जीवछ उदासी लहान,असोज ८ गते । सिरहा - १ ख प्रदेशसभाको माननीय राजकुमार गुप्ता (राजु) लहानको विकासको लागि मधेश सरकार सकारात्मक रहेको बताउनु भएको छ । आइतबार राष्ट्रिय बाणिज्य बैंक लहान शाखाको नवनिर्मित भवनलाई उदघाटन सत्रमा शुभकामना मनतव्यको क्रममा यस्तो बताउनु भएको हो । लहान प्रदेशिक अस्पतालको नामाकरणमा दाता परिवारको नाम हटाउने कार्य प्रदेश सरकारले नगरेको खुलासा गर्दै तत्कालिन अस्पताल विकास समितिले नै गरेको बताउनुभयो । उहाँले भन्नुभयो,लहानको शिक्षा स्वास्थ्य र कृषिको क्षेत्रमा मधेश सरकार नयाँ सोचको साथ काम गर्न आतुर छ ।' आफ्नो गऊह गाउँ लक्ष्मीपुरपतारी भएपनि लहा
जीवछ उदासी लहान,असोज ७ गते । सिरहा -१ का संघीय सांसद राम शङकर यादवले लहानमा मेडिकल कलेजको आवश्यक्ता रहेको बताउनु भएको छ । राष्ट्रिय बाणिज्य बैंक लहान शाखाको नवनिर्मित भवनको उद्घाटन कार्यलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई मेडिकल कलेजको लागि मधेश सरकारबाट पहल थाल्नी गर्न उहाँले आग्रह गर्नुभयो । सांसद यादवले थप्नुभयो,' लहानमा मेडिकल कलेज सञ्चालन गर्नको लागि अस्पतालका मुरारका र शारडा दाता परिवारद्वय इच्छुक रहेका छन् । दाता परिवारको नाम थपेर रामकुमार शारडा उमा प्रसाद प्रादेशिक अस्
कपालको चाँयाबाट छुटकारा पाउनका लागि केही घरेलु उपायहरु यसप्रकार छन्ः - नीमः नीमको पातलाई पानीमा उमालेर कपाल धुनुअघि त्यो पानी प्रयोग गर्नुहोस्। नीमको एन्टिफङ्गल गुणले कपालको चाँया कम गर्न मद्दत गर्छ। - प्याजको रसः प्याजको रसले कपालको चाँया कम गर्न मद्दत गर्छ। प्याजको रस कपालमा लगाउनुहोस् र १५-२० मिनेटसम्म राख्नुहोस्, त्यसपछि धुनुहोस्। - कागतीको रस: कागतीको रस कपालमा लगाउनाले चाँया कम हुन्छ । कागतीको रस कपालमा केही समय राखेर धुनुहोस् । - एप्पल साइडर भिनेगरः पानीमा एप्पल साइडर भिनेगर मिलाएर चाँया प्रभावित क्षेत्रमा लगाउनुहोस्। यस पछि, कपाल धुनुहोस्। - मेथीको दानाः मेथीको दानालाई पानीमा भिजा
जीवछ उदासी लहान,असोज १ गते ।तीज भन्ने वितिकै तडकभडक र आफनौ हैसियत अनुसारको पहिरनमा सजिएर मनाउने चलन नै भएको छ । बिल्कुलै तडकभडक नगरी पििडत महिलाहरुको पीडा सुन्दै खुसी बााडदै महिला अधिकारकर्मीहरुले फरक शैलीमा दुई दिन अगाडी नै दर खाएर तीजको रमाइलो गरेको थियो । सिरहाको गोलबजार,कर्जन्हा र सिरहा नगरपालिकामा पीडित महिलाहरुलाई तीज कार्यक्रममा सहभागी गराएर तीजको रमाइलो गरिएको महिला अधिकारकर्मी रेणु कर्ण यादवले बताउनु भएको छ । उहाँको अनुसार विगत केहि वर्षयता महिला अधिकारकर्मीहरुद्वारा समाजमा रहेका हानिकारक परम्परागत अभयासहरुलाई हटाएर हिंसामुक्त समाज निर्माणको लागि पीडित महिलाहरुको पीडा सुन्दै खुसी वा
जीवछ उदासी मिर्चैया, भदौ ३१ गते ।जनजनमा माओवादी घरघरमा माओवादी जनतासंग माओवादी विशेष रुपान्तरण अभियान मिर्चैया नगरपाकिा वडा नम्बर–८ को सम्मेलन सम्पन्न भएको छ । अभियानले आन्तरिक एकता सुदृढ गर्न र संगठन विस्तार गर्न चलिरहेको नेकपा माअेवादी मधेश प्रदेश कमिटिका सदस्य तथा मिर्चैया नगरप्रमुख श्रवणकुमार यादवले बताउनु भएको छ । नेकपा मोओवादी सिरहा जिल्लामा अरुको कारणभन्दा आफ्नै आन्तरिक कारणले कमजोर देखापरेको उहाँले भन्दै पार्टी भित्रको विवादको विषय चिया पसल र सार्वजानिक ठाउँहरुमा बोलेर समाधान नहुने बताउनुभयो । पार्टीभित्रको समस्या समाधान गर्नको लागि पार्टीले तनि महिने अभियान ल्याएको प्रदेश
जीवछ उदासी लहान,भदौ ३० गते । लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पस लहानको प्रथम बैठक सौहाद्रपूर्ण रुपमा सम्पन्न भएको छ । बैठकले खाता संचालन,पोखरी र बगैंचा र विविध तीन प्रस्ताव पारित गरी बैठक सम्पन्न भएको हो । प्रथम बैठकमा क्याम्पस लहान नगरप्रमुख समेत रहनु भएको क्याम्पस अध्यक्ष महेश प्रसाद चौधरीको निर्देशनमा क्याम्पस प्रमुख संजय चौधरीले प्रस्ताव राख्नु भएको थियो । क्याम्पसको विधान अनुसार बैंक खाता नव निर्वाचित अध्यक्ष महेश प्रसाद चौधरी र क्याम्पस प्रमुख संजय चौधरीको नाममा बैंक खाता सञ्चालन गर्ने,पोखरी र बगैंचाको ठेक्का लगाउन नयाँ कार्यविधि बनाउन सञ्चा
सिरहा । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज नेपालमा पनि राष्ट्रिय बाल दिवस मनाएका छन् । नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ । संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ । संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । नेपालको संविधान र कानूनले बाल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हाे । बालुवाटारस्थित निवासमा हृदयघात भएसँगै उनलाई त्रिवि शिक्षण अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट विजयी भएका थिए । उनी एमाले संसदीय दलका उपनेतासमेत हुन् । नेम्वाङ विसं. २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष भएका थिए ।
जीवछ उदासीलहान, भदौ २५ गते । सिरहा जिल्लाको दक्षिणी भारतको सीमाक्षेत्र र हुलाकी मार्गसँग जोडिएको औरही गाँउपालिका वडा नम्बर–४ इटाटारमा एक वर्षदेखि वडा कार्यालयले कक्षा एकदेखि दससम्म सञ्चालन गरेको कोचिङग कक्षाले सामुदायिक विद्यालयमा पढने विद्यार्थीहरुमा शैक्षिक सुधार देखिएको छ । वडाअध्यक्ष सुरेन्द्र कुमार यादवको अनुसार स्थानीय तहको चुनावमा सामुदायिक विद्यालयको सुधारको लागि निःशुल्क कोचिङग कक्षा सञ्चालन गर्ने प्रतिवद्धता अनुसार विगत एक वर्षदेखि कक्षा एकदेखि दशसम्मको विद्यार्थीहरुको लागि कक्षा सञ्चालनको लागि दसजना शिक्षक भर्नागरी विहान ५ः३० बजेदेखि ९ बजेसम्म कक्षा सञ्चालन हुँदै आइरहेको छ
लहान । सिरहाको स्थानीय तहका कर्मचारीहरुले आफूहरुलाई विभेद गरेको भन्दै निजामती सेवा दिवसको दिन हातमा कालोपट्टी बाँधेर विरोध जनाएका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा प्रस्तावित निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई निजामती नभनेको भन्दै उनीहरुले विरोध जनाएका हुन्। उनीहरुले कर्मचारीहरुको सेवा सुविधा, वृत्ति विकासको सुनिश्चित गर्नुपर्ने र प्रस्तावित संघिय निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरुलाई निजामतीमा समेट्नुपर्ने माग गरेका छन्। त्यसैगरी आन्दोलित कर्मचारीहरुले संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समूहको आधारमा सरकारी सेवाको
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A