समाज

    Showing १८१-१९० of ८५३ items.
  • लहान नगरपालिकामा महालेखा परीक्षकको प्रतिवेदनले देखाएको सैद्धान्तिक बेरुजु, भ्रष्टाचारको आशंका

    लहान । महालेखा परीक्षकको कार्यालयले लहान नगरपालिकाले विविध खर्चका नाममा रु. ३ करोड ६० लाख ५३ हजार खर्च लेखेको तर खर्चसँग सम्बन्धित कागजात तथा बिलहरूको अभावका कारण सैद्धान्तिक बेरुजु देखाएको छ। खर्च लेख्ने क्रममा "कार्यालयको मागअनुसार खाना खाजा उपलब्ध गराएको" भन्ने बिल मात्र संलग्न गरिएका उदाहरणहरू भेटिएका छन्। महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ कि खर्चका लागि स्पष्ट प्रयोजन नखुलाई यस्ता शीर्षकमा रकम खर्च गर्नु नियम विपरीत हो। यसले बजेटको दुरुपयोग र आर्थिक अपारदर्शिताको संकेत दिन्छ। खाना खाजा तथा अन्य खर्चको विषयमा कानुनी व्यवस्था अनुसार बिल भरपाई र आवश्यक कागजात संलग्न गर्नुपर्ने भए पनि

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • ९५४ पटक पढिएको
    • समृद्धिपथ
  • अर्बान फुड प्रा.लि.को कार्यप्रति मुस्लिम समुदायको आपत्ति

    फिरोज सिद्दिकी  लहान । अर्बान फुड प्रा.लि.ले नेपालमा उत्पादन गर्दै आएको सुंगुरको मासुबाट बनेको ससेजमा हलालको लोगो प्रयोग गरी बिक्री वितरण गरेको घटनाले मुस्लिम समुदायको आस्था माथि चोट पुर्‍याएको भन्दै गम्भीर आपत्ति जनाइएको छ।   दारुल इफ्ता वल कजा नेपालका काजी-ए-नेपाल मुफ्ती मुहम्मद उस्मान बरकातीले जारी गरेको विज्ञप्तिमा सो कार्य इस्लाम धर्ममा वर्जित भएको र यसले मुस्लिम समुदायको भावनामा ठेस पुर्‍याएको जनाइएको छ। विज्ञप्तिमा कम्पनीको यस प्रकारको गतिविधि पुनः नदोहोरिने सुनिश्चित गर्न सम्बद्ध सरोकारवाला निकायसँग आवश्यक अनुगमन र कानुनी प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।&nbs

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • ५१८ पटक पढिएको
    • समृद्धिपथ
  • कमला नदीमा डुबेका किशोरमध्ये एकको शव फेला, अर्काको खोजी जारी

    सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१ उत्तरवाहिनीस्थित कमला नदीमा नुहाउने क्रममा डुबेका दुई किशोरमध्ये एकजनाको शव फेला परेको छ भने अर्काको खोजी कार्य जारी छ। डुबेका मिर्चैया नगरपालिका–५ का १६ वर्षीय रोशन मण्डलको शव करिब तीन घण्टापछि नदीमा तैरिरहेको अवस्थामा फेला परेको हो। उनीसँगै नुहाउन गएका कर्जन्हा नगरपालिका–५ का १५ वर्षीय लक्ष्मण कुमार साह भने अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। कात्तिके पूर्णिमाका अवसरमा नुहाउन गएका किशोरहरू नुहाउने क्रममा डुबेका थिए। प्रत्यक्षदर्शीहरूले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय बन्दिपुर र सशस्त्र प्रहरी बल मिर्चै

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • ४७० पटक पढिएको
    • समृद्धिपथ
  • खोरिया बस्तीका किसान कोदोखेतीमा सीमित, सिँचाइ र सहयोग अभावले चुनौती

    सिरहा । सिरहा जिल्लाको मिर्चैया बजारबाट १० किलोमिटर उत्तरतर्फ चुरे क्षेत्रको फेदमा अवस्थित खोरिया बस्ती दलित, जनजाति, र सीमान्तकृत समुदायका २६ परिवारको बसोबास रहेको स्थान हो। यहाँका बासिन्दा साना झुपडी, बाँसका भाटाले बेरेका फुसका टहरामा जीवन यापन गर्छन्। मिर्चैया नगरपालिका–७ मा पर्ने यो गाउँमा अधिकांश किसानका लागि कोदोखेती नै मुख्य र निर्विकल्प स्रोत हो। स्थानीय किसान हर्कबहादुर परियारका अनुसार, सिँचाइको सुविधा नहुँदा र क्षेत्र सुक्खा भएका कारण यहाँ कोदोखेती गर्नुपर्ने बाध्यता छ। “बाउबाजेदेखि कोदो रोप्दै आएका छौँ। पिउने पानीसमेत छ महिनासम्म अभाव हुने ठाउँमा कोदो बाहेक अरू केही उब्

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • ३७३ पटक पढिएको
    • समृद्धिपथ
  • लाहानमा लायन्स क्लब र पिडरबोनी फुटबल क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    फिरोज सिद्दिकी  लाहान । लायन्स क्लब अफ लहान सिटि र पिडरबोनी फुटबल क्लबको संयुक्त आयोजनामा लाहान-११, पिडरबोनीमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार, समाजसेवा र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले स्थानीय बासिन्दा र युवाहरूलाई रक्तदानप्रति प्रेरित गरेको हो। रक्तदान कार्यक्रममा लायन्स क्लब अफ लहान सिटिका अध्यक्ष उज्ज्वल साह, पूर्व अध्यक्ष चक्रपाणि दहाल, पिडरबोनी फुटबल क्लबका अध्यक्ष उकेश चौधरी, उपाध्यक्ष प्रभाकर ओर्ग्यान थारु, कोषाध्यक्ष शरण प्रसाद चौधरी लगायत ३६ जनाले रक्तदान गरेको जनाइएको छ। लायन्स क्लब अफ लहान सिटिका अध्यक्ष साहले सम

    • प्रकाशित मितिः कार्तिक २४, २०८१
    • ९८७ पटक पढिएको
    • समृद्धिपथ
  • साझको अर्घ दिदै छठ पूजा गर्दै व्रतालुहरु

    जीवछ उदासी  लहान,कातिक २२ गते ।  सामाजिक सदभाव र एकताको पर्व छठको सुर्य अस्ताउने बेलाको अर्घ दिन श्रद्धालु भक्तजनहरु पोखरी नदी ताल तलाउमा सुर्यको प्रार्थना गरिरहेका छन् ।  ३६ घण्टा उपवास बसेर मनाइने छठ पर्व मधेशको सांस्कृतिक पर्व सम्पन्न विपन्न सबैको एउटै छठको घाट हुने भएकोले यो पर्वले सामाजिक सदभाव र एकतालाई मजबुत बनाएको लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसका पुर्व क्यामपस प्रमुख डा अनिल कुमार झाले बताउनुभयो ।  छठ पर्वको महिमा विस्तार हुँदै गइरहेको लहान खुटीखोला छठ पुजा समितिको अध्यक्ष समाजसेवी नविन गुप्ताको बुझाइ छ । उहाँ भन्नुहुन्छ,'लहान नगरपालिकाले यस वर्ष सात

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • ३४८ पटक पढिएको
    • समृद्धिपथ
  • साझको अर्घ दिदै छठ पूजा गर्दै व्रतालुहरु

    जीवछ उदासी  लहान,कातिक २२ गते ।  सामाजिक सदभाव र एकताको पर्व छठको सुर्य अस्ताउने बेलाको अर्घ दिन श्रद्धालु भक्तजनहरु पोखरी नदी ताल तलाउमा सुर्यको प्रार्थना गरिरहेका छन् ।  ३६ घण्टा उपवास बसेर मनाइने छठ पर्व मधेशको सांस्कृतिक पर्व सम्पन्न विपन्न सबैको एउटै छठको घाट हुने भएकोले यो पर्वले सामाजिक सदभाव र एकतालाई मजबुत बनाएको लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसका पुर्व क्यामपस प्रमुख डा अनिल कुमार झाले बताउनुभयो ।  छठ पर्वको महिमा विस्तार हुँदै गइरहेको लहान खुटीखोला छठ पुजा समितिको अध्यक्ष समाजसेवी नविन गुप्ताको बुझाइ छ । उहाँ भन्नुहुन्छ,'लहान नगरपालिकाले यस वर्ष सात

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • ४९४ पटक पढिएको
    • समृद्धिपथ
  • आज छठ पर्व, लहान लगायत तराई मधेशमा साँझ अस्ताउँदो सूर्यको पूजा गरी मनाइँदै

    समृद्धिपथ समाचारदाता लहान । तराई मधेशको प्रमुख पर्व छठ आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई श्रद्धाभावपूर्वक मनाइँदैछ।  लहान, जनकपुर, वीरगञ्ज, बिराटनगर लगायत तराईका प्रमुख सहरहरूमा आज बिहानैदेखि छठको विशेष रौनक देखिएको छ। भक्तजनहरूले सूर्य भगवानको उपासना गर्दै पवित्र जलाशयहरूमा जलाशयमा प्रवेश गरी पूजा-अर्चना गर्ने गर्छन्। चार दिनसम्म मनाइने यस पर्वको मुख्य दिन आज, व्रतालुहरूले अस्ताउँदो सूर्यलाई पूजा गर्ने परम्परा छ। साँझपख सूर्यको उपासना गर्दै व्रतालुहरू विशेषगरी महिलाहरू, नदी, तलाउ र पोखरीमा जम्मा भई सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्। यो पर्वले विशेषगरी स्वास्थ्य, सुख-शान्ति र समृद्धिक

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • ८८१ पटक पढिएको
    • समृद्धिपथ
  • संस्कृति, परम्परा र प्रकृति पूजाको पर्व छठ

    संजय साह, लहान तराई-मधेश क्षेत्रको सांस्कृतिक जीवनशैलीमा गहिरो नाता जोडिएको छठ पर्व एक अत्यन्त महत्वपूणर् लोकपर्व हो। यस पर्वको माध्यमबाट प्रकृति र जीवनको महत्वपूणर् अंशहरूको पूजा गरिन्छ जसले समाजका विभिन्न तहहरूलाई एकसाथ एकताको सूत्रमा बाँध्ने कार्य गर्दछ। यो पर्व विशेष गरी नेपालका तराई क्षेत्र र भारतका बिहार, उत्तर प्रदेश, झारखण्ड जस्ता राज्यमा मनाइन्छ र यसको पृष्ठभूमिमा असीम श्रद्धा र आस्थाको समागम रहेको छ। छठ पर्वमा सूर्य, जल, पृथ्वी, वायु, अग्नि र अन्य पञ्चतत्वको उपासना गर्ने परम्परा छ। यस लेखमा छठ पर्वको सांस्कृतिक महत्व, धार्मिक पृष्ठभूमि र समाजमा यसको योगदानलाई विश्लेषण गर्ने प्रयास ग

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • १,७७१ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकाद्वारा छठघाट निर्माणमा विभेद, स्थानीयले गरे असन्तोष व्यक्त

    लहान । लहान नगरपालिकाले खुट्टी खोला छठघाट निर्माणमा विभेद गरेको भन्दै स्थानीयहरूले असन्तोष व्यक्त गरेका छन्। नगरपालिकाले खुट्टी खोलामा रहेको पुलको दक्षिणतर्फ छठघाट निर्माणका लागि ७ लाख रुपैयाँ विनियोजन गरेको भए पनि उत्तरतर्फको छठघाट निर्माण नगराइएकोमा स्थानीयहरूले दुःख व्यक्त गरेका हुन्। खुट्टी खोलाको उत्तरतर्फ छठ मनाउने श्रद्धालुहरूले छठ पर्वका लागि आवश्यक घाटको निर्माण आफ्नो निजी खर्चमा गर्नुपरेको बताएका छन्। उनीहरूले आफूहरूको क्षेत्रमा पनि नगरपालिकाले समान रूपमा छठघाट निर्माणका लागि बजेट छुट्याउनुपर्ने माग गरेका छन्।  लहान नगरपालिकाको अन्य वडाका बासिन्दाहरूले पनि छठघाट निर्माणका लाग

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • ६५२ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A