फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका किसानहरूले नगरपालिकाको किसानमारा क्रियाकलापविरुद्ध शुक्रबार सिरहाको लहानमा व्यापक विरोध र्याली निकालेका छन्। र्याली शहिद चौकबाट सुरु भई लहान बजार परिक्रमा गरी लहान नगरपालिकाको गेट अगाडि पुगेर समापन गरिएको थियो। अखिल नेपाल किसान महासंघ, लहान नगर कमिटीको आयोजनामा भएको उक्त र्यालीमा सहभागी किसानहरूले लहान नगरपालिकाका मेयर महेश चौधरीविरुद्ध नारा लगाउँदै, आफ्नो माग पूरा नगरे अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। किसानहरू नगरपालिकाको केही योजनाहरूले कृषि क्षेत्रलाई असर पारिरहेको आरोप लगाउँदै आक्रोशित बनेका छन्। उनीहरूले प्रमुखतया खुट्टी नह
जीवछ उदासी लहान,असोज १७ गते । मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखी लहानको बलान नदी कटान क्षेत्रमा पुगेर स्थलगत निरिक्षण गर्नु भएको छ । लहान-४ सुन्दरपुर र इस्लामपुर र लहान-२३ तिलेबोना पुगेर कटानबाट पीडित भएकाहरुलाई उपलब्ध स्रोत साधनबाट सक्दो सहयोगस्वरुप राहत दिइने मन्त्री लेखीले विश्वास दिलाउनुभयो । लहान-४ सुन्दरपुर र इस्लामपुरमा केहि वर्ष अघि बसेको दलित विपन्नहरुको बस्तीमा गत वर्षदेखि तटबन्ध कटान गरेर वस्तीमा बाढी प्रवेश गरिरहेको जोखिमताले उठिवासको अवस्था आएको छ । लहान-२३ मा बलान नदीलेगरिरहेको कटानले यस वर्ष आँपको वगैंचा सहित उर्वरभूमि पाँ
फिरोज सिद्दिकी लहान । लायन्स क्लब अफ लहान फुलबारीद्वारा आयोजित “साउण्ड सिस्टम वितरण कार्यक्रम“ लहान-१० स्थित श्री जनता मावि, वैरिया गुदिगाउँमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम पुष्पा-हरिकिशन सारडा, लहान-७ को सौजन्यमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लायन शंकर प्रसाद गुप्ताले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा क्लबका चार्टर प्रेसिडेन्ट लायन राकेश झा रहनुभएको थियो। कार्यक्रममा क्लबका द्वितीय उपाध्यक्ष लायन श्यामसुन्दर साह, तृतीय उपाध्यक्ष लायन मनिष सारडा, महासचिव दिपेन्द्र साह, कोषाध्यक्ष शिवदयाल महतो लगायत डा. रितेश गिरी, डा. बिनय कुमार यादव, डा. मिथ
फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरीलाई नेकपा एमाले लहान नगर कमिटीले ज्ञापनपत्र बुझाउँदै मेयरको जनविरोधी, अनैतिक र विकास विरोधी क्रियाकलाप तत्काल रोक्न चेतावनी दिएको छ। एमाले लहान नगर अध्यक्ष राजकुमार साहको नेतृत्वमा मंगलबार बुझाइएको ज्ञापनपत्रमा ३० दिनभित्र जनहितका माग सम्बोधन गर्न अल्टिमेटम दिइएको हो। ज्ञापनपत्रमा नगरपालिका प्रमुखले जनताको सेवा गर्नेभन्दा शासकजस्तो व्यवहार गर्दै स्थानीय विकासका कार्यमा बाधा पुर्याएको आरोप लगाइएको छ। ज्ञापनपत्रमा मेयरले पूर्वमेयरको पालामा सुरु भएका योजनाहरुलाई रोकेको, सम्पन्न भएका काममा कमिशन लिएर भुक्तानी दिने, झूठो ऋणको भ्र
फिरोज सिद्दिकी लहान । दलित जनकल्याण युवा क्लब लहानको १८औं वार्षिक सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । सोमबार लहान स्थित मारवाडी सेवा सदनको हलमा भएको १८औं बार्षिक सामाजिक लेखाजोखा कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक विनोदकुमार विसुनकेले संस्थाको परिवेश अवधारणा, सँस्थाको परिकल्पना, मुख्य रणनीतीहरु, संस्थाका कार्यक्षेत्र, संस्थाले लक्षित वर्गमा गरेको काम र मुल्य, मान्यता लगायतका बारेमा जानकारी गराउँदै संस्थाले विभिन्न साझेदारी संस्थाहरुसंग गरेका कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । दलित जनकल्याण युवा क्लबले स्थानीय अधिकार कार्यक्रम, विकन परियोजना र हरवा चरवा सशक्तिकरण कार्
काठमाडौं । बाढीपहिरोबाट प्रभावित भएका घरबास गुमाएका व्यक्तिहरूको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय सर्वदलीय बैठकले गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आइतबार बसेको बैठकले विपद्मा परेकाहरूको उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिने सहमति गरेको हो। बैठकले शहरी विकास मन्त्रालय र राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद् व्यवस्थापन प्राधिकरणबीच समन्वय गरी प्रभावितलाई उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। अविरल वर्षासँगै आएको बाढी र पहिरोले हालसम्म १५१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५६ जना अझै हराइरहेका छन्। बाढीका कारण भएको
अविरल वर्षाका कारण १४८ जनाको मृत्यु, बेपत्ताहरूको खोजी जारी काठमाडौं । अविरल वर्षाले देशभरि बाढी, पहिरो र डुबानका घटनामा परेर मृत्यु हुनेको संख्या १४८ जना पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १४८ पुगेको हो, जसमा अधिकांश शनिबारको बाढी–पहिरो र डुबानका कारण ज्यान गुमाएका छन्। धादिङ जिल्लाको धुनिबेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा मात्रै ३५ जनाको मृत्यु भएको छ। यसैगरी, काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी ४८ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बाढी, पहिरो र डुबानका कारण ५५ जना अझै बेपत्ता छन् र खोजी कार्यलाई
काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाण्डौं उपत्यकामा ६८, बागम्ती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ । त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् भने सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट ३ हजार ६२६ जनाको सकुशल उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ । नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको १९३ जनाको सकुशल गरिएको छ । नेपाली सेनाको टोली बढी जोखि
राजकुमार साहखुट्टि सिँचाइ नहरको निर्माण र यसको इतिहास लहान नगरको विकास र कृषिमा महत्वपूणर् योगदान पुर्याउने एउटा मुख्य परियोजनाको रूपमा चिनिन्छ। यसको सुरुवात २००६/००७ सालमा भएको थियो, चन्द्र शमशेरका पालामा, तर बाढीले हेडबक्स भत्किएको कारणले गर्दा यो परियोजना लामो समयसम्म रोकियो। यो घटना त्यसबेला खुट्टि सिँचाइ नहरलाई धेरैले सुख्खा नदि वा निरर्थक मान्दथे, तर केही दृष्टिवान् व्यक्तिहरूले यसलाई पुनःसञ्चालन गर्न सकिने सम्भावना देखे। यो लेख खुट्टि सिँचाइ नहरको ऐतिहासिक पृष्ठभूमि, यसका समस्याहरू, पुनर्निर्माण प्रयासहरू, राजनीतिक संघर्ष र वर्तमान चुनौतीहरूमा आधारित छ। नहरको विकास प्रक्रिया कस्ता
जीवछ उदासी लहान, असोज १३ गते । लहान नगरपालिकाको चार वटा सामुदायिक विद्यालयहरुमा विद्यालयमा स्वच्छता सम्बन्धी व्यवहार परिवर्तन कार्यक्रम सुरु भएको छ । यस वर्ष श्री जनता माध्यमिक विद्यालय बैरिया गुदीगाउँ लहान -१० श्री जनता माध्यमिक विद्यालय पिडरबोनी लहन -११श्री आधारभूत त विद्यालय कल्याणदह लहान -२२ र श्री जनता आधारभूत विद्यालय लहान मटियर्वा लहान-१ मा सुरु भएको सामाजिक परिवर्तन कर्ता राजकुमारी पासवानले जसनकारी दिनुभयो । यहि कार्यक्रम आठ वटा सामुदायिक विद्यालयहरुमा सम्पन्न भैसकेको छ । यस वर्ष ४३ जना शिक्षक शिक्षिकाहरुलाई तीन दिइने तालिम दिएर छ महिनामा विद्यालयक
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A