक भूमिका निर्वाह गर्नु भएकोमा जिल्लाभरि नै उहाँँको कार्यको प्रशंसा हुन थालेका छन् । लहान नगरप्रमुख मुनि साह एसपी चतुर्वेदीको खुलेर प्रशंसा गर्दै समृद्धिपथसँग भन्नुभयो, अपेक्षाकेत उहाँले समग्र सिरहाकै पक्षमा राम्रो काम गरेर जानु भयो लहानको सड्क फराकिलो गर्न तत्कालिन प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी र एसपी चतुर्वेदीले सघाउनुभयो । हुन त कमि कमजोरी प्रशंसा गुनासो हरेक पदमा रहेका हरेक व्यक्तिको हुन्
जिवछ उदासी लहान । कारोना माहामारीबाट जोगिन सामाजिक दुरीको पालना मास्कको प्रयोग गर्नुपर्छ जनहितमा जारी सूचनाहरु गुञ्जिरहेपनि लहानवासीलाई यसले कुनै प्रभाव पार्न सकेको छैन । पसल र हाट बजार क्षेत्रमा देखिएको भीडले कहि लहानमा कोरोना सङ्क्रमण बढने त होइन भने चिन्ता स्थानीयहरुमा बढेका छन् । लहान १ को मुख्य चोकमा लाग्ने तरकारी बजार र आँपको बजारमा विहान वेलुका देखिने भीडलाई केहि दिन यता प्रहरीहरुले पनि हेरेर नहेरेको जस्तो गरेर निस्क्रियता देखाउन थालेको शिक्षक गंगा प्रसाद यादव भन्नुहुन्छ, केहि दिन पहिले मोटरसाइकलको साँचो खोस्ने प्रहरी अहिले भीड हेरेर किन मुखदर्शक भएको होला ? यस्तो चिन्ता शिक्षक गंगा प
फिरोज सिद्दिकी लहान । महिलाहरुको सीप विकास तालिम अन्तर्गत माला, बाला, चुडा र कानको टँप बनाउने तालिम मंगलवार लहानमा सम्पन्न भएको छ । लहान नगरपालिकाको आयोजनामा गत जेठ २७ गतेदेखि उक्त तालिम शुरु भएको थियो । लहान नगरपालिकाको २४ वटै वडाका एक–एक जना सहभागि महिलाहरुलाई माला, बाला, चुडा र कानको टँप बनाउन सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको लहान नगरपालिकाकी महिला विकास निरीक्षक अन्जना कुमारी साहले जानकारी दिनुभयो । तालिमको समापन गर्दै लहान नगरपालिकाकी उपमेयर सरियार कुमारी चौधरीले महिलाहरुलाई आर्थिक अधिकारबाट बञ्चित गराइने भएकाले समाजमा अझै पनि महिलाहरु पछाडी पर्नु परेको ब
जिवछ उदासी लहान,असार २ गते । लहान २३ बथनाहा चोकमा सोमबार जलेश्वर नाथ महादेव मन्दिर निर्माण कार्यको शिलान्यास लहान नगरप्रमुख मुनि साहले गर्नु भएको छ । स्थानीयहरुले यस चोकमा जलेश्वरनाथ मन्दिरको स्थापनाको लागि पटक–पटक गरेको मागलाई पुरा गर्न एक वर्षमा यस भेगका भव्य मन्दिर बनोस कामना गर्दै उहाँले शिलान्यास गर्नु भएको हो । ७५ लाख लाग्ने खर्चमा निर्माण हुने मन्दिरले यस भेगमा धार्मिक पर्यटकीयहरुलाई समेत तान्न सक्ने जन विश्वास लहान नगरपालिकाले लिएको प्रमुख साहले बताउनुभयो । विगत वर्षहरुदेखि लहानको खुटी खोलामा जल भरेर जलेश्वरनाथ महादेवलाई पूजा गर्दै आइरहेका स्थानीयहरुले महादेव
जिवछ उदासी लहान, असार १ गते । लहान नगरप्रमुख मुनि साहले सामाजिक न्यायको अभावमा समृद्धिको सपना सकार हुन नसक्ने बताउनु भएको छ । सामाजिक नयाय सम्बन्धी मेलमिलापको लागि अभिकर्ताहरुलाई दुई दिने गोष्ठीलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । लहान नगरपालिकाको सबै वडामा सामजिक मेलमिलाप अभिकार्ताहरुलाई सशक्त बनाएर ठाँउको ठाँउ मेलमिलापको माध्यमबाट न्याय दिलाउन दुई दिने गोष्ठी कोसे ढाुंगा सबित हुने प्रमुख साहले भन्दै यसको लागि अभिककार्ताहरुमा कानुनी र व्यावहारिक ज्ञान हुनु आवश्यक रहेको बताउनुभयो । लहान नगरपालिकाको भूगोल र जाति बनोट हे
जिवछ उदासी लहान । लहान नगरपालिकाको ६ नम्बर वडाले सुरु गरेको प्रधानमन्त्री रोजगारी कार्यक्रममा ९९ प्रतिशतभन्दा बढी महिलाहरुले रोजगारी पाएका छन् । रोजगारी पाएका महिलाहरु उत्सुकभई सडक निर्माण कार्यमा लागेका हुन् । लहान वडानम्वर ६ का वडाधयक्ष अरुण केसी भन्नुहुन्छ, महिलाहरुले सडक खन्न सक्छ भने लागेको थिएन । २२ जना छनौट भएको प्रधानमन्त्री रोजगारी कार्यक्रममा एक जना पुरुष मात्रै सहभागी भएपनि पुरुषले गर्न नसक्ने काम महिलाहरुले गरेर देखाई दिएका छन् । कोदालोले माटो काटेर नाला सहित सडक निर्माण कार्य सन्तुष्ट रुपमा भइरहेको छ । प्रतिदिन सात सयको दरले काम गरिरहेको २२ जना महिलाले २० दिनम
जिवछ यादव लहान, जेठ ३२ गते । लहानका युवाहरुले नेपाल सरकारले संविधान संशोधन गरेर लिम्पियाधुरा, लेपुलेक र कालापानी नेपालमा रहेको नक्सा पारित गरेर गौरव गर्ने कार्य गरेको भन्दै लहानको शहिद चोकमा आइतबार साँझ दिपावली गरेका छन् । राष्ट्रियताको लागि इतिहासमा पहिलो पटक सबै दलहरुले एकता देखाएर राम्रो सन्देस दिएको भन्दै नेपालको नयाँ नक्सा सडकमा बनाएर मैनवत्ती बालेर दिपाली गरेका युवाहरुले राष्ट्रियगान गाएका थिए । सयौको संख्यामा स्वर्तफूर्त रुपमा भेला भएर राष्ट्रिय झण्डा लिएर सामजिक दूरी समेत कायम गरी युवाहरुले गरेको दिपावली कार्यक्रमबाट हामी कुनै विचारको पक्षधर भएपनि राष्ट
जिवछ उदासी लहान नगरपालिकाको १९ कटहा देखि लहान नगरपालिका हरिनगरा जाने ग्राभेल सडकमा कल्भर्ट निर्माण कार्य आइतबारदेखि सुरु भएको छ । लहान नगरपालिकाका उपप्रमुख सरियार कुमारी चौधरी र नेकपाका केन्द्रिय सदस्य गंगा प्रसाद यादवले संयुक्त रुपमा कल्भर्ट निर्माण कार्यको शिलान्ययास गर्नुभयो । शिलान्यास कार्यक्रममा केन्द्रिय सदस्य यादवले भन्नुभयो,काम पक्का हुनुपर्छ, उपभोक्ता समितिलाई स्थानीयहरुले पनि सहयोग गरेर निगरानी समेत गर्नुपरयो । यो सडक निर्माण गरेर लहान नगरपालिकाले सराहनीय काम त गरेकै थियो,यसमा कल्भर्ट निर्माण गरेर सडक झन दीगो हुने भयो । लहान नगरउपप्र
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A