सिरहा । सर्वोच्च अदालतले मेडिकल कलेज निर्माण रोक्न नहुने फैसला गरेपछि बर्दिवास मेडिकल कलेज निर्माणको काम सुरु हुने भएको छ । बर्दिवासमा आयोजित सञ्चार समनवय तथा प्रेस भेटघाट कार्यक्रममा बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका निर्देशक देवीप्रसाद सुवेदीले २०८० जेठ २९ गते सर्वोच्च अदालतले मेडिकल कलेज निर्माण रोक्न नहुने फैसला गरेपछि निर्माणको काम सुरु हुने जनाएको हो । मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले कलेज निर्माण गर्न लागेको स्थानमा वन क्षेत्र पर्छ। उक्त वन विनाश गर्न नहुने भन्दै वन अभियान्ताहरूले २०७८ फागुनमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए। पटक-पटक फैसला मिति सर्दै जे
सिरहा । नेकपा (एमाले)ले देशैभरि फैलिएको लम्पी स्किन रोगबाट धेरै पशु मरिसकेको भन्दै लम्पी स्किन रोगको रोकथाम गर्न प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा शनिबार बसेको सचिवालय बैठकले जनावरमा लाग्ने लम्पी स्किन रोगबाट पशु पालक किसान मार्कामा परेकोले किसानलाई बीमा रकम भुक्तान गर्न, खोपको प्रभावकारी प्रबन्ध गर्न र किसानलाई राहत दिन माग गरेको हो । यसैगरी बैठकले प्राकृतिक विपत्तिसँग जुझ्ने सरकारको प्रतिकार्यको तयारी असाध्यै फितलो, निष्प्रभावी र सुस्त देखिएको भन्दै आफ्ना नेता तथा कार्यकर्तालाई प्राकृतिक विपत्तिका बेला तयारी अवस्थामा रहन तथा राहत र उद्धारका
सिहरा । नेकपा (एमाले)ले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी कसुरलाई दण्डनीय बनाउन अविलम्ब नयाँ विधेयक ल्याउन तत्काल सरकारसँग माग गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा शनिबार बसेको सचिवालय बैठकले सरकारकै कारण ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रतिस्थापन विधेयक निस्क्रिय भइसकेको अवस्थामा अविलम्ब नयाँ विधेयक ल्याउन माग गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकार आफैँले विधेयक प्रस्तुत गर्न ढिलाइ गर्ने, सदन सञ्चालन गर्न आवश्यक पहल नगर्ने, विधेयकबारे सत्ता घटकभित्रै गम्भीर विवादले गर्दा विधेयकमाथि प्रतिनि
काठमाडौँ । भायानेट कम्युनिकेशन लिमिटेडकी सीईओ सेवा पाठक बोहरालाई वर्षको व्यावसायिक महिला २०२३ बाट सम्मानित गरिएको छ । “स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३’’ मा आयोजित एक समारोह बीच सीईओ बोहरालाई सम्मान गरिएको हो । यस सम्मानबाट सीईओ बोहराको उत्कृष्ट नेतृत्व र आईएसपी क्षेत्रमा आविष्कार र महिला सशक्तिकरणको लागि अटल प्रतिबद्धता झल्काउँछ। सीईओ बोहरा चार्टर्ड एकाउन्टेन्टदेखि नेपालको प्रमुख मध्यको एक आईएसपी कम्पनीको नेतृत्वसम्मको यात्रा उदाहरणीय व्यक्तित्व भएको कम्पनीको भनाइ रहेको छ । सन् २०११ मा नेपालमा पहिलो पटक फाइबर टु द होम (FTTH) प्रव
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले बुधबार निधन भएकी सीताको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका हुन्। साथै उनीहरूले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसअघि आज बिहान प्रधानमन्त्री प्रचण्डले सीताको तस्बिरमा पुष्पगुच्छा अर्पण गरे। नेकपा (माओवादी केन्द्र)का नेताहरू पम्फा भुसाल, वर्षमान पुन, मातृका यादव, ओनसरी घर्तीलगायतले श्रद्धाञ्जलि अर्प
सिरहा । सिरहाको साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्डको घाँटी रेटी हत्या भएको छ । मिर्चैयास्थित खानेपानीको कार्यालयमा ८ महिनादेखि कार्यरत सोही नगरपालिका–८ का किशोरी रायको हत्या भएको हो । सोमबार बिहान संस्थाका सचिव डिकाराम पोखरेल कार्यालय पुग्दा रायलाई रगताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा उनको मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । रातिको समय ड्युटीमा रहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जनाए ।
काठमाडौं । सबै स्थानीय तहले भोलि आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छन् । ७ सय ५३ स्थानीय तहले आर्थिक वर्ष २०८०, ०८१ का लागि आइतबार बजेट प्रस्तत गर्न लागेका हुन् । स्थानीय तहले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजश्व र व्यय–बजेटको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा प्रस्तुत गर्नुपर्ने प्रावधान छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा यसबारे उल्लेख गरिएको छ । महानगरसहितका केही स्थानीय तहले आगामी आव २०८०र८१ का लागि शनिवारसम्म १० स्थानीय तहले बजेट पेश गरिसकेका छन् । कू
सिरहा । सिरहाका नेपाल प्रेस युनियन, प्रेस चौधरी नेपाल र प्रेस सेन्टरले संयुक्र रुपमा प्रेस विज्ञप्ती जारी गरी नेपाल पत्रकार महासंघ सिरहा शाखा विघटन गरी तदर्थ समिति गठन गर्नु पर्ने मांग गरेका छन् । नेपाल पत्रकार महासंघ सिरहा शाखाले पत्रकार शुद्धिकरणको नाममा गरेको विभेदकारी रबैया प्रति असन्तुष्ट हुँदै यस्तो माग गरेका हुन् । महासंघ सिरहा शाखाको स्थापनादेखि हालसम्म क्रियाशील रहेका अग्रज पत्रकारसहित अन्य क्रियाशील पत्रकारहरुको सदस्यता विभिन्न बहानामा नविकरण नगर्न सिफारिस गरिएको छ । तर, विगत १० दश वर्षदेखि सक्रिय पत्रकारिता नगर्ने, विभिन्न विद्यालय तथा क्याम्पसमा शिक्षण गर्ने, विभिन्न सरकारी तथा ग
जिवछ उदासी लहान,असार ७ गते । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी (थारु) ले पहिचान स्थापनाको लागि लडाइ लडि रहेको बताउनु भएको छ । लहानको नयाँ बसपार्क सिङग्राहीमा आयोजित भेलालाई सम्बोधन गर्दै संरक्षक थारुले यस्तो बताउनु भएको हो । संकृति भाषा र थारु पहिचानको लागि थारुवान प्रदेश हुनुपर्छ माग राखेर आन्दोलन गर्दा आठ वर्ष जेल जीवन बिताउनु परयो भन्दै कर्णाली नदीको नाम,पहिलेको अञ्चलको नाम र अहिले प्रदेशको नाम यस्तै कोशी नदी अञ्चल र प्रदेशको नाम राख्न मिल्ने तर मगर थारु लिम्बु लगायत शोषणमा परेका धर्ती पुत्रहरु थारुवान,लिम्बुवान र मगराँतको माग गर्दा जातीय राज्य भयो भनेर गलत प
जीवछ उदासी, लहान नगरपालिकाको शहरी क्षेत्रबाट प्राँच किलोमिटर दक्षिण ग्रामीण भेगमा रहेको जनता माध्यमिक विद्यालय सोनमति गढालाई लहान नगरपालिकाबाट सहयोग भइरहे पाँच वर्षमा मधेश प्रदेशकै नमूना विद्यालय बनाइ छाडने प्रधानाध्याक अरबिन्द कुमार दासले दृढता व्यक्त गर्नु भएको छ । २०५६ सालमा तत्कालिन गाउँ विकास समिति सोनमति गढा हाल लहान नगरपालिका –१९ र तत्कालिन गाउँ विकास समिति गढा हाल लहान नगरपालिका २३ मिलेर कक्षा सात सम्म सञ्चालित विद्यालयलाई माध्यमिक तहको विद्यालयमा स्रोन्नति गरेको थियो । माध्यमिक विद्यालय सञ्चालनको लागि सोमति गाँउ विकास समितिका अध्यक्ष बेचन यादव र गढा गाउँ विकास समसतका अध्यक्ष क
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A