राजनीति

    Showing ४११-४२० of ४९१ items.
  • ‘ओलीको विरोध गरेर विभाजनको पछि लाग्नेहरु पतन हुने निश्चित छ’

    जिवछ उदासी नेकपा एमालेका केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले केपी ओलीको विरोध गरेर विभाजनको पछि लाग्नेहरुको पतन निश्चित रहेको बताउनु भएको छ ।लहान १३ र १४ नम्बरको वडा प्रथम वडा अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । केपी ओली महाधिवेशनबाट आएको अध्यक्ष भएकोले उहाँलाई महाधिवेशनबाटै हटाउने विधि र पद्धतिलाई मिचेर विभाजनको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो । एमालेबाट विभाजन गरेर माले हुँदा एक स्थानमा पनि चुनाव नजितेको इतिहास साक्षी रहेको छ । मालेभन्दा पनि खराव अवस्था नेकपा एकिकृत समाजवादीको हुने नेता यादवले ठोकुवा गर्नुभयो । १५ वर्षसम्म निरन्तर पार्टीको महासचिव भएर

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • ७४८ पटक पढिएको
    • समृद्धिपथ
  • प्रथम वडा अधिवेशनबाट अमोला महतोको नेतृत्वमा कमिटि गठन

    जिवछ उदासी नेकपा एमाले लहान नगरपालिका–२ नम्बर वडाको प्रथम अधिवेशनबाट अमोला महतोको नेतृत्वमा सर्वसम्मतिबाट वडा कमिटि गठन भएको छ । प्रतिकूल मौषममा पनि वडा नम्बर–२ को प्रथम वडा अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न भएको हो । अधिवेशनबाट उपाध्यक्षमा मो आलम,सचिवमा प्रमेश्वर महतो,सह सचिवमा दुर्गानन्द महतो, सहचिवमा राजिन सदाय र सदस्यहरुमा क्रमशः अनिता साह,रामध्यान महतो,सविता देवी महतो,मो. हकिम,आनन्दी देवी सदाय,सिता देवी चौधरी,जमिदा खातुन,जिवछ महतो,राम दयाल महतो,श्रीराम सदाय,लाल बहादुर राम,दयावति सदाय,सकुलिया सदाय,संगिता यादव,राम विलास महतो,सुकदेव सदाय,मो. जलिफा,शम्भु सदाय,मोमिना खातुन,शलिमा

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • ७४० पटक पढिएको
    • समृद्धिपथ
  • जीर्ण भवन भत्काउँदै टहरा निर्माण गर्दै नयाँ बजार निर्माण कार्य सुरु

    जिवछ उदासी,लहान, असोज २६ गते । टेण्डर भएको विगत पाँच महिनादेखि लहान–५ स्थित रहेको नयाँ बजार निर्माण कार्यले पछिल्लो दलीय सहमति अनुसार निर्माण कार्यले गति लिएको छ । असोज २४ गते जिल्ला प्रशासन कार्यालय सिरहामका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले सहमति गरेपछि लहान नगरपालिकाले कार्य सुरु गरेको हो । असोज १२ गते नगरपालिका र चार दलीय सहमतिकै आधारमा अस्थायी टहरा निर्माण र पुरानो १० वटा जीर्ण भवन खाली गराउने क्रममा नगरप्रहरी र स्थानीय व्यापारीबीच झडप भएको थियो । झडपमा लहान–५ की गुडिया खातुन र लहान–७ का रामऔतार शर्मा घाइते भएको थियो । ईलाका प्रहरी कार्यालय लहानले लहान&nd

    • प्रकाशित मितिः असोज २६, २०७८
    • १,२७४ पटक पढिएको
    • समृद्धिपथ
  • १४औं महाधिवेशन पछि चुनावमा जानुपर्छ : प्रकाशमान सिंह

    काठमाडौं, असोज २४ । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले संसदले संसदीय मुल्य मान्यताअनुरुप काम गर्न नसकेको स्वीकार गर्दै चुनावमा जानुपर्ने बताउनु भएको छ । उहाँले तोकिएको समयमा १४औं महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताउनु भएको हो । कांग्रेस काठमाडौं महानगरपालिका २२ नम्बर वडाद्वारा आयोजित कार्यक्रममा बोल्दै सिंहले विगतका कमीकमजोरीबाट पाठ सिकेर सरकार अघि बढ्न नचाहेको, संसद प्रभावकारी बनेर चल्न् नसकेको र संसदीय मूल्य मान्यता अनुरुप संसदले काम गर्न नपाएको भन्दै फ्रेस इलेक्सनमा जानुपर्ने बताउनु भयो । प्रधानमन्त्री देउवाले यथार्थ नबुझेर म अब जे पनि गर्न सक्छु भनेर लोकतन्त्रको मूल्य

    • प्रकाशित मितिः असोज २४, २०७८
    • ६३८ पटक पढिएको
    • समृद्धिपथ
  • प्रदेश–२ मा एमाले ठूलो दल बन्दैछ : एमाले नेता महेश बस्नेत

    जिवछ उदासी नेकपा एमालेका केन्द्रिय सदस्य युवा इन्चार्ज तथा पूर्वमन्त्री महेश बस्नेतले आउने चुनावमा नेकपा एमाले प्रदेश–२ को नेतृत्व गर्ने ठूलो दल बन्नै लागेको बताउनु भएको छ । राष्ट्रिय युवा संघ लहान नगर अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । मधेश आन्दोलनको उद्गम स्थल रहेको लहानका जनताले समृद्धि,विकास, शान्ती र सुशासनको लागि नेकपा एमाले बाहेक अर्को दल नरहेको निष्कर्षमा पुगेर एमालेसँग जोडिन पुगेकोले यहि लहानबाट यस प्रदेशको विकासको लागि अभियान सुरु हुने उहाँले दावी गर्नुभयो । चाँडै समृद्ध हुने प्रवल संभावना रहेको प्रदेश २ मा भ्रष्टाचारमा लिप्त रहेका दलहरुको सरकारले क

    • प्रकाशित मितिः असोज २०, २०७८
    • ७८७ पटक पढिएको
    • समृद्धिपथ
  • युवा संघको नगरअधिवेशनमा महेश बस्नेत मङगलबार लहान आउनु हुने

    जिवछ उदासी नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको लहान नगर अधिवेशन उद्घाटनको लागि असोज १९ गते मङगलबार नेकपा एमालेका केन्द्रिय सदस्य युवा इन्चार्ज महेश बस्नेत लहान आउनु हुने कार्यक्रम रहेको छ । लहान नगरपालिकाका २४ वटै वडाबाट युवाहरुको बाक्लो उपस्थितिमा नगर अधिवेशन लहान नगरपालिकाको नगरसभा हलमा उद्घाटन हुने युवा संघ लहानका संयोजक वेद प्रसाद साहले बताउनु भएको छ । मङगलबार उद्घाट्न हुने कार्यक्रमको लागि सम्पूर्ण तयारी सोमबारस राती अबेरसम्म तयारी भैसक्ने युवा संघका लहान नगर इन्चार्ज विलेक्षण कामैतले जानकारी दिनुभयो । युवासंघको लहानको सडक डिभिजन कार्यलयमा भएको महाधिवेशनबाट युवा संघको अ

    • प्रकाशित मितिः असोज १८, २०७८
    • ७४० पटक पढिएको
    • समृद्धिपथ
  • पक्राउ परेकाहरुलाई रिहाइ गरियोस : लहान नगरपालिका

    जिवछ उदासी, लहान । गएको मङगलबार नयाँ बजार निर्माणको लागि जीर्ण भवन भत्काउने क्रममा नगर प्रहरी र सरोकार नै नभएको केहि व्यक्तिहरुले अवरोध गरेपछि नगरप्रहरीसँग भएको झडपमा चोटपटक लागेको व्यक्तिहरुले राजनीतिक इसारामा सत्ताको दबाब र प्रभावमा लहान–५ युवा व्यापारी र कर्मचारीलाई समेतगरी ६ जनालाई इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरी चलाएको झुठा मुद्दा खारेज गरी अबिलम्ब रिहाइको लागि लहान नगरपालिकाले माग गरेको छ । लहान नगरपालिकाले शुक्रबार नगरसभामा पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो । नयाँ बजार निर्माणको लागि प्रहरी प्रशासन र चार दलको् बीचमा विभिन्न मितिमा भएको सहमति अनुसार बजार निर्माणको लाग

    • प्रकाशित मितिः असोज १५, २०७८
    • १,३९५ पटक पढिएको
    • समृद्धिपथ
  • प्रहरी प्रशासनले झुठा मुद्दा फिर्ता नलिए शशक्त आन्दोलन गर्ने नेकपा (एमाले) लहानको चेतावनी

    फिरोज सिद्दिकी, लहान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटि लहान, सिरहाले आफ्ना निर्दोष युवा कार्यकर्ताहरुलाई लहान प्रहरीले आतंक मचाई बिना इजाजत घरभित्र पसि समात्दै झुठा मुद्दा गलाउने गरेको प्रति दुःख ब्वयक्त गर्दै प्रहरी प्रशासनले झुठा मुद्दा फिर्ता नलिए शशक्त संषणर्को कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । शुक्रबार सिरहाको लहानमा नेकपा (एमाले) प्रदेश २, क्षेत्र नम्बर १ का क्षेत्रीय इन्चार्ज विष्णुलाल साहले लहान नगरपालिकाको समग्र विकास अभियानमा आएको अवरोध सम्वन्धमा गरिएको पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो । पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ- उच्छृखल व्यक

    • प्रकाशित मितिः असोज १५, २०७८
    • १,३२५ पटक पढिएको
    • समृद्धिपथ
  • ‘सशक्त संगठन निर्माण र सडक संघर्ष तयारीमा लागौ’

    जिवछ उदासी नेकपा एमाले सशक्त संगठन निर्माण र सडक संघर्षको लागि तयार रहनुपर्ने कुरामा नेकपा एमालेका नेताहरुले जोड दिनु भएका छन् ।नेकपा एमाले लहान नगर कमिटिकोे बैैठकमा अगुवा नेताहरुले यस्तो बताउनु भएका हुन् । कार्यक्रममा राष्ट्रिय केन्द्रिय प्रतिनिधि परिषदका सदस्य तथा नेकपा लहान नगरपालिका प्रमुख मुनि साहले पार्टीसँग समन्वय गरेर लहान नगरपालिकाले हरेक योजना अघि बढाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘हाम्रो लहान, समृद्ध लहान को नारालाई कार्यान्वयन गर्न चुनावमा जनतासँग गरेको प्रतिवद्धता मध्ये ९० प्रतिशत पुरा हुनै लागेको छ । १० प्रतिशत प्रतिवद्धताहरु संघीय र प्रदेश सरकारले सहयोग गरे मात्रै संभ

    • प्रकाशित मितिः असोज १४, २०७८
    • १,१०६ पटक पढिएको
    • समृद्धिपथ
  • ‘भवगानपुरमा फुटको असर छैन,झन शक्तिशाली बन्यो एमाले’

    जिवछ उदासी सिरहाको पूर्व दक्षिण भारतीय सीमानासँग जोडिएको भगवानपुर गाँउपालिकामा नेकपा एमालेमा फुटको असर नहेको र झनै शक्तिशाली भएको नेकपा एमालेका नेताहरुले दाबी गरेका छन् । गएको स्थानीय चुनावमा एमालेबाट उम्मेदबार हुनु भएको उग्र नारायण यादव र भगवानपुरको प्यारो नेताको रुपमा पहिचान बनाउनु भएको राम शङकर यादवले गाँउपालिका स्तरीय पार्टी कार्यकर्तालाई भेला गरी सोमबार भगवानपुर–२ गम्हरीया चोकमा आयोजना गरेको पार्टी प्रवेश खुल्लासभा गरेर आफ्नो दावीलाई प्रमाणित गरेका हुन् । पार्टी प्रवेश कार्यक्रमलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा निवर्तमान कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री लिलानाथ श्रेष्ठ,

    • प्रकाशित मितिः असोज ६, २०७८
    • १,३८४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A