राष्ट्रिय

    Showing २६१-२७० of १,०९४ items.
  • लक्ष्मीपुर पतारी गाउँपालिकामा सि.अ.हे.व./सि.अ.न.मी. संघर्ष समिति गठन

    फिरोज सिद्दिकी  लहान, ६ गते फागुन । मधेश प्रदेश सरकारले पारित गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को व्यवस्थाले वृति विकासमा रोक लाग्ने भन्दै लक्ष्मीपुर पतारी गाउँपालिकाका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्।   नेपाल स्वास्थ्य सेवा नियमावली, २०५३ बमोजिम सहायक चौथो तहमा अ.हे.व. पदमा नियुक्ति हुँदा अनिवार्य २ तह स्तरवृद्धिको व्यवस्था भए पनि नयाँ ऐनले उक्त सुविधा कटौती गरेको आरोप लगाउँदै स्वास्थ्यकर्मीहरूले दबाबमूलक लोकतान्त्रिक संघर्ष गर्ने निर्णय गरेका छन्।   गाउँपालिका स्तरीय सि.अ.हे.व./सि.अ.न.मी. संघर्ष समिति गठन गर्दै आन्दोलनको तयारी थालिएको छ। हरिन

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • ९१४ पटक पढिएको
    • समृद्धिपथ
  • ‘जिम्मेबार पत्रकारिता आजको आवश्यक्ता’

    जीवछ उदासी लहान ५ गते । समाजका विभिन्न क्षेत्रको सत्यतथ्य बाहिर ल्याउन जिम्मेबार पत्रकारिता आवश्यक रहेको सरोकारवालाहरुले आफ्नो धारणा व्यक्त गरेका छन् । फागुन ७ गते ६४ औं वर्षमा प्रवेश गर्ने अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले देश्व्यापी रुपमा मनाउने लागेको वार्षिकोत्सव कार्यक्रम अन्र्तगत सिरहाको लहानमा आयोजित कार्यक्रममा यस्तो धारणा व्यक्त गरेका हुन । कार्यक्रमको प्रमुख अतिथिको रुपमा मधेश प्रदेशसभा सदस्य राजकुमार गुप्ताले समाचारको विश्वसनीयताको लागि पत्रकारिता क्षेत्रलाई जिम्मेबार बन्न आवश्यक रहेको समयमा राष्ट्रिय समाचार समिति सिरहाले जिम्मेबार पत्रकारिता र राससको भूमिका विषयक अन्तरक्रि

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • ४१५ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा फुटपाथ खाली गराउने अभयिानमा भेदभाव भएको गुनासो

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाले नगरभित्रको फुटपाथ खाली गराउँदै आएको प्रयास स्वागत योग्य मानिएको छ। तर, यस कार्यमा काखा पाखा गरिएको भन्दै स्थानीय व्यापारी र नगरवासीले आक्रोश व्यक्त गरेका छन्। लहान–५ स्थित राधाकृष्ण चौकमा बिच सडकमै ठेला र टहरा राखेर व्यापार भइरहे पनि नगर प्रहरीले यसतर्फ ध्यान नदिएको स्थानीयको आरोप छ। यस्ता अव्यवस्थित व्यवसायहरूले पैदल यात्रीलाई समस्या मात्रै नभएर सवारी दुर्घटनाको जोखिम समेत बढाएको छ। त्यहाँ कुनै सडक दुर्घटना भएमा जिम्मेवारी कसले लिने भन्ने प्रश्न समेत उठ्न थालेको छ। सटर भाडामा लिएर व्यवस्थित रूपमा व्यापार गर्दै आएका व्यापारीहरूले फुटपाथ र सडकमा भ

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • १,२१२ पटक पढिएको
    • समृद्धिपथ
  • महाकुम्भमा जानका लागि नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड, १८ जनाको मृत्यु

    नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र ५ बालबालिका रहेका छन्। तीमध्ये ९ जना बिहारका, ८ जना दिल्लीका र १ जना हरियाणाका छन्। आइतबार बिहान भागदौडको घटना १३ र १४ नम्बर प्लेटफर्ममा भएको हो। हजारौँ भक्तजनहरू प्रयागराज महाकुम्भमा जानका लागि रेल चढ्न जम्मा भएको बेला भीडभाडको कारण दुर्घटना भएको जनाइएको छ। घटनाको जानकारी पाउनेबित्तिकै दिल्ली फायर सर्भिसले ४ फायर इन्जिनहरू तुरुन्तै पठाएको थियो। साथै, घटनास्थलमा एम्बुलेन्सहरूले घाइतेहरूको उद्धार गरिरहेका छन्। घाइतेहरूलाई लेडी हार्डिङ्ग अस्पतालमा भर्ना गरिएको

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ३७३ पटक पढिएको
    • समृद्धिपथ
  • अवसर पाए युवा पुस्ताले समाज परिवर्तन गर्न सक्छ : अध्यक्ष सिद्दिकी

    नेपालमा सामाजिक कार्य, युवाको भूमिका र मुस्लिम समुदायको उत्थानका लागि सक्रिय संस्था युथ मुस्लिम वेलफेयर सोसाइटी नेपाल, लहानका अध्यक्ष इसराइल सिद्दिकी समाजसेवामा लामो समयदेखि समर्पित नाम हो। संगठनका गतिविधि, समाजसेवा, शिक्षा, स्वास्थ्य, युवा विकास, सामाजिक सद्भाव र भविष्यका योजनाहरू लगायत उहाँसँग हामीले समसामयिक विषयमा विस्तृत कुराकानी गरेका छौं। प्रस्तुत छ त्यसको केही अंशः ० तपाईं समाजसेवामा संलग्न हुन किन चाहनु भयो, यसको प्रेरणा के थियो? — समाजसेवा मेरो रहर मात्रै होइन, मेरो जिम्मेवारी पनि हो। हाम्रो समाजमा शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक न्याय जस्ता क्षेत्रमा अझै धेरै सुधार आवश्यक

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • १,४९८ पटक पढिएको
    • समृद्धिपथ
  • सबै कम्युनिष्टहरू एमालेमा एकीकृत हुन उपमहासचिव प्रदीप ज्ञवालीको आह्वान

    फिरोज सिद्दिकी  सिरहा । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देशको स्थायित्व र समृद्धिको लागि सम्पूर्ण कम्युनिष्ट नेता तथा कार्यकर्ताहरूलाई एमालेमा एकीकृत हुन आह्वान गरेका छन्।  बुधबार नेकपा एमाले जिल्ला कमिटी सिराहाद्वारा आयोजित वडा केन्द्रित ३ महिने अभियान अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले विभाजनले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको बताएका हुन्। ज्ञवालीले राजनीतिक असमझदारीलाई पछाडि पारेर एकताबद्ध शक्ति निर्माण गर्न आग्रह गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकताको मार्ग रोज्नुपर्नेमा जोड दिए। "देशलाई समाजवादको मार्गमा लैजाने उद्देश्य प्राप्तिका

    • प्रकाशित मितिः फागुन १, २०८१
    • ५७७ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा गाउँ ब्लक जग्गा फुकुवा आन्दोलन स्थगित

    लहान । विगत केही दिनदेखि लहान नगरपालिकामा जारी गाउँ ब्लक जग्गा फुकुवा आन्दोलन ४ बुँदे सहमति भएपछि स्थगित भएको छ। लहान नगरपालिकामा मेयर महेश चौधरीको अध्यक्षतामा बसेको बैठकले संघर्ष समिति र स्थानीय प्रशासनबीच सहमति गरेपछि आन्दोलन अन्त्य भएको हो।   सहमति अनुसार, नापी कार्यालयले बुझाएको सेस्रतालाई वडा नम्बर २४ बाट सुरु गर्दै क्रमशः अध्यावधिक गरिनेछ। अध्यावधिक गर्न आवश्यक जनशक्ति र सामग्री नगरपालिकाले उपलब्ध गराउनेछ भने बाँकी जग्गाको नापी गर्न विभागलाई पत्राचार गरिने सहमति भएको छ।   बैठकमा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, उपमेयर रामचलितर महतो, मालपोत कार्यालय प्रमुख डमरु प

    • प्रकाशित मितिः फागुन १, २०८१
    • ४४० पटक पढिएको
    • समृद्धिपथ
  • एकताको सन्देस दिएर मनाइयो जनयुद्ध दिवस लहानमा

      जीवछ उदासी  लहान,फागुन १ गते  नेकपा माओवादी केन्द्र लहानले पार्टीमा एकता कायम गरेर जाने सन्देस दिएको छ ।  विगत वर्षमा दुई ठाउँमा मानाउँदै आएको जनयुद्ध दिवस यस वर्ष ३० औ जनयुद्ध दिवस एकै ठाउँमा मनाएर यो सन्देस दिएको हो ।  लहान नगरपालिकाको २४ वटै वडाका नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरु पशुपति माविको खेल मैदानमा सयौको संख्यामा भेला भएर बजार परिक्रमा गरी कोण सभागरी सम्पन्न भएको थियो ।  कोणसभालाई नेकपा माओवादीका नेताहरु क्रमश: केस सुनिता सिंह ,जिकस तथा हान -२० का वडाध्यक्ष गणेश थारु, जिकस विजय गुप्ता र लहान नगर अध्यक्ष हेमन्त कुमार यादव, भगवानपुर गापा

    • प्रकाशित मितिः फागुन १, २०८१
    • ४७७ पटक पढिएको
    • समृद्धिपथ
  • भायानेट बने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक

    काठमाडौं । फाल्गुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक इन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायानेट’ बनेको छ। मंगलबार आयोजित एक कार्यक्रमका बीच भायानेट र प्रतियोगिताको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा.लि. बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। भायानेटले नेपाली फुटबलको विकासमा योगदान पुर्याउने उद्देश्यले यस प्रायोजनको घोषणा गरेको छ। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमारका राष्ट्रिय महिला फुटबल टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष

    • प्रकाशित मितिः फागुन १, २०८१
    • ४६८ पटक पढिएको
    • समृद्धिपथ
  • दलित भएकै कारण कृष्णकुमार राम पूजामा सहभागी हुनबाट वञ्चित

    जीवछ उदासी लहान,माघ ३० गते लहान नगरपालिका –१४ मा रहेको श्री बस्तीपुर माध्यमिक विद्यालय बस्तीपुरका कक्षा ९ मा अध्धयनरात कृष्ण कुमार राम सरस्तवती पूजामा बस्न नपाएको पिडा पोखेकोछ । गएको माघ २१ गते सम्पन्न सरस्वती पूजामा आफू पूजामा बस्नको लागि गएको समयमा कक्षा ९ का शिवरण कुमारी साहलाई बसाएर आफूलाई बस्न नदिएको कृष्ण कुमार रामले विद्यालयमा यसै विषयमा समाचार सङकलन गर्न पुगेका सञ्चारकर्मीहरुलाई बताएको छ । सामजिक सञ्जालमा दलित भएकै कारणले सरस्वती पूजामा बस्न नपाएको विषय सार्वजानिक भएपछि सञ्चारकर्मीहरु विद्यालय पुगेको थियो । हरेक वर्ष कक्षा ९ मा पढ्ने प्रथम विधार्थी नै उपवास बसेर सरस्वती पूजामा

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • ९३७ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A