जीवछ उदासी लहान,कातिक १७ गते । नेकपा माओवादी केन्द्रका मधेश प्रदेशका सह इन्चार्ज विश्वनाथ साहले भ्रष्टाचारमुक्त देश बनाउनको लागि नेकपा माओवादीलाई बलियो बनाउनुपर्ने बताउनु भएको छ । लहान नगरपालिका वडा नम्बर -६ र ७ का ७३ जना अगुवा नेता कार्यकर्ता र समर्थकहरुलाई नेकपा माओवादीमा स्वागत तथा प्रवेश गराउँदै शुभकामना आदान प्रदान कार्यक्रममा नेता साहले यस्तो बताउनुभयो । देशलाई भ्रष्टाचारमुक्त बनाउन नेकपा माओवादी केन्द्रले आफ्नै पार्टीको नेताहरुलाई समेत नछाडेर सरकारमा रहेर काम सुरु गर्दा सरकार ढलेको स्मरण गराउनुभयो । नेकपा माओवादीका अध्यक्ष प्रडण्ड र उपाध्यक्ष प्
मेरो मान्यता के थियो भने पहिलेका समयमा तरकारीहरूको विकल्प धेरै सीमित हुन्थे र यस्ता मसालेदार तरकारीहरू मात्र पर्वको दिन वा विशेष दिनमा बनाइन्थ्यो, जस्तै आजकल पूडी–कचौरी बनाउनु सामान्य छ र पनिर आदि जस्ता विकल्प पहिले थिएनन्। त्यसैले हुनसक्छ यो चलन बनेको होला। तर वृद्ध व्यक्तिहरूसँग सोध्दा थाहा भयो कि पहिलेका समयमा बनाइएका चिजहरू पछाडि केही कारण हुन्थे। समस्या बस यत्ति हो कि हामीलाई ती चिजहरू गर्न भनिन्छ, तर कारणहरू भने बताइँदैनन्। त्यसैले हामी यस्ता चिजहरूलाई श्रद्धासँग जोड्छौँ। अब मित्रहरू, दीपावलीको दिन विशेष रूपमा ओलको तरकारी खान र खुवाउनको मुख्य कारण बुझौँ - वास्तवमा ओललाई हाम
जीवछ उदासीखुटी नहर सञ्चालन गरेर लहानको दसवटा वडाका ९३५ विगहा खेतमा पानी पुरयाउन माग सहित किसानहरुले लहानमा प्रदर्शन गरेपछि लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले आन्दोलित पक्षसँग सम्वादबाट समस्याको समाधान सहमतिबाटै खोज्न आग्रह गर्नु भएको छ । कातिक ११ गते खुटी नहर सञ्चालनको लागि गठित संघर्ष समितिले प्ले कार्डसहित लहानमा प्रदर्शन गरेपछि नगरपालिकाबाट आधिकारिक धारणा राख्न सोमबार लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले पत्रकामर सम्मेलन गरेर सम्बादबाट समस्यउाको समाधानको लागि आग्रह गर्नु भएको हो । लहान नगरप्रमुख महेश प्रसाद चौधरीले पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुस
लहान । आज नेपालीहरूले धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी लक्ष्मी पूजाको पर्व धूमधामका साथ मनाउँदैछन्। तिहारको तेस्रो दिन अर्थात लक्ष्मी पूजाको दिन, साँझ पख घरको सफा गरेर, झ्यालढोकामा रंगीन बत्ती र फूलमालाले सजाई देवी लक्ष्मीलाई आमन्त्रित गर्ने परम्परा छ। यस अवसरमा मानिसहरूले आ–आफ्ना घर, कार्यालय, पसल र वित्तीय संस्थाहरूलाई विशेष रूपमा सजाउँछन्। यस पर्वको विशेषता भनेको धन र ऐश्वर्यको प्रतीक मानिने देवी लक्ष्मीलाई आह्वान गर्नु हो। परम्परागत मान्यताअनुसार यस दिनले आर्थिक समृद्धि र सुख–शान्ति ल्याउने विश्वास गरिन्छ। घरको सबैभन्दा सफा कोठामा लक्ष्मीको प्रतिमा राखी तेलको दियो, मखमल
सम्पादकीय फिरोज सिद्दिकी आफ्नो जिम्मेवारी र पदलाई जनसेवा र नगरको प्रगतिको निम्ति उपयोग गर्ने मेयरजस्तो पदमा रहँदा, व्यक्तित्वको हठ, जिद्दीपन र अहंकारजस्ता प्रवृत्तिहरूले केवल समस्याको जटिलता मात्र बढाउँछ। नेतृत्वमा बसेका व्यक्तिले जब व्यक्तिगत भावना, स्वार्थ र अहंकार भन्दा माथि उठेर, सबैको रायलाई आत्मसात गर्दै जनतालाई प्राथमिकता दिन्छन्, तबमात्र सही नेतृत्वको सार्थकता प्रमाणित हुन्छ। तर यथार्थमा कतिपय स्थानीय नेतृत्वले नागरिकका समस्या र सुझावप्रति संवेदनशीलताको अभाव देखाइरहेका छन्। हामीले यस्ता धेरै उदाहरण देखेका छौँ, जहाँ जनप्रतिनिधिहरू आफ्ना हठ र जिद्दीका कारण समस्याको समाधान
लहान । सि.जी. हिरोको दशैं-तिहार “एक्कासी मालामाल अफर“ अन्तर्गत लहानका राम किशुन यादवले पाँच लाख रुपैयाँ नगद क्यास ब्याक जित्नुभएको छ। यादवले हिरोको लोकप्रिय मोडल स्पलेण्डर प्लस, सिटी ट्रेड कन्सर्न, लहान सोरुमबाट खरिद गर्नुभएको हो। सि.जी. हिरोले दशैं-तिहार २०८१ को अवसरमा “दुई चक्के किन्दा चार चक्के उपहार“ अफर सार्वजनिक गरेको छ। अफर अनुसार हिरो ब्रान्डका जुनसुकै मोटरसाइकल वा स्कुटर खरिद गर्दा स्क्र्याच कार्ड मार्फत नगद ५ लाखसम्म जित्न सकिन्छ भने बम्पर उपहारमा एउटा भीआईभी कारसमेत जित्ने अवसर रहेको छ। नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्डहरूमध्ये एक हिरोले नय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै बालुवाटारमा प्रदर्शन गर्न पुगेका रास्वपाका नेता तथा कार्यकर्तामध्ये १७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङका वीरेन्द्र श्रेष्ठ, काठमाडौंका प्रदिप विष्ट र नवराज भण्डारी, झापाका सुरेश पोखरेल, सिन्धुपाल्चोकका ध्रुब ढकाल र दयाराम नेपाल, गोर्खाका प्रकाश लामिछाने र नवराज मुडबरी, ललितपुरका सवी खड्का, बुद्धरत्न महर्जन र सुरेन्द्रराज अवाले, नुवाकोटकी साहिल प्रिया, भक्तपुरका शैलेन्द्र खत्री, तनहुँका खुसिराम कैनी, र सिन्धुपाल्चोकका उमेश लामा रहेका छन्। पक्राउ परेका व्यक्तिहरूमा सांसद अशोककुमार चौधरी पनि
काठमाडौं । माओवादी लडाकू शिविरमा भएको घोटालाबारे छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सिन्धुली निवासी युवराज पौडेल सफलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन र चक्रपाणी खनालसहित १३ जनाविरुद्ध उजुरी दर्ता गरेका हुन्। उजुरीमा विस्तृत शान्ति सम्झौता पश्चात् सेना समायोजनको क्रममा माओवादी नेताहरूले सेनाको पोशाकमा फोटो खिचाएर राज्यकोषबाट रकम निकासा गरिएको आरोप लगाइएको छ। माओवादी अध्यक्ष प्रचण्डले एक भिडियोमा ७ हजार लडाकूलाई ३५ हजार पुर्याएर २० हजार लडाकू भेरिफिकेसनमा पारिएक
कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सहकारी अपचलनमा संलग्न जोसुकैलाई कारबाही गर्नुपर्ने र बचतकर्तालाई आफ्नो पैसा फिर्ता पाउने सुनिश्चितता दिन सरकारलाई आग्रह गरेका छन्। समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, "दोषीलाई उन्मुक्ति दिनु हुँदैन र निर्दोषलाई फसाउनु पनि हुँदैन। कुनै पनि कार्य राजनीतिक पूर्वाग्रहमा आधारित हुनुहुन्न। सरकारले बचतकर्ताको पैसा सुरक्षित रूपमा फिर्ता दिने व्यवस्था मिलाउनुपर्छ।" अध्यक्ष नेपालले आफ्नो पार्टीले हाल अन्य कुनै दलसँग मिलेर जाने योजना नराखेको स्पष्ट पारे। उनले भने, “विचार मिल्ने
फिरोज सिद्दिकी लहान । नेपाली नागरिकहरूलाई कतार पठाइदिने भन्दै ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले एक मलेसियन नागरिक सहित तीन नेपालीलाई पक्राउ गरेको छ। शनिबार साँझ लहान नगरपालिका–४ स्थित गोधुली होटलबाट अवैध रूपमा अन्तर्वार्ता लिई रकम असुल गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूमा मलेसियन नागरिक ५१ वर्षिय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, सिरहा लहान नगरपालिका–२३ का ४२ वर्षिय रामा शंकर यादव, २५ वर्षिय राम भरत यादव र ३९ वर्षका सुर्य नारायण यादव रहेका छन्। अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट चार दिनको म्याद थप
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A