जीवछ उदासी शिक्षा कुनै पनि देशको विकासको मेरुदण्ड हो । शिक्षाको जग बलियो भएन भने विकासको गति अघि बढ्दैन । नेपालको संविधानमा मौलिक हकको धारा ३१ मा उल्लेख भए अनुसार शिक्षा सबैले समान शिक्षा र नि:शुल्क शिक्षा पाउन नसकिरहेको पनि प्रष्टै छ । देशमा जारी २०२८ को शिक्षा ऐन संशोधन माथि संशोधन गरेर चलि रहेको छ । देशमा राजनीतिक परिवर्तन पटक पटक भयो तर नयाँ शैक्षिक ऐन आउन नसक्नु दुर्भाग्य हो । तीन तहको सरकार मध्ये स्थानीय सरकारलाई शिक्षा हेर्ने दिएको अधिकारको चरम दुरुपयोग भइरहेको छ । स्थानीय सरकारका प्रमुखले कुन शिक्षक कुन दलमा रहेको आधारमा दृष्टिकोण बनाएर पुर्वाग्रही भइ दुख दिइने कामले शिक
जीवछ उदासी लहान,चैत २५ गते नेपाल राष्ट्रिय शिक्षक संगठन लहानको तेस्रो नगर अधिवेशनबाट अध्यक्षमा बद्री नारायण चौधरी सर्वसम्मत रुपमा चयन हुनु भएको छ । यससैगरी महिला उपाध्यक्षमा कुसुम साहसचिवमा श्रीदेव यादव, कोषाध्यक्षमा जीवछ महतो सह कोषाध्यक्षमा संसा कुमारी चौधरी सदस्यहरुमा हरिनाथ यादव,राजेश कुमार चौधरी,पुनम कुमारी यादव,ललिता चौधरी कौशल किशोर मिश्र र प्रमोद कुमार यादव चयन भएको निर्वाचन मण्डलको अध्यक्ष तथा नेपाल राष्ट्रिय शिक्षक संगठन सिरहाका अध्यक्ष राम सेवक यादवले जानकारी दिनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठन लहान नगर कमिटिमा पुर्व अध्यक्ष जीवछ यादवको समूहल
फिरोज सिद्दिकी लहान, माघ ७ गते । लहान एभरेस्ट कलेज तथा माध्यमिक विद्यालयले आफ्नो स्थापना कालको २५ औं वर्ष पुगेको अवसरमा रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले आफ्नो इतिहास र प्रगतिको यात्रालाई स्मरण गर्दै विशेष कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा लहानका विभिन्न क्षेत्रका व्यक्तित्व, पत्रकार, समाजसेवी, पूर्व मन्त्री, मधेस प्रदेशका सभा सदस्यहरू, लहानका सरकारी तथा निजी विद्यालयका प्रतिनिधिहरू र लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतोको उपस्थिति रहेको थियो। उनीहरूलाई समारोहमा सम्मानपत्र र मायाको चिनो प्रदान गरियो। विद्यार्थीहरूको सक्रिय सहभागितामा विविध
फिरोज सिद्दिकी लहान, माघ ७ गते। लहान नगर उपप्रमुख राम चलितर महतोले नगर प्रमुख महेश चौधरीमाथि गम्भीर आरोप लगाएका छन्। उनले लहान नगरपालिकालाई महेश चौधरीको "प्राइभेट लिमिटेड कम्पनी" जस्तै चलाइएको दाबी गर्दै प्रमुख चौधरीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। बुधबार लहानस्थित एभरेस्ट कलेजको २५औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख महतोले भने, "लहान नगरपालिका प्रणाली, कानुन, विधि र विधानको आधारमा होइन, नगर प्रमुख चौधरीको व्यक्तिगत स्वार्थअनुसार सञ्चालन भइरहेको छ। नगर प्रमुखले आफूलाई चाकडी गर्ने शिक्षकलाई मात्
जीवछ उदासी लहान,माघ ३० गते लहान नगरपालिका –१४ मा रहेको श्री बस्तीपुर माध्यमिक विद्यालय बस्तीपुरका कक्षा ९ मा अध्धयनरात कृष्ण कुमार राम सरस्तवती पूजामा बस्न नपाएको पिडा पोखेकोछ । गएको माघ २१ गते सम्पन्न सरस्वती पूजामा आफू पूजामा बस्नको लागि गएको समयमा कक्षा ९ का शिवरण कुमारी साहलाई बसाएर आफूलाई बस्न नदिएको कृष्ण कुमार रामले विद्यालयमा यसै विषयमा समाचार सङकलन गर्न पुगेका सञ्चारकर्मीहरुलाई बताएको छ । सामजिक सञ्जालमा दलित भएकै कारणले सरस्वती पूजामा बस्न नपाएको विषय सार्वजानिक भएपछि सञ्चारकर्मीहरु विद्यालय पुगेको थियो । हरेक वर्ष कक्षा ९ मा पढ्ने प्रथम विधार्थी नै उपवास बसेर सरस्वती पूजामा
गोलबजार । श्री रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पस, गोलबजारका क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष जगतप्रसाद यादवले आफ्नो पदबाट राजीनामा दिएका छन्। यादवले व्यवस्थापन समितिमा सुशासनको अभाव र निर्णायक क्षमताको कमजोरीलाई कारण देखाउँदै राजीनामा दिएका हुन्। उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् कि क्याम्पसको गठन प्रक्रियामा अध्यक्ष पदका लागि आफू दावेदार भए पनि विभिन्न बाधा अड्काउका कारण नेतृत्वको मुख्य भूमिकामा पुग्न असफल भएका थिए। विद्यार्थी, प्राध्यापक तथा व्यवस्थापन समितिका सदस्यहरूको आग्रहमा उपाध्यक्ष पदमा बस्न तयार भए पनि उनले सो पदबाट क्याम्पसको उन्नति र प्रगति गर्न उपयुक्त वातावरण
फिरोज सिद्दिकी लहान । लहानस्थित समता स्कुलमा शुक्रबार चौथो संस्करणको 'समता साहित्य उत्सव' भव्यताका साथ सम्पन्न भएको छ। शिक्षा, कला र साहित्यलाई एकसाथ जोड्ने प्रयास गर्दै विद्यार्थीहरूलाई सिर्जनशील बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको आयोजकले जनाएको हो। कार्यक्रमको प्रमुख अतिथि पूर्व सांसद लगनलाल चौधरी र अध्यक्षता समता स्कुल लहानका प्रिन्सिपल कमल सिङ्तानले गरेका थिए। कार्यक्रममा प्रमुख वक्ता कवि तथा अनुवादक निमेष निखिलले विद्यार्थीहरूलाई साहित्यलाई जीवनशैलीको रूपमा अपनाउँदै स्रष्टाका रूपमा अघि बढ्न प्रेरित गरे। कार्यक्रम दुई चरणमा भएको थियो। पहिलो चरणमा लहान, राजविरा
फिरोज सिद्दिकी लहान । नेपाली साहित्यको प्रवर्द्धन र विद्यार्थीहरूमा साहित्य प्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले सिरहाको लहानमा आगामी पुस १९ गते ‘समता साहित्य उत्सव’ आयोजना हुने भएको छ। समता स्कुल पूर्वी कन्सोर्टियमले आयोजना गर्न लागेको यो साहित्य उत्सवको चौथो संस्करण हो। ‘साहित्यको संसारमा प्रेरणाको दियो’ भन्ने नारासहित हुने कार्यक्रममा सिरहा, सप्तरी, धनुषा, उदयपुर, सिन्धुलीलगायत विभिन्न जिल्लाका २० भन्दा बढी ख्यातिप्राप्त साहित्यकारहरूको सहभागिता रहने जानकारी आयोजकले दिएको छ। कार्यक्रमको प्रमुख उद्देश्य विद्यार्थीहरूमा साहित्यिक रुच
फिरोज सिद्दिकी लहान । सिरहाको लहान नगरपालिकाका राहत शिक्षक जीवछ यादवलाई एक वर्षको अवधिमा चार पटक सरुवा गरिएको घटनाले विवादको रुप लिएको छ। शिक्षक यादवले यसलाई आफूप्रति अन्यायपूर्ण व्यवहारको संज्ञा दिँदै न्यायका लागि अपिल गरेका हुन्। यादवलाई सुरुमा बेतहा विद्यालयमा सरुवा गरियो। केही समयपछि उनलाई बथनाहा पठाइयो। त्यहाँबाट फेरि गुदिगाउँ सरुवा गरिए। तर, हाल उनलाई दरबन्दी नै हटाएर भसुवा सरुवा गरिएको छ। यादवले यो प्रक्रियालाई नियोजित र प्रतिशोधपूर्ण भन्दै नगरपालिकाको निर्णयको विरोध गरेका छन्। शिक्षक यादवले अन्यायपूर्ण सरुवाले आफ्नो व्यक्तिगत र पारिवारिक जीवनमा गम्भीर असर पारेको बताएका छन्। उन
जीवछ उदासीलहान मङ्सिर २१ गते । लहान नगरपालिका वडा नम्बर –२३ मा रहेको श्री जनता आधारभूत विद्यालय बथनाहाबाट मङ्सिर ३ गते शिक्षक सिकन्दर यादव सेवा समस्यामा पर्नु भएको छ । श्री जनता आधारभुत विद्यालय बथनाहाबाट सेवा निवृत भएपछि सञ्चयकोष र नागरिक लगानी कोषको रकमबारे बिराटनगर र जनकपुर गएर बुझ्दा सात वर्षको रकम त्यस विद्यालयका तत्कालिन प्रधानाध्यापक मागैन यादवले रकम जम्मा नगरिदिएको उहाँले सुनाउनुभयो । सेवा निवृत शिक्षक यादवका अनुसार तत्कालिन प्रअ मागैन यादवले २०६५ सालदेखि २०७२ सालसम्म सम्मको २८ महिनाको नागरिक लगानी कोषको रकम र सञ्चयकोषको रकम जम्मा नभएको तथ्य फेला परेको छ । २०७२ सालमै प्रअ मागै
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A