समाज

    Showing ४६१-४७० of ८५३ items.
  • राष्ट्रवाद र समृद्धिको पक्षधरले जित्ने निश्चितः नेता श्रेष्ठ

    जीबछ उदासी लहान,भदौ २६ गते । नेकपा एमालेको पोलिटव्यरो सदस्य तथा मधेस प्रदेशको सह इन्चार्ज लिलानाथ श्रेष्ठले मंसिर ४ गतेको चुनाव राष्ट्रवादी र समृद्धिको पक्षधरले जित्ने बताउनु भएको छ । नेकपा एमाले सिरहा जिल्ला निर्वाचन कमिटिको लहान नगरपालिका सभा हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यसतो बताउनु भएको हो । राष्ट्रवादको पक्षमा नेकपा एमाले सधैं चटानी अडान लिइएको छ भने राष्ट्रघाती सन्धी सम्झौता गरेर नेपाली काँग्रेसको अगुवाई अहिलेको पाँच दल लागिपरेकोले जनताले नेकपा एमालेको उम्मेदबारहरुलाई जितउने विश्वास व्यक्त गर्नुभयो । नेकपा एमालेबाट प्रधानमन्त्री बन्नु भएको मनमोहन अधिकारी र केपी शर्मा

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • ५८१ पटक पढिएको
    • समृद्धिपथ
  • बलान नदी कटान तीब्र तिलेबोनाबासी भयभीत

        जीबछ उदासी  लहान,भदौ १८ गते ।  सुख्खा मौषममा समेत कटान गरिरहेको बलान नदीले अविरल वर्षा भइरहँदा लहान-२३ तिलेबोना सीमामा कटान तीव्र पारेको छ ।  वर्षौदेखि कटान गरिरहेको बलान नदी कटान नियणत्रण हुन नसक्दा समस्या विकराल भइरहेको लहान(२३ तिलेबोनाका बिल्टु यादवले भन्दै तिलेबोना गाउँका किसानहरुको मात्रै ६० विगहाभन्दा बढी उर्वर जमिन कटान गरिसकेको बताउनुभयो ।  संघ र प्रदेश सरकारको बजेटबाट लहान नगरपालिकादेखि भगवानपुरसम्म तटबन्ध निर्माण गरेमात्रै दिर्घकालिन रुपमा समस्या समाधान हुने स्थानीयहरु बताउँछन् । तटबन्धको नाममा अहिलेसम्म पटक(पटक कार्यकर्ता पालिने कार्य मात्रै भ

    • प्रकाशित मितिः भदौ १८, २०७९
    • ५८६ पटक पढिएको
    • समृद्धिपथ
  • लायन्स क्लव फूलबारीले विद्यालयहरुमा वृक्षारोपन गर्ने

       जीबछ उदासी  लहान,भदौ १७ गते ।  लायन्स क्लब अफ फझलबारीले लहान नगरपालिकाको २४ वटै वडामा रहेका सामुदायिक र संस्थागत विद्यालयमा वुक्षारोपन गर्ने क्लवलले जनाएको छ ।  वहुवार्षिक योजना अनुरुप यो कार्यक्रम अघि बढाएको क्लवको अध्यक्ष राकेश झाले जानकारी दिनुभयो । देव वृक्षको रुपमा रहेको वातावरण मैत्री पिपल,अमला निम र रुद्राक्ष विरुवा रोप्ने उहाँले बताउनुभयो ।  लायन्स क्लव इन्टरनेशनलको मूल्य मान्यताको आत्मसात गर्दै 'वि सर्भ' को उद्देश्यले मधुमेह,आँखा उपचार, क्यान्सर,शिक्षा र वातावरणको क्षेत्रमा काम गर्ने उद्देश्य रहेको उपाध्यक्ष शङ्कर प्रसाद गुप्ताले स्पष्ट गर्नुभयो ।

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • ५५७ पटक पढिएको
    • समृद्धिपथ
  • डिजे बाजा र ध्वनि प्रदुषण नियन्त्रणका लागि पहल गर्न माँग

    फिरोज सिद्दिकी / लहान लहान र धनगढीमाई नगरपालिकाका नागरिक अगुवाहरुले आउनै लागेको चाडपर्वलाई मध्यनजर गर्दै डिजे बाजा र ध्वनि प्रदुषण नियन्त्रणका लागि पहल गर्न माँग गरेका छन् । बुधबार शान्ति र धार्मिक भाईचाराका लागि: हातेमालो अन्तर धार्मिक समिति लहानले लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी, धनगढीमाई नगरपाकिलाका नगरप्रमुख शिवशंकर महतो, सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र ईलाका प्रहरी कार्यालय लहानका प्रमुख कुमार प्रसाद मैनालीलाई डिजे बाजा र ध्वनि प्रदुषण नियन्त्रणका लागि पहल गर्न माँग गर्दै ज्ञापन-पत्र बुझाएका हुन् । हातेमालो अन्तर धार्मिक समिति लहानका संयोजक सुशिलचन्द्र अधिक

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • १,४८५ पटक पढिएको
    • समृद्धिपथ
  • आज दर खाने दिन, दरको संस्कृतिले विकृतिको रुप लिंदै

    लहान । हिन्दु महिलाले मनाउने तीज पर्व अन्तरगत आज दरखाने दिन, दर खाएर मनाइदैछ । विभिन्न मीठा मिठा परिकारका साथ दर खाने चलन छ । आज चेलिबेटि बोलाएर दर खुवाउने गरिन्छ । माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ । पहिले हरितालिका तीजको अघिल्लो दिन एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोली एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ । दर खाएको भोलीपल

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • ९९७ पटक पढिएको
    • समृद्धिपथ
  • विद्यालय बन्द गराउनु रहर होइन,बाध्यता : केस भुपेन्द्र पासवान

      जीवछ उदासी  लहान,भदौ १२ गते ।  नेपाल विद्यालय कर्मचारी संघका केन्द्रीय सदस्य भुपेन्द्र पासवानले पटक-पटक गरेको आन्दोलनलसई सरकारले अनसुनी र वेवास्ता गरेकोले निर्णायक आन्दोलन गर्नु परेको नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रीय सदस्य भुपेन्द्र पासवानले बताउनु भएको छ ।   विद्रयालय बन्हद गराउनु रहर होइन,बाध्यता भएको उहाँले भन्दै विद्यालय कर्मचारीहरुको सेवा सुविधा दिनुको साथै दरबन्दी कायम गर्न भदौ १ गतेदेखि विभिन्न चरणको आन्दोलन गरिरहेको बताउनुभयो ।  आज भदौ १२ गतेदेखि १८ गतेसम्म विद्यालयको सम्पुर्ण कार्य ठप्प गरी सरकारलाई दबाब दिइएको केस पासवानले जानकारी गराउनुभ

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • ६७३ पटक पढिएको
    • समृद्धिपथ
  • स्थानीय सरकारको सय दिन : लहान नगरप्रमुखको ‘हनिमुन अवधि’ आश्वासनको पुलिन्दा, कामभन्दा गफ बढी

    फिरोज सिद्दिकी, लहान । लहान नगरपालिकाका स्थानीय सरकारको आज सय दिन पुरा भएको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि र रोजगार, भ्रष्टाचार मुक्त हाम्रो लहान’को नारा लिएर अघि बढेका लहान नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख महेश प्रसाद चौधरीले सय दिनको अवधिमा कुनै राम्रो काम गर्न सकेको छैन् । विवाद, अकर्मण्यता र दिशाहीनतामा अलमलिएका छन् । भनिन्छ कुनै पनि सरकारको सय दिन ‘हनिमुन अवधि’ आफ्नो कार्यकालको राम्रो सुरुवात गरेको हुन्छ । तर लहान नगरपालिकामा भने उल्टो भएको छ । सय दिनको ‘हनिमुन अवधि’ भाषण, आश्वासन, प्रतिवद्धता, मतभेद, विवाद र सम्मान ग्रहण गर्दैै वितेको छ । स्थानीय सरक

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • ४,९०० पटक पढिएको
    • समृद्धिपथ
  • नेपाली इतिहासकारहरूले मुस्लिम समुदाय प्रति विभेद गरेको छ : डा. राजेश अहिराज

    फिरोज सिद्दिकी  लहान। पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेका बेला मुस्लिम समुदायको पनि रगत बगेको छ तर नेपाली इतिहासकारहरूले मुस्लिम समुदाय प्रति विभेद गरेको राजनीतिक विश्लेषक तथा मधेस प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजले बताउनु भएको छ । बुधबार लहान ५ स्थीत रहेको मदरसा दरुल ओलुम हन्फिया असरफियमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि डा. अहिराजले यस्तो बताउनुभएको हो l नेपाल निर्माण गर्ने क्रममा मुस्लिम समुदायको अहम् भूमिका रहेको बताउँदै पृथ्वीनारायण शाहसँग नेपाल एकीकरणका लागि आएका मुस्लिम समुदायहरु हाथ हथियार बनाउने र गोर्खालीहरुलाई चलाउन सिकाउने काम गरेको बताउनु भयो। गोरखा दरबारमा रह

    • प्रकाशित मितिः भदौ २, २०७९
    • १,०४१ पटक पढिएको
    • समृद्धिपथ
  • 'मधेस प्रदेशमा एमालेले सबै तागत झोक्नुपर्छ'

    जीवछ उदासी मंसिर ४ गते हुने चुनावमा मधेस प्रदेशमा कसको प्रा भारी होला ? गठबन्धनलाई एमालेले पछि पार्न सक्छ कि झन् दयनीय अवस्था होला ? यहि बीचम राष्ट्रपतिले फिर्ता गर्नु भएको नागरिकता विधेयकले असर पर्ला कि विभिन्न कोणबाट मधेसमा चर्चा चलि रहेको छ । गठबन्धनमा उम्मेदवारको व्यस्थापन चुनौती देखिएको छ भने नेकपा एमालेले गठबन्धनलाई परास्त गर्न निकै मेहनतको आवश्यक्ता छ । मधेस प्रदेशमा मधेसवादी मार्का भएका दलहरुको चमक पनि कम भएकै हो । नेपाली काँग्रेस आफ्नो पुरानो राजनीति जमीन फिर्ता गर्ने मुडमा छ । मधेसको राजनीति सेन्टीमेन्टमा बहकिने भएकोले नागरिकताको विषय अहिले उचालेर फेरि एमालेलाई कमजोर गर्ने रणनीतिमा

    • प्रकाशित मितिः भदौ १, २०७९
    • ५२० पटक पढिएको
    • समृद्धिपथ
  • मधेसमा कमजोर छैन् एमाले

    जीवछ उदासी  चुनावको मिति घोषणा भैसकेको छ । गठबन्धन भर्सेज एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । कोर मधेसमा रहेको सए्तरीदेखि पर्सासम्मका आठ जिल्लाहरुमा ३२ संघीय सीट रहेको छ । प्रत्येक संघीय सिटमा दुई रदेशसभाको संख्याको दरले ६४ सिट रहेको छ । २०७५ को चुनावमा मधेसवादी र माओवादीको अवस्था सन्तोषजनक भएपनि एमाले तुलनात्मक रुपमा कमजोर रहे । बाम एकता भएर नेकपा बनेपछि मधेसमा नेकपा निकै बलियो हुन पुगेको थियो भने काँग्रेस कमजोर हुँदै गइरहेको थियो । मधेसमा कम्युनिष्ट पार्टी बलियो हुने कुरा दिल्लीको लागि अपाच्य भयो । त्यसमा पुर्व प्रधानमन्त्री नेकपा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले राष्ट्रिय

    • प्रकाशित मितिः साउन २८, २०७९
    • ५४३ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A