समाज

    Showing ६३१-६४० of ८५४ items.
  • महामारी सबैको लागि परीक्षा हो भने राजनीति दलको लागि अग्नीपरीक्षा

    जिवछ उदासी कोरोना महामारीको दोस्रो लहर विश्वभरी नै चलेपनि भारतमा अत्यधिक संख्यामा सङक्रमित हुनुले नेपालको लागि ठूलो समस्या देखिएको छ । भारतको सकारात्मक र नकारात्मक सांस्कृतिक राजनीति सामाजिक र आर्थिक असर मात्रै नेपालमा पर्दैन । महामारीको लअसर पनि त्यतिकै पर्ने गरेको छ । नेपालसँग सीमाना जोडिएको उत्तरप्रदेश उत्तराखण्ड विहार र असाम र पश्चिम बङगालको हरेक गतिविधिको असर नेपालमा पर्ने गरेको छ । यतिवेला कोरोना महामारीसँग जुँध्न भारत समेत सङकटमा रहेको छ । त्यहाँ पनि अक्सिजन र आइसियुको अभाव खडकिएको छ । यहि असर नेपालमा पनि देखिन थालेको छ । जबकि यसभन्दा पनि खतरनाक तेस्रो लहर आउन बाँकी रहेको स्वास्थ्य विज्

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • ६९६ पटक पढिएको
    • समृद्धिपथ
  • कोरोना कहरमा पनि रोकिएन लहानमा डकैतीको शृङखला

    जिवछ उदासी कोरोनाको कहरमा लहान नगरपालिका –१ नयाँ बस्तीमा सोमबार राती हतियार सहित आएका डाकाहरुले एक पटक फेरि फिल्मी शैलीमा इन्द्रदेव ठाकुरको घरबाट ६ लाख नगद सहित आठ लाख लुटेर भाग्न सफल भएका छन् । लहान नगरपालिकामा यो लगायत आधा दर्जनभन्दा बढी शृङखलाबद्ध डकैतीका घटनाहरु भएपनि प्रहरीले डाकाहरुको गिरोहलाई नियणत्रणमा लिन नसक्दा स्थानीयहरु भयभित बनेका हुन् । सोमबार राती १२बजेर ३६ मिनेटमा लहानको नयाँ बस्तीको नामले चिनिने विद्युत प्राधिकरणको पूर्वपटिको बस्तीमा इन्ददेव ठाकुरको घरमा आठ जनाको समूहमा डाकाहरु हातमा हतियार नकाबले अनुहार छोपिएको तालिमप्राप्त पेशेबर डाका डाल्ने प्रकृतिका डकैतहरुले प्रवेश

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • ९१७ पटक पढिएको
    • समृद्धिपथ
  • ‘मिथिलाआर्ट’ प्रति बढ्दै महिला मोह

    जिवछ उदासी  लहान नगरपालिकाले चलाएको विभिन्न सिपमुलक तालिमहरु मध्ये मिथिलाआर्ट सम्बन्धी तालिममा महिलाहरुको मोह अत्यधिक देखिएको छ । तालिमबाट आफूहरु यसलाई व्यवसायीकरण गरेर आत्मनिर्भर हुनुको साथै मिथिला कला र संसकृतिको समेत उजागर गर्ने विश्वास व्यक्त गरेका छन् । तालिम कोरोना कहरलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड पुरा गरी चलाइएको थियो । लोप हुँदै गइरहेको मिथिला आर्टको तालिम गत विगतका वर्षहरुलेखि नै चलाउने सोच भएपनि यस वर्ष लहान नगरपालिकाका २४ वडाका ३५ जना महिलाहरुलाई बैशाख ७ गतेदेखि सहभागिता गराएर २१ दिने तालिम सोमबार सम्पन्न भएको लहान नगरपालिका महिला शाखाले जनाएको छ । त्रेता युगदेखि नै मि

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • १,५८१ पटक पढिएको
    • समृद्धिपथ
  • आफुलाई अध्यक्ष चयन नगरेको भन्दै सहकारीमा लगाइएको ताला खुल्यो

    राम भरोसी महतो, लहान । आफुलाई अध्यक्ष चयन नगरेको भन्दै साना किसान कृषि सहकारी संस्था लि. भवानीपुर प्र.ध. धनगढिमाई १ मा गत बैशाख २० गते केही असन्तुष्ट पक्षले गरेको तालाबन्दी आइतवार सामाजिक छलफलमा सहमतिपछि खोलिएको संस्थाका प्रवन्धक गिता चौधरीले जानकारी दिएका छन् । सहकारी संस्थाको गत बैशाख १८ गते धनगढिमाई नगरपालिका वडा नम्वर १ वडा अध्यक्ष सुर्यनारायण महतोको प्रमुख आतिथ्यतामा सम्पन्न बन्द सत्र र निर्वाचन प्रकृयाबाट सर्वसहमतिले माँगैन महतोलाई अध्यक्ष चयन गर्दै नौ सदस्य नयाँ कार्यसमिति चयन गरेको थियो । चयन गरिएको समितिको उपाध्यक्षमा सरिता कुमारी सिंह र सदस्यहरुमा रामअवतार महतो, आशाकुमारी चौधरी, ल

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • १,०८१ पटक पढिएको
    • समृद्धिपथ
  • अग्नी परीक्षामा माधव नेपाल समूह मात्रै होइन् समग्र बामपन्थी दल

    जिवछ उदासी आज २७ गते प्रधानमन्त्री विश्वासको मत लिनको लागि संसद बोलाउनु भएको छ । आफ्नै पार्टी नेकपा एमालेका माधव नेपाल समूहको मत पाउने कि नपाउने अन्यौलको अवस्था छ । एमालेभित्रको किँचलोको कारण अन्य दलह?ले ओली सरकारलाई विदाइ गर्न गणितीय जोडघटाउमा लागेको देखिन्छ । माधव नेपाल समूहका सांसदह?ले सामूहिक राजीनमा दिइने चर्चा निकै चल्यो । आइतवार राजीनमा नदिएका माधव समूहले २७ गते सोमबार ९ बजेसम्म पार्टी अध्यक्ष केपी ओलीले आफ्नो माँग पुरा नगरे कठोर निर्णयमा पुग्ने अर्थात सरकारलाई विश्वासको मत पुग्न नदिन राजीनमा दिइने वा संसदमा फ्लोरक्रस गर्ने सम्मको चेतावनी दिएको छ । आइतबारको राती गन्थनमन्थन र चिन्तनको ला

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • ८३५ पटक पढिएको
    • समृद्धिपथ
  • मालपोत कार्यालय लहानको सेवा बन्द

    लहान, २४ बैशाख । मोलपोत कार्यालय लहानले बैशाख मसान्त सम्मका लागि आन्तरीक सेवावाहेक सवैसेवाहरु बन्द गरेको छ । कोभिड १९ महामारीको जोखिम उच्च रहेको र यहाँको कर्मचारीहरुमा पनि कट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकोले सूचना प्रकाशित गरी शुक्रबारबाट आन्तरिक कामबाहेक सवै सेवा बन्द गरेको हो । कार्यालयले सूचना जारी गर्दै कोभिड १९ को दोस्रो लहर तिव्र गतिमा फैलिरहेको र यसबाट हामी पनि ग्रसित हुने सम्भावना रहेको र कार्यालयसँग सम्बन्धित लेखापढी व्यसायी, बैक तथा वितिय संस्थाका कर्मचारीहरुमा पनि संक्रमण देखिएको हुदा कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकोले आजबाट बैशाख मसान्तसम्म बन्दगर्ने जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • ५१५ पटक पढिएको
    • समृद्धिपथ
  • साना किसान कृषि सहकारी संस्था भवानीपुर प्रधमा तालाबन्दी

    शम्भु चौधरी, सिरहा २३ बैशाख । सिरहाको धनगढीमाई नगरपालिका १ र २ मा रहेको साना किसान कृषि सहकारी संस्था लि भवानीपुर प्र ध मा बुधबार लक्ष्मी नारायण यादव र उनका समर्थकले तालाबन्दी गरेका छन् । सधारण सभा, बन्द सत्र र चयन गरीए दिनको नियर्ण प्रतिलिपि माग गर्दा दिन आलटाल गरेपछि तालाबन्दी गर्नु परेको सर्वसहम्तिबाट अध्यक्ष चयन भएका लक्ष्मी नारायण यादवले जानकारी दिएका हुन् । साना किसानको प्रक्रिया अनुसार साविक भवानीपुर प्रध को नौ वटै वडाबाट एक एक जना संचालक समितिमा चुनिएर आउने प्रावधान छ र चुनिएर आए पनि । अब अध्यक्षमा पदको दुई जना सुर्य नारायण महतो र मागैन महतो । सुर्य नारायण महतो वडा अध्यक्ष भएकोले मा

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • ८५६ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा अतिक्रमण गरी बनाएका घर टहरा भत्काउँदा झडप, ५ जना घाइते

    लहान । सिरहाको लहान ५ स्थित खोला किनारमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा नगरपालिकाले भत्काउँदा झडप भएको छ । अतिक्रमण गरेर बनाएको उक्त घर टहरा खाली गराउने क्रममा झडप हुँदा ५ जना घाइते भएका छन् । झडपमा परी घाइते हुनेहरुमा लहान नगरपालिकाका प्रहरीहरु मनोज यादव, राम दयाल महतो, राम भरोस यादव, सरसफाई कर्मी बब्लु मेस्तर र अनिता मेस्तर रहेका छन् । यसअघि अतिक्रमित जग्गा खाली गर्न पटकपटक सार्वजनिक सूचना जारी गर्दा पनि घर टहरा नहटाएकोले बाध्य भएर डोजर प्रयोग गर्नु परेको नगरपालिकाले जनाएको छ । लहान ९ को खुट्टी खोलादेखि पूर्व र लहान गोठ टोल जाने पिच सडकदेखि पश्चिम तर्फ बैलहाट सडकदेखि पश्चिममा रहेको खुट्

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • ४,७८७ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा आंशिक निषेधाज्ञा, सवारी साधनमा जोर विजोर प्रणाली लागु

    सिरहा । कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा सिरहामा पनि आंशिक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकले वैशाख २३ गते बिहान ६ बजेदेखि सिरहा जिल्लाभरि आंशिक निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जसअनुसार विहिबारदेखि जोर विजोर प्रणाली लागु गरिएको जिल्ला प्रसाशन कार्यालय सिरहाले जनाएको छ । वैशाख २३ गतेदेखि भाडाका यात्रुबाहक बाहेक तथा परिचयपत्रधारी कर्मचारीबाहेकको निजी सवारी साधन गते अनुसार जोर–बिजोरमा मात्र चल्ने निर्णय गरेको छ । यस्तै खाद्यान्न, फलफूल र तरकारी पसल बिहान ६ बजे अपराह्न ५ बजेसम्म मात्र सञ्चालन हुने निर्णय गरेको छ । अत

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • १,७२३ पटक पढिएको
    • समृद्धिपथ
  • थप ५५ जनाको मृत्यु, ७६६० जनामा कोरोना संक्रमण पुष्टि

    बैशाख २१, काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १३१ जनाको परीक्षण गर्दा ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ५७१ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • ५३५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A