काठमाडौँ । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले सञ्चालक समितिमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र संचालकको रूपमा नियुक्त गरेको छ। बैंकिङ तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव भएका क्षेत्रीको नियुक्तिबाट कम्पनीको भविष्यमा दीर्घकालीन सशक्तिकरणमा टेवा पुग्ने भायानेटले विश्वास व्यक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको हालै सम्पन्न बैठकको निर्णयअनुसार क्षेत्रीलाई स्वतन्त्र संचालकमा मनोनीत गरिएको हो। सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड बैंक) बाट आफ्नो बैंकिङ करिअर सुरु गरेका क्षेत्रीले नेपाल बैंक, सिटिजन्स बैंक इन्
काठमाडौँ, श्रावण १५ गते। नेपाली चलचित्र उद्योगमा ‘ड्रिम गर्ल’ भनेर परिचित अभिनेत्री आश्मा गिरी विवाह बन्धनमा बाँधिन लागेकी छन्। उनी भोलि, अर्थात श्रावण १६ गते काठमाडौँस्थित रोयल बैंक्वेटेसमा हुने वैवाहिक समारोहमार्फत लन्डन निवासी प्रलभ ढुंगानासँग वैवाहिक जीवनमा बाँधिँदैछिन्। केही समययता प्रेम सम्बन्धमा रहेका आश्मा र प्रलभले पारिवारिक सहमतिमा विवाह गर्न लागेका हुन्। विवाह समारोहमा दुबैतर्फका आफन्तजन, चलचित्रकर्मी, सञ्चारकर्मी, समाजसेवी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने जनाइएको छ। आश्मा गिरीले वेब‑सीरिजबाट आफ्नो अभिनय यात्रा सुरु गरी सुगठित रूपमा नेपाली चलचित्र उद्योगमा पहिच
फिरोज सिद्दिकी सिरहा, साउन १४ गते । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाभित्र इलाका प्रहरी कार्यालयको ५०० मिटर वरिपरिको क्षेत्रमा एक साताको अवधिमा हत्या, हिंसा, आगजनी, लुटपाट लगायतका आधा दर्जन जति आपराधिक घटनाहरू भएपछि स्थानीयबासी त्रसित बनेका छन् । यस्तै घटनाहरू प्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, सिरहाले गम्भीर ध्यानाकर्षण गराउँदै कडा आपत्ति जनाएका हुन्। एमाले जिल्ला कमिटीका अनुसार पछिल्लो समय धनगढीमाई क्षेत्रमा घटेका यस्ता जघन्य घटनाहरूले कानून–व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस्ता घटनाहरू अत्यन्तै दुःखद, निन्दनीय र
फिरोज सिद्दिकी कर्जन्हा, असार १२ गते । सिराहाको कर्जन्हा नगरपालिका वडा नं. १० मा आज शिव मन्दिरको सिलान्यास, बजार ढलान र बजार शेडको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। विकास निर्माणको यो कार्य स्थानीय सरोकारवाला र जनप्रतिनिधिहरुको उपस्थिति तथा सक्रियतामा सम्पन्न भएको हो। शिव मन्दिरको सिलान्यास समारोहमा कर्जन्हा वडा नं. १० का वडा अध्यक्ष सगिर शेख, मिर्चैया नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रुपेश साह, साथै कर्जन्हा नगरपालिका र मिर्चैया नगरपालिकाका स्थानीय बासिन्दाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सबैप्रति कर्जन्हा नगरपालिकाका मेयर भोला पोखरेलले आभार व्यक्त गरेका छन्। उनल
समृद्धिपथ दैनिक लहान, श्रवण ५ गते । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विभिन्न शिर्षकमा भएको अनियमितता र मनपरी खर्चको विरोधमा नेकपा एमाले लक्ष्मीपुर पतारी गाउँपालिका कमिटीसहित पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरूले आइतवार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरूले सूचनाको हक अन्तर्गत विभिन्न योजना, गतिविधि, गाडी भाडा, संचालन खर्च लगायतमा व्यापक दुरुपयोग भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत अशोक सिंहको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। नेता तथा कार्यकर्ताहरूले गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरको ध्यानाकर्षण गराउँदै किसानहरूको ट्रान्सफर्मर जडान तथा खानेपानीको समस
समृद्धिपथ दैनिक सिराहा, असार ४ गते । सिराहा जिल्लाको सदरमुकामस्थित कारागारमा आइतबार अपराह्न ३:३० बजेतिर एक अप्रत्याशित घटना घट्यो, कैदीबन्दीहरू आपसमा दोहोरो झडपमा उत्रिए, जसमा १३ जना घाइते भए। यो सामान्य झडप मात्र थिएन, यो घटनाले कारागारभित्रको लुकेको संरचना, असन्तुष्टि र प्रशासनिक कमजोरीलाई उजागर गरिदिएको छ। घटनापछि जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सक्रिय भए। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार घाइतेलाई तुरुन्तै प्रादेशिक अस्पताल सिराहा पुर्याइएको छ र अवस्था सामान्य रहेको जनाइएको छ। तर यो झडपको जरा कहाँ गाडिएको थियो? शनिबार बिहान जिल्ला प्रशासनको नेतृत्व
काठमाडौं, साउन ४ गते । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कारको आरोपमा पक्राउ परेका छन्। उनलाई आइतबार प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार अदालतले झालाई पाँच दिन थुनामा राखी अनुसन्धान अघि बढाउन अनुमति दिएको छ। चार महिनाअघि एक किशोरीले झामाथि यौन शोषणको उजुरी दर्ता गरेकी थिइन्। उजुरीमा झाले विभिन्न प्रलोभन र आश्वासन देखाउँदै आफूलाई यौन शोषण गरेको पीडितको दाबी छ। उजुरी परेपछि झा फरार रहेका थिए। प्रहरीका अनुसार उनीमाथि जबरजस्ती करणी मुद्दा दर्ता गरिएको छ र अनुस
समृद्धिपथ दैनिक सिरहा, असार २८ । मधेस प्रदेश सरकारले मन्त्रीपरिषद् बैठकबाट सम्पूर्ण मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। मनसुन सुरु भइसके पनि वर्षा नहुँदा समयमै रोपाइँ गर्न नसकिएको र रोपिएको धानसमेत सुक्न थालेपछि प्रदेश सरकारले यस्तो निर्णय लिएको हो। सामान्यतः असार महिनामा खेतबारी हरियालीले ढाकिएको देखिनुपर्ने बेला खेतहरू चिरा परेको, बिउ उम्रन नसकेको, रोपाइँ रोकिएको तथा सिँचाइको सुविधा नभएका ठाउँहरूमा किसानहरू गम्भीर समस्यामा परेका छन्। प्रदेशको आठवटै जिल्लामा यस्तै अवस्था देखिएपछि सरकारले स्थिति गम्भीर भएको ठहर गर्दै औपचारिक रूपमा मधेसलाई सुख्खाग्रस्त घोषणा गरेको हो। मन्त्रीपरिषद् ब
— समृद्धिपथ दैनिक, लहान लहान, असार ३० । आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवसरमा प्रगतिशील लेखक संघ, सिरहा शाखाले लहानमा आयोजना गरेको खुला कविता प्रतियोगिता भव्य र भावनात्मक रूपमा सम्पन्न भएको छ। लहान नगरपालिका सभाहलमा आयोजित सो कार्यक्रम तीन घण्टासम्म कविता उत्सवमा परिणत भएको थियो। कार्यक्रमको अध्यक्षता प्रगतिशील लेखक संघ, सिरहा शाखाका अध्यक्ष भैरव गेलालले गरेका थिए भने उद्घाटन नन्दलाल आचार्यले प्रमुख अतिथिका रूपमा गरे। उद्घाटन गर्दै आचार्यले भानुभक्तलाई "भाषिक आदिवासी" को संज्ञा दिंदै वर्तमान भाषिक संघर्षमा उहाँका विचारहरू प्रेरणाको स्रोत हुन सक्ने बताए। कार्यक्रमको संचाल
फिरोज सिद्दिकी लहान, असार ३० गते। राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्यायमञ्च (मानव अधिकार एलायन्स नेपाल) को २६ औँ स्थापना दिवसको अवसरमा एक दिवसीय रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सिराहा जिल्लाको धनगढीस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको कार्यालयमा आइतबार सम्पन्न गरिएको हो। मानव अधिकार एलायन्स नेपाल जिल्ला कार्यसमिति सिराहाको आयोजनामा सम्पन्न कार्यक्रममा ८ जना सामाजिक कार्यकर्ताहरूले स्वेच्छिक रक्तदान गरेका छन्। कार्यक्रमको अध्यक्षता मानव अधिकार एलायन्स सिराहाकी अध्यक्ष पार्वती पाण्डेले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा संस्थाका केन्द्रीय सदस्य गङ्गाराम यादव सहभागी भएका थि
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A