राष्ट्रिय

    Showing ३८१-३९० of १,०९५ items.
  • लहान सिटी जेसीजद्वारा संविधान दिवस २०८१ मनाइयो, थारु समुदायको विरोध

    फिरोज सिद्दिकी लहान । लहान सिटी जेसीजले आज लहानको शहीद चौकमा संविधान दिवस २०८१ विशेष कार्यक्रमसहित मनाएको छ। कार्यक्रमको प्रमुख अतिथी लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी थिए। समारोहको क्रममा संविधान दिवसको सम्मानमा मैनबत्ती प्रज्वलन गरियो। कार्यक्रमको क्रममा प्रमुख अतिथिद्वारा मैनबत्ती प्रज्वलन गरी संविधान दिवसको महत्वलाई उजागर गरियो। चौधरीले संविधानलाई देशको समृद्धि र विकासको मार्गनिर्देशक दस्तावेज भएको भन्दै यसको रक्षा र परिमार्जनको आवश्यकता औंल्याए। प्रमुख अतिथी चौधरीले संविधानलाई एक “चलायमान दस्तावेज“ को रुपमा परिभाषित गर्दै, आवश्यक परेको खण्डमा संविधानमा संशोधन हुँदै

    • प्रकाशित मितिः असोज ३, २०८१
    • ६८९ पटक पढिएको
    • समृद्धिपथ
  • राजेन्द्र महतोको ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टी गठन

    काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानलाई औपचारिक रूपमा राजनीतिक दलको रूपमा रुपान्तरण गरी “राष्ट्रिय मुक्ति क्रान्ति नेपाल“ गठन भएको छ। अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा गठित यस दलको मुख्य उद्देश्य नेपाललाई वहुलराष्ट्रिय राज्यमा रुपान्तरण गर्दै स्वदेशवाद, बहुलराष्ट्रवाद, र सामुदायिक समाजवादको सिद्धान्तमार्फत मुलुकलाई सशक्त बनाउनु रहेको हो। २०७९ साल फागुन १४ गतेदेखि सुरु भएको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले विगत ६ महिनादेखि मुलुकमा बहुलराष्ट्रिय राज्यको स्थापनाका लागि संघर्ष गर्दै आएको थियो। दुई चरणको प्रचारात्मक अभियान सम्पन्न गर्दै, अभियानले पूर्वी नेपालको पाँचथरदेखि पश्

    • प्रकाशित मितिः असोज १, २०८१
    • ५०५ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा धार्मिक सद्भाव र भाइचाराको सन्देश दिदै मनाए मोहम्मद जयन्ती

    फिरोज सिद्दिकी लहान । सिराहाको लहानमा पैगम्बर मोहम्मद (स.)को १४९९औं जन्मोत्सव धुमधामका साथ मनाइएका छन्। यस अवसरमा मुस्लिम समुदायले शान्ति जुलुस निकालेर जुलुस ए मोहम्मदी पर्व मनाएका हुन्। लहानमा आयोजित शान्ति र्‍यालीमा स्थानीय मुस्लिम समुदायका साथै हिन्दू धर्मावलम्बीहरू पनि सहभागि भएका थिए, जसले धार्मिक सद्भाव र भाइचाराको सन्देश फैलाएको छ। र्‍यालीमा सहभागीहरूले विभिन्न धार्मिक नारा लगाउँदै शान्ति, सद्भाव र सहिष्णुताको सन्देश दिएका थिए। समाजमा सबै धर्मका मानिसहरूबीच एकता र भाइचारालाई प्रोत्साहन गर्ने उद्देश्यले यो पर्व मनाइएको हो। हिन्दू-मुस्लिम समुदायले परस्पर शुभकामना आदानप्रदान गरी

    • प्रकाशित मितिः असोज १, २०८१
    • ५१६ पटक पढिएको
    • समृद्धिपथ
  • मधेशी राष्ट्रिय मुक्तिमोर्चाको जिल्ला अध्यक्षमा यादव

    जीवछ उदासी लहान, भदौ ३१ गते । नेकपा माओवादी केन्द्र निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा लहान–२१ का हेमन्त कुमार यादव चयन हुनु भएको छ । शनिबार सुखस्पुर नगरपालिकामा सम्पन्न सिरहा भेलाबाट यादव सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनु भएको हो । ४५ सदस्यीय जिल्ला कमिटिमा उपाध्यक्षमा क्रमशः राजेन्द्र प्रसाद चौधरी,बिनोद यादव,आनन्द झा,तेतर राम र प्रमोद यादव रहेका छन् । यसैगरी सचिवमा दिलिप कुमार पासवान र सहसचिवमा अशोक कुमार यादव,इनर देव महतो चयन भएका छन् । लहान नगरकमिटिका अध्यक्ष समेत रहनु भएको हेमन्त कुमार यादव लहाननगरपालिका –२१ का पूर्व वडाध्यक्ष समेत रहनु रहनु भएको छ । मधेशी राष्

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • १,०७२ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिका विरुद्ध किसान महासंघले बुझायो ज्ञापनपत्र, ७ दिनभित्र माग पूरा नगरे आन्दोलनको चेतावनी

    फिरोज सिद्दिकी लहान । अखिल नेपाल किसान महासंघ, लहानले लहान नगरपालिकाका प्रमुख महेश चौधरीलाई ज्ञापनपत्र बुझाउँदै किसानहरुको समस्याका विषयमा तत्काल ध्यान दिन माग गरेको छ। महासंघले नगरपालिकाले कृषि विकास र पशुपालनका योजनामा उपेक्षा गरेको भन्दै सात दिनभित्र माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको हो। महासंघले ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, पछिल्लो कार्यकालका महत्वपूणर् योजनाहरूलाई बेवास्ता गरिँदै जनहितका योजना स्थगित गर्ने वा असफल बनाउन खोजिएको आरोप लगाइएको छ। विशेषगरी, लहान नगरपालिकामा किसानहरूको प्रत्यक्ष हितका लागि निर्माण सम्पन्न भएको खुट्टी नहरलाई ढलमा परिणत गरेर बलान नदीमा खसाल्

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • ९७७ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा नहर संचालन नहुँदा किसानहरु आन्दोलित

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिकामा रहेको नहर संचालनमा नआउँदा किसानहरु आन्दोलित भएका छन्। लहान नगर प्रमुख महेश चौधरीले सिंचाइको लागि निर्माण गरिएको नहरलाई ढलमा परिणत गरेपछि किसानहरु आक्रोशित भएका हुन्। खुट्टी खोला सिंचाइसँग सम्बन्धित किसानहरुको भेलाले आज संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन्। मुख्य बाली धान र गहुँको सिंचाइ अभावका कारण किसानहरु आकाशे पानीको भरमा खेती गर्न बाध्य भएका छन्। लहानका किसानहरूका अगुवा नेता सत्यनारायण यादवका अनुसार, खेतबारीमा सिंचाईको लागि निर्माण गरिएको नहरलाई प्रभावकारी रूपमा प्रयोग नगरेर नगरपालिकाले किसानमारा निणर्यहरू गरिरहेको छ। मुख

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • १,११० पटक पढिएको
    • समृद्धिपथ
  • प्रचण्डद्वारा देशव्यापी भ्रष्टाचारविरुद्ध आन्दोलनको घोषणा

    सिहरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ गर्दै भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलनको तयारीमा रहेको बताएका छन्। सिरहाको मिर्चैया नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा प्रचण्डले मुलुकको मुख्य समस्या भ्रष्टाचार रहेको औंल्याउँदै यसको विरुद्ध जनतालाई साथ लिएर व्यापक आन्दोलन गर्ने योजना अघि सारेका हुन्। मधेश प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन सिरहा पुगेका अध्यक्ष प्रचण्डले हालको राजनीतिक अवस्थालाई सम्बोधन गर्दै भ्रष्टाचारविरुद्धको लडाइँले सरकारमा अस्थिरता ल्याउने घटनालाई स्मरण गरे। उनले भने, “हामीले सरकारको नेतृत्व गर्दा सुश

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • ५०४ पटक पढिएको
    • समृद्धिपथ
  • लहान मेयरको किसानविरोधी निणर्य, जनसमुदायमा आक्रोश

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीद्वारा लहानको सिंचाइ प्रणालीमा गरिएको विवादास्पद निणर्यप्रति किसान तथा स्थानीय जनसमुदायमा गहिरो आक्रोश देखिएको छ। खुट्टी खोलाबाट लहान नगरपालिका वडा नं. २, ११, १२, १९, २०, २१, २२, र २३ मा सिंचाइ गर्ने नहरलाई ढलमा परिणत गरी बलान नदीमा खसाल्ने निणर्यप्रति जनगुनासो बढ्दै गएको हो। मेयर चौधरीले उक्त नहरलाई ढलमा परिवर्तन गर्न ६ करोडको ठेक्का सम्झौता गरेका छन्। यो निणर्यले वडा नं. २, १९, २०, २१ र २३ मा आउने नहरलाई बन्द गर्ने छ, जसले गर्दा त्यहाँका किसानहरूलाई गम्भीर असर पर्ने अवस्था सिर्जना भएको छ। निणर्यपछि ती वडाहरूमा सिंचाइको सुविधा बन

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • ६६३ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरको विकासमा अवरोध: जिम्मेवारी र नेतृत्वको अभाव

    सम्पादकिय फिरोज सिद्दिकी लहान नगरप्रमुख महेश प्रसाद चौधरीले सामाजिक सञ्जालमार्फत व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि काम गर्ने अपील गर्नु भएको छ। उहाँले स्रोतसाधनको सीमाभित्र रहँदै सामूहिक स्वार्थ पूरा गर्न तयार रहेको बताउनु भएको छ। यद्यपि, जनगुनासोले स्पष्ट संकेत गर्छ कि नगरप्रमुखको व्यवहार र नेतृत्वमा ठूला खोटहरू छन्। निर्वाचनका क्रममा नगरवासीलाई दिएका ठूला आश्वासन र भाषणहरू अहिले कार्यान्वयनको पर्खाइमा छन्। "म जितेपछि यो गर्छु, त्यो गर्छु" भन्ने वाचा नगरप्रमुखको लागि मात्र चुनावी रणनीति भएको देखिन्छ, जबकि जितेपछि तिनलाई व्यवहारमा उतार्न असफल भइरहेका छन्। यसले गर्द

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • ६९५ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा जनविरोधी क्रियाकलाप रोक्न नेकपा एमालेको चेतावनी

    फिरोज सिद्दिकी लहान — नेकपा एमाले नगर कमिटी लहानले लहान नगरपालिका र वडा कार्यालयहरूद्वारा भइरहेका जनविरोधी गतिविधिहरूको तत्काल अन्त्य गर्न चेतावनी दिएको छ। मंगलबार सम्पन्न नगर कमिटीको ४३औं बैठकमा यसबारे गम्भीर छलफल भएको थियो। बैठकमा सहभागीहरूले नगरपालिकाको जनविरोधी क्रियाकलापले जनतालाई प्रत्यक्ष प्रभाव पारेको भन्दै सुधार नभए सशक्त संघर्षमा जाने निणर्य गरेका छन्। बैठकले लहानका मेयर महेश प्रसाद चौधरी र प्रहरी प्रशासन, विशेषगरी डिएसपीबीचको मिलेमतोले जनतामाथि भइरहेको दमन र उत्पीडनको कडा विरोध गर्दै, त्यस्ता गतिविधिहरू तुरुन्त बन्द गर्न आग्रह गरेका छन्। नेकपा एमाले लहान नगर कमिटीका अध्यक्ष

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • ६०७ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A