धनगढी, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस पार्टी हो कि मञ्च भनेर बुझ्न नसकिएको बताएका छन्। धनगढीमा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेसबारे प्रष्ट हुन नसकेको टिप्पणी गरे। उनले नेकपा एमालेभित्र पहिलोपटक ठूला चिरा परेको पनि बताए। 'पहिलोचोटी एमालेभित्र ठूल्ठूला चिरा परेको देखिएको छ। राम्रो बुद्धि पुर्याउने हो भने त्यसलाई राम्रोसँग सदुपयोग गर्ने सम्भावना बढी छ,' उनले भने। प्रधानम्त्री प्रचण्डले केपी ओली वास्तविक एमाले नभएको टिप्पणी गरेका छन्। ‘अहिले एमालेको नेतृत्व जसले गरेको छ। उहाँ रियल एमाले होइन, उहाँ संघी
धनगढी, २९ असोज । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालोझण्डा देखाइएको छ। कैलालीको मसुरीयामा सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई कालोझण्डा देखाइएको हो । प्रधानमन्त्री प्रचण्डलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठन नेपालले कालोझण्डा देखाएका हुन् । प्रधानमन्त्री दाहाल कैलालीको लम्कीमा माओवादीका सुदूरपश्चिम उपाध्यक्ष कृष्ण बडुवालको श्रद्धाञ्जली सभालगायत विभिन्न कार्यक्रमका लागि सुदूरपश्चिम गएका थिए।
ललितपुर, २७ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजादेखि बिप्लब माओवादीसम्म सबै अटाउने राज्य ब्यबस्था नल्याय मुलुक थप सड्ढटमा फस्ने चेतावनी दिएका छन् । थापाले सबैलाई समुचित स्थान नदिने र निशेधको राजनीति कायम राखिराख्ने हो भने जनताले अब सडकबाटै ब्यबस्था परिबर्तन गर्ने बताए । मुकुकमा अहिले कायम भ्रष्टतन्त्र, कुशासन , बेरोजगारी ,धर्मपरिबर्तनको अन्त्यलाई अब कसैले रोक्न नसक्ने बताउदै थापाले जनता जागे पछि कसैको केही नलाग्ने जिकिर गरे । "जनता वाक्क दिक्क छन् , मनपरितन्त्र हाबी छ, भ्रष्टाचारले सिमा नागेको छ,यस्तो बेलामा जनता टुलुटुलु बस्छन् भनेर सोच्यो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ, अब जनताले
जीवछ उदासी, माओवादीको समानुपातिक मतलाई आधार मान्ने हो भने देशैभरीमा कमजोर देखियो । मधेशमा झन् कमजोर भयो। । परिवर्तनको एजेन्डा बोकेको माओवादी यसरी कमजोर हुँदै जाने हो भने गणतन्त्र र संघियता पनि कमजोर हुँदै जानेछ । माओवादीले दस वर्षको सशस्त्र युद्ध माओवादीको शब्दमा (जनयुद्ध) को उपलब्धि हो । हुन त यतिबेला गठबन्धन सरकारकै नेतृत्व माओवादीले गरेपनि ३२ जना संघीय सांसद संख्यात्मक आधारमा बहुत कम हो । माओवादी यसरी कमजोर हुँदै जाने हो भने गरीव दलित शोषित उत्पीडित जनताको माग मुद्दा र आवाजपनि कमजोर हुँदै जानु हो भने कोणबाट पनि चर्चा सुरु भएको छ । कुनै क्रान्तिकारी पार्टी कमजोर हुनु भनेको त्यसले लिएको नीति
काठमाडौं, २७ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन । सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको बिद्रोही पक्षधर केदार कार्की मध्ये कसलाई मुख्य मन्त्री नियुक्त गर्ने हो ? भन्नेमा बारेमा बिबाद कायम रहेको बेला कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् । हिजो साँझ ५ बजेसम्म दुईजनाको दावेदारी प्रस्तुत भए पछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरुको सनाखत गराउन बोलाएका थिए । जसअनुसार बिहान ८ बजे देखी सुरु भएको सनाखतमा कार्कीले बहुमत पुरयाए पछि कोशीमा कांग्रेसका बिद्रोही कार्की मुख्यमन्त्रीमा निय
जीवछ उदासी असोज २७ गते । नेकपा माओवादीले सञ्चालन गरेको 'घर घरमा माओवादी' विशेष रुपान्तरण कार्यक्रम अन्तर्गत लहानको दुर्गा मन्दिर क्षेत्रमा शनिबार विशेष सरसफाई गरेको छ । अभियानको संयोजक केन्द्रिय सदस्य अमर मण्डलको उपस्थितिमा नेकपा लहान नगर कमिटिको पहलमा आयोजना गरिएको सरसफाई कार्यक्रममा माओवादीको जिल्ला र नगर कमिटिका नेताहरुको उपस्थिति रहेको थियो । केस संयोजक मण्डलले माओवादी पार्टी जनताको दिल दिमागमा रहि रहन जनपक्षीय काम गरेर समाज परिवर्तनका लागि अघि बढिसकेको बताउनुभयो । उहाँले थप्नुभयो,' माओवादी भित्र मौलाएको विकृतिहरु फोहोरको रुपमा रहेको थियो । जसरी सरसफाई गरेपछि सुन्दर देख
कुबेत, २७ असोज । इजरायलले गाजामा प्यालेस्टाइनीहरूलाई जबरजस्ती खाली गर्न दिएकाे आदेश कुवेतले अस्वीकार गरेको छ । गाजा पट्टीको उत्तरी भागमा बसोबास गर्ने प्यालेस्टिनी बासिन्दाहरू विरुद्ध जारी गरिएको जबरजस्ती निकासी आदेशलाई कुवेतले ‘स्पष्ट रूपमा अस्वीकार’ गरेको हाे । खाडी राज्यको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत त्यस चेतावनी प्रति आपत्तिसमेत जनाएको छ । गाजाँको उत्तर भुभागमा रहेका अनुमानित १० लाख प्यालेस्टाइनीहरू सम्भावित इजरायली भू-आक्रमण अघि आफ्नो घर छाड्न आदेश र चेतावनी दिए पछि कुवेतले यस्तो प्रतिक्रिया दिएको हो । पलायन भएका प्यालेस्टिनीहरूले खतराको सामना गर्नुप
काठमाडौं, २७ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीको आज टुंगो लाग्दैछ । सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको बिद्रोही पक्षधर केदार कार्की मध्ये कसलाई मुख्य मन्त्री नियुक्त गर्ने हो ? त्यसको आज छिनोफानो हुदैँछ । हिजो साँझ ५ बजेसम्म दुईजनाको दावेदारी प्रस्तुत भए पछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरुको सनाखत गराउन लागेका छन् । बिहान ८ बजे देखी दिउँसो २ बजे भित्र सनाखत गराई सके पछि आज मुख्यमन्त्री नियुक्ती गर्ने उनको सचिवालयले जनाएको छ । माओबादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली का
काठमाडौं, २६ असोज । कोशीमा माओवादी नेतृत्व अस्विकार गर्दै नेपाली कांग्रेसका शेखर कोइराला पक्षधरले बिद्रोह गरिरहेको बेला काठमाडौंमा पनि संघीय सरकारको बिकल्प खोज्नु पर्ने धारणा आउन सुरु भएको छ । आजको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले पुष्पकमल दाहाल नेतृत्वको सरकारले निकास दिन नसक्ने भन्दै बिकल्प खोज्नु पर्ने जनाएका छन । उनले तत्कालै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने जनाएका छन् । ‘सुकुम्बासीको समस्या समाधान नगर्ने, विकासको काम नगर्ने, महँगी नियन्त्रण नगर्ने, राष्ट्रिय गौरवका आयोजना ध्वस्त पारिराख्ने र खालि सत्ताको लुछाचुँडीमा,' प्रचण्ड सरकारकाे
फिरोज सिद्दिकी, सिरहा । सिरहा प्रहरीले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका बेलामा हुने सक्ने घटनालाई ध्यानमा राखेर सिरहा प्रहरीले बाक्लो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको हो । चाडपर्वलाई लक्षित गरी ९ सय ४४ जना प्रहरी खटाइने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । दशैं तिहार र छठ पर्वलाईलाई नै लक्षित गरेर ‘चाडपर्व लक्षित सुरक्षा योजना-२०८०’ तयार गरी थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । चाडपर्वमा हुने चोरी, लुटपाट तथा अन्य अपराधजन्य घटनाहरू हुन नदिन पाँच सय ६७ ज
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A