जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ। निर्देशक समितिको सोमबार सम्पन्न बैठकले पिसीआर मेसिन सञ्चालनमा रहेको जनकपुर, वीरगञ्ज र राजविराजको प्रयोगशालामामा एक–एक र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब ‘सेटअप’ गर्ने एक गरी चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। समितिले परीक्षण तथा उपचारका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ। यसका साथै समितिले प्रदेशमा कोरोना परीक्षणलाई तीव्रता दिन थप ५० हजार भिटिए
काठमाडौं, जेठ २६ गते । कोरोना भाइरस (कोभिड–१९) का कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशी भूमिमा रोकिएका नेपालीका शव स्वदेश ल्याउने तयारी भएको छ । विदेशमा रहेका नेपाली नागरिकहरूको उद्धारसँगै शव पनि ल्याउने तयारी भएको हो । कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा नेपाल ल्याउनै पर्ने अवस्थामा रहेका नेपालीलाई सहजीकरण गर्ने आदेश २०७७ मा जहाज चार्टड भएको बेला अलपत्र शव ल्याउने व्यवस्था परराष्ट्र र श्रम मन्त्रालयले मिलाउनुपर्ने उल्लेख गरिएको छ । ल्याइएका शव परिवारसम्म पु¥याउने व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्नुपर्ने पनि उल्लेख गरिएको छ । नेपालमा लकडाउ
जिवछ उदासी लहान, जेठ २५ गते । आँपको राजधानीको रुपमा चिनिएको सिरहाको लहानमा कृषकहरुले उचित मूल्य पाउन सकेको छैन । स्थानीय कृषि सहकारीहरु सक्रिय नहुँदा कृषकहरु प्रत्येक वर्ष मारमा पर्ने गरेको छ । कोरोना भाइरसको महामारीले विश्व नै अक्रान्त रहेको वेला नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीले अझै कृषकहरु मारमा पर्ने हो कि चिन्ता सर्वत्र देखिएको छ । लहान नगरपालिकामा २१ वटा कृषि सहकारीहरु दर्ता भएपनि कृषकहरुको हकहितमा काम गर्न नसकिरहेको अवस्था रहेको लहान कृषि शाखाका प्रमुख प्रकाश साहले बताउनुभयो । उहाँको अनुसार एक वर्ष विराएर फल्ने आँप यस वर्ष निकै मज्जर लागेपनि वेलामा कृषकह
काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण घोषणा भएको ४४ दिन बित्दासमेत कसको नेतृत्वमा पार्टी दर्ता गराउने भन्ने विषयमा टुङ्गो लाग्न सकेको छैन । वैशाख १० गते एकीकरण घोषणा भए पनि त्यसयता एकीकरणका व्यवहारिक पक्षलाई टुंग्याउने दिशामा प्रभावकारी पहलकदमी हुन नसकेको हो । वैशाख ११ गते निर्वाचन आयोगलाई पार्टी एकीकरण भएको जानकारी गराइएको छ । निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनभित्र पार्टी दर्ता गराउनुपर्ने प्रावधान छ । जसअनुसार आइतबार ४५ दिन पुग्दैछ । आयोगमा आइतबारसम्ममा पार्टी दर्ता गराइसक्नु पर्छ । दुई दलबीच विभिन्न विषयमा कुरा नमिलेको कारण आइतबार आयोथमा दल दर्ता हुने कि
काठमाडौं । नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२३५ पुगेको छ । उनले शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि जानकारी दिए । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् । यसैबीच कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको नियमित प्
जिवछ उदासी/फिरोज सिद्दिकी लहान, जेठ २४ गते । लहान नगरपालिका १५ ढोडनामा रहेको धार्मिक पर्यटकीय क्षेत्र पञ्चावती राजदेवी मन्दिर जाने पक्की सडकको निर्माण कार्य प्रारम्भ भएको छ । लहान नगरप्रमुख मुनि साहले खुटी पारी लहान १८ भदैयादेखि लहान १५ स्थित राजदेवी मन्दिरसम्मको साढे चार किलोमिटर पक्की सडक निर्माण कार्यको शिलान्यास गर्दै प्रारम्भ गरेको हो । शिलान्यास गर्दै प्रमुख साहले भन्नुभयो, ‘पक्क्ी सडक निर्माणले राजदेवी मन्दिरमा आउने जाने धार्मिक पर्यटकहरुको लागि मात्रै सहज नभएर उत्तरी भेगको विकासमा समेत कोसे ढुङगा सावित हुनेछ । ग्रामीण र शहरी क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर सबै योजनाहर
फिरोज सिद्दिकी / जिवछ उदासी लहान, जेठ २४ गते । सिरहा जिल्लाका विभिन्न सहरी क्षेत्रका पसलहरु अघोषित रुपमा खुल्न थालेका छन् । लामो बन्दाबन्दीले उकुसमुकुस भएका व्यापारीहरुले उद्योग वाणिज्य संघ सिरहा लहानको पहलमा पसलहरु खोल्न थालेका हुन् । जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोकलाल आमात्यले व्यापारीहरुको बढ्दो गुनासोका कारण आलोपालो गरी पसल खोल्न पहल गरे लगतै पसलहरु खोल्न थालेका छन् । किराना पसलहरु पहिलेदेखि नै साझ विहान खुल्दै आएपनि कपडा, सुनचँदी, कस्मेटिक लगायतका पसलहरु समेत खुलेका छन् । लहान नगरप्रमुख मुनि साहले पसलहरु खुल्न थालेपछि भीड बढे ठूलो जोखिमता आउन सक्नेतर्फ समेत सचेत गरा
इजहार मिकरानी २४ जेठ । बढ्दो तनावका बीच आज भारत र चीनका उच्च सैनिक अधिकारीहरू सीमा विवाद बारे कुराकानी गर्दैछन् । दुबै देशका तीन तारे सैनिक कमाण्डरहरू बीच छलफलका लागि आज ८ः३० को समय तोकिएको थियो । भारतको अंग्रेजी दैनिक इण्डियन एक्सप्रेस अनुसार मीटिंगमा पहिले भारतीय पक्षले सीमामा शान्ति र अमन कायम गर्न र दुबै पक्षले दुई देश बीच हस्ताक्षरित सम्झौता र प्रोटोकल पालना गर्ने आग्रह प्रस्तूत गर्नेछ । भारत र चीन बीच लगभग एक महिना देखि लद्दाखको वास्तविक नियन्त्रण रेखामा चलि आएको तनावपूर्ण स्थिति र समस्या समाधान गर्न आजको मीटिंग भइरहेको छ । अखबारका अनुसार आजको मीटिंगमा भारतको तर्फबाट कोर कमाण
काठमाडौं । गत बुधवार दिउँसो अरब सागरबाट पश्चिम भारतको मुम्बई नजिकैबाट प्रवेश गरेको शक्तिशाली चक्रवात निसर्ग उत्तरपूर्वतिर सर्दै नेपाली भूभागमा आइपुग्दा एउटा कमजोर न्यून चापीय प्रणालीमा परिवर्तन भएको मौसम पूर्वानुमान शाखाका मौसमविद्ले जानकारी दिएका छन्। मौसमविद् मीनकुमार अर्यालका अनुसार प्रदेश नं १, २ र वाग्मती प्रदेशमा वर्षा भएको छ। “यो प्रणाली आजै (शनिवार)बाटै कमजोर हुँदै जानेछ। भोलिसम्ममा मध्य र पूर्वी क्षेत्रबाट पनि यसको प्रभाव हट्नेछ,“ उनले भने। अब अविरल वर्षा हुन छाडेर रोकिँदै वर्षा हुन सक्ने उनले बताए। बाढीको जोखिम कति? जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा स्था
काठमाडौं । शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । सुर्खेत पञ्चपुरीका एक पुरुषको कोरोना भाइरस संक्रमणका कारण जेठ २२ गते नै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जेठ ८ गते भारतबाट आइ १४ दिनसम्म स्थानीय क्वारेन्टिनमा बसी घर फर्किएका पुरुष
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A