काठमाडौं । आत्मदाहको प्रयासपछि निधन भएका गणेश नेपालीको घटनाले देशभर राजनीतिक, सामाजिक र मनोवैज्ञानिक बहसलाई तीव्र बनाएको छ। संसददेखि सडकसम्म न्यायको माग उठिरहेका बेला सरकारको भूमिकामाथि प्रश्नसमेत उठ्न थालेका छन्। प्रतिनिधिसभा बैठकमा नेकपाका सांसद वर्षमान पुनले प्रधानमन्त्रीको विगतको अभिव्यक्ति उद्धृत गर्दै बिहीबार भएको घटनाप्रति सरकारको आधिकारिक धारणा स्पष्ट पार्न माग गरे। उनले विगतमा राज्यका कारण नागरिक आत्मदाह गर्न बाध्य भएको विषयमा प्रधानमन्त्रीले व्यक्त गरेका धारणा स्मरण गराउँदै अहिलेको घटनामा सरकारको जवाफदेहिता कहाँ छ भन्ने प्रश्न उठाए। यता, काठमाडौंको माइतीघर मण्डलामा गणेश नेपालीको मृ
काठमाडौं। आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै उनका आफन्त, साथीभाइ तथा समर्थकहरूले शनिबार काठमाडौंस्थित वीर अस्पतालअगाडिको सडकमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले विभिन्न नाराबाजी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। विरोध कार्यक्रममा मुगुका पूर्व दलित सभासदहरूका साथै चलचित्र निर्देशक मिनभान बाम समेत सहभागी भएका थिए। उनीहरूले घटनाको निष्पक्ष अनुसन्ध
लहानमा शौचालय निर्माणको लागि सडक नाटक जीवछ उदासी लहान,असार २७ गते लहान नगरपालिकामा शौचालय निर्माणको लागि सडक नाटक गरेर जनचेतना फैलाउने कार्य सुरु गरेको छ । लहान नगरपालिका २०७४ सालमा नै खुला दिसामुक्त घोषणा। भएपनि अहिले चार हजार २०१ घरमा शौचालय नरहेकोले पुन: खुला दिसामुक्त नगरपालिका घोषणा गर्न लहान नगरपालिका र वाटरएड अन्तर्गतको चिकन परियोजना र दलित जनकल्याण शौचालय निर्माणको लागि विभिन्न रणनीतिक योजना अन्तर्गत दलित विपन्न समुदायमा शौचालय निर्माण र स्वच्छता सम्बन्धी जन जागरणको लागि सडक नाटकलाई समेत प्रथमिकता दिइएको छ । विकन परियोजनाका प्रमेश्वर झा र राजेश लोहनीक
फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायले आज ईद–उल–अजहा (बकर ईद) पर्व हर्षोल्लास र धार्मिक उत्साहका साथ मनाइरहेका छन्। इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो र अत्यन्त पवित्र पर्वका रूपमा मानिने यो दिनमा देशभरका मस्जिद तथा इदगाहहरूमा विशेष नमाज अदा गरिएको हो। हिजरी संवत् अनुसार जिल–हिज्जा महिनाको १० तारिखमा मनाइने यो पर्वलाई धार्मिक रूपमा बलिदान, समर्पण र आस्थाको प्रतीकका रूपमा लिइन्छ। बिहानैदेखि मुस्लिम समुदायका श्रद्धालुहरू सामूहिक रूपमा मस्जिद र इदगाहमा भेला भई विशेष ईद नमाज पढेका थिए र एक–अर्कालाई “ईद मुबारक” भन्दै शुभकामना आदान–प्रदान
जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर्नुपर्ने सम्झौता गरेर लिएको ठेक्का चार वर्ष भैसक्दा पनि वीस प्रतिशत भन्दा बढी काम गर्न नसकको पाँच वटा ठेकका सम्झौता रद्द गरिएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ । यस्तो पाँचवटा ठेक्का सम्झौता अन्तय गर्दा आठ करोड करोड ४९ लाख ९६हजार ७०० रकम कार्य सम्पादन जमानत रकम असुल हुने सडक डिभिजन कार्यालय लहानका सूचना अधिकारी इन्जिनियर शिव नारायण प्रसाद साहले जानकारी गराउनुभयो । उहाँको अनुसार साह इन्जिनियरिङग निर्माण प्राइभेट लिमिटेड शम्भुनाथ सप्तरीले तीनवटा ठेक्कहरु क्रमशः दुई लेन सडक ,फुटपाथ सडक सुरक्षा राजविराज हनुमाननगर भारदहसडक सुरक्षा ठेक्का अ
जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय शासकीय सुधार महाशाखा प्रमुख सहसचिव डा. भीष्म कुमार भुषालले सुशासनको प्रत्याभूति दिलाउन राष्ट्रिय सतर्कता केन्द्रको भूमिका फराकिलो भइरहेको बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले गएको मङगलवार आयोजना गरिएको शासकीय सुधार सम्वाद कार्यक्रमलाई सिरहाको सदरमुकाम सिरहामा एक कार्यक्रममा जिल्लाका कार्यालय प्रमुखहरुको सहभागितामा सम्पन्न कार्यक्रममा यस्तो बताउनु भएको हो । सरकारको पहिलो कार्य नै सुशासनको प्रत्याभूति दिनु रहेकोले पदीय जिम्मेवारीमा रहेका राष्ट्रिय सेवक कर्मचारीहरुले अनियमितता र भ्रष्टाचार हुन नदिन शुन्य सहनशिलताको
फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन्धनको मूल्यमा भएको अप्रत्याशित तथा अत्यधिक वृद्धि नियन्त्रण गर्न सरकार उदासीन रहेको भन्दै नेपाल निर्माण व्यवसायी सङ्घ लहानले बिहीबार सडक डिभिजन कार्यालय लहानमा धर्ना कार्यक्रम गरेको छ। निर्माण व्यवसायीहरूले बढ्दो मूल्यवृद्धिका कारण निर्माण कार्य सञ्चालन गर्न कठिन भएको भन्दै सरकारले तत्काल समस्या समाधान नगरेसम्म निर्माण कार्य यथावत राख्ने चेतावनी दिएको हो। सङ्घका पदाधिकारीहरूले सडक डिभिजन कार्यालय लहानमार्फत संघीय सरकारसम्म आफ्ना मागहरू पुर्याउन आग्रह गर्दै निर्माण क्षेत्रलाई सहज रूपमा सञ्चालन गर्न वातावरण तयार गर्नुपर्ने बताएका छन्।
फिरोज सिद्दिकी सिरहा, वैशाख २४ गते । सिरहामा सरकारी तथा सार्वजनिक जग्गा संरक्षण, अतिक्रमण नियन्त्रण, विपद् व्यवस्थापन तथा जिल्लाको समग्र शान्ति सुरक्षासहित विविध विषयमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बिहीबार जिल्ला प्रशासन कार्यालयमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकमा जिल्लाका १७ वटै स्थानीय तहका नगर प्रमुख, गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थिति रहेको थियो। बैठकले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण हटाउने विषयलाई विशेष प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १२ गतेको बैठकबाट स्वीकृत शा
फिरोज सिद्दिकी लहान, वैशाख २२ गते हो। लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले सरकारद्वारा विद्यार्थी संगठन तथा कर्मचारी संगठन खारेज गर्ने निर्णयलाई स्वागतयोग्य बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले उक्त निर्णयले शिक्षा र सेवा क्षेत्र सुधारतर्फ सकारात्मक संकेत दिएको उल्लेख गरेका हुन्। उपमेयर महतोले विद्यार्थीको मूल दायित्व शिक्षा आर्जन गर्नु र कर्मचारीको प्रमुख काम जनतालाई सेवा दिनु रहेको स्पष्ट पार्दै पछिल्लो समय यी दुवै क्षेत्र अत्यधिक राजनीतीकरणका कारण प्रभावित भएको टिप्पणी गरेका छन्। उनका अनुसार विद्यार्थी र कर्मचारी दुवै समूह राजनीतिक गतिविधिमा बढ
फिरोज सिद्दिकी लहान, वैशाख २१ गते । सिराहा जिल्लाको लहानस्थित रामकुमार उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा सिटी स्क्यान (CT Scan) सेवा औपचारिक रूपमा सुरु भएको छ। अस्पताल व्यवस्थापन समिति अध्यक्ष रामनारायण मेहता र अस्पताल प्रमुख डा. रञ्जित कुमार झाद्वारा आयोजित एक कार्यक्रममा उक्त सेवा उद्घाटन गरिएको हो। यो सेवा सञ्चालनसँगै अब सिराहा, सप्तरी र उदयपुर लगायतका जिल्लाबाट उपचारका लागि आउने बिरामीहरूलाई बाहिरी अस्पतालमा रेफर गर्नु पर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ। यसअघि सिटी स्क्यान अभावका कारण सामान्यदेखि जटिल अवस्थाका बिरामीहरूलाई विराटनगर, जनकपुर वा काठमाडौंसम्म पठाउनुपर्ने अव
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A