राष्ट्रिय

    Showing ७४१-७५० of १,०९५ items.
  • सिरहा-१ मा एमालेका यादवको अग्रता

    सिरहा, ६ मंसिर । सिरहाको निर्बाचन क्षेत्र १ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार रामशंकर यादवले अग्रता लिनुभएको छ । उहाँले १२०२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पद्म नारायण चौधरीले १२०० मतका साथ पछयाई रहनुभएको छ । त्यसैगरी जनमत पार्टीका उम्मेदवार युगल किशोर साहले २२३ मत पाउनुभएको छ । अहिलेसम्म लहान नगरपालिकाको वडा नम्बर ६, ७ र १० को मतगणना भएको छ ।

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • ३८० पटक पढिएको
    • समृद्धिपथ
  • मोरङ ६ मा शेखरको अग्रता, लालबाबु पछाडि

    सिरहा, ५ मंसिर । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले ४७८ मतसहित अग्रता कायम गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका लालबाबु पण्डितले ३६१ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका यादव कुमार प्रधान १२४ मत प्राप्त गर्दा र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल क्षेत्रीले ७७ मत प्राप्त गरेका छन् । यसअघि २०७४ सालमा यस क्षेत्रबाट शेखरलाई हराउँदै लालबाबु निर्वाचित भएका थिए ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • २२३ पटक पढिएको
    • समृद्धिपथ
  • सुरुवाती रुझानमा एमाले पहिलो, कांग्रेस दोसो र रास्वपा तेस्रो

    सिरहा, ५ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रारम्भिक नतिजाले माओवादी केन्द्र र एकीकृत समाजवादी पछाडि परेको देखिएको छ । हालसम्म मतगणना भइरहेको निर्वाचन क्षेत्रमध्ये दुई पार्टीले कुनै पनि क्षेत्रमा अग्रता लिएका छैनन् । हालसम्मको तथ्यांकअनुसार एमालेले आठ ठाउँमा, कांग्रेस चार स्थानमा अग्रता एकमा विजयी, राष्ट्रिय स्वतन्त्र पार्टी चार ठाउँमा अग्रता, राप्रपा दुई र जनमत पार्टी एक ठाउँमा अगाडि छ । अधिकांश क्षेत्रमा माओवादी र एकीकृत समाजवादी चौथो र पाँचौँ स्थानमा छन् ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • २६९ पटक पढिएको
    • समृद्धिपथ
  • मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी

    मुस्ताङ्ग, ५ मंसिर । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । निवर्तमान सांसद नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले गौचनले तीन हजार नौ सय ९२ र एमालेका तुलाचनले तीन हजार ७८ मत प्राप्त गरेका जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का प्रवीणकुमार शेरचनले १३ मत प्राप्त गर्नुभएको छ । आइतबार भएको चुनावमा मुस्ताङमा १० हजार नौ सय ५७ मतदातामध्य

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • २५१ पटक पढिएको
    • समृद्धिपथ
  • प्रतिनिधी र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सम्पन्न

    एलिना हिङ्गंमाङ्ग चौधरी, लहान, १ मंसिर । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मधेश प्रदेशका ६ पालिका र प्रदेश नं. १ को उदयपुर जिल्लाको दुई वटा नगरपालिकामा मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा खसेको मतहरु वदर नहोस भन्ने उदेश्यले आई एफ एस नेपालको सहयोगमा समग्र विकास सेवा केन्द्रको आयोजनामा सिरहाको लहान र कर्जन्हा नगरपालिका, सप्तरीको सुरुङ्गा र शम्भुनाथ नगरपालिका, धनुषाको जनकपुर उपमाहानगरपालिका र धनुषाधाम नगरपालिकामा मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम गरिएको छ । त्यस्तै प्रदेश १

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • ६५२ पटक पढिएको
    • समृद्धिपथ
  • बहुविवाहमा संलग्न रहेको भन्दै गृहमन्त्री खाणविरुद्ध रुपन्देही निर्वाचन अधिकृतको कार्यालय उजुरी

    भैरहवा, १ मंसिर । गृहमन्त्री बालकृष्ण खाणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । रुपन्देही-३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खाणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन् । उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो । खाण पाँच दलीय गठबन्धनबाट उम्मेदवार छन् । यसअघि निर्वाचन आयोगमा दर्ता गर्न खाेज्दा सम्बन्धित क्षेत्रमा उजुरी दर्ता गर्न भनेपछि रुपन्देहीमा आएर दर्ता गरेकाे अधिवक्ता बरालले बताइन् । उनले भनिन्, ‘

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • ३३५ पटक पढिएको
    • समृद्धिपथ
  • निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्ने केपी शर्मा ओलीको दाबी

    इनरुवा, ३० कात्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्ने दाबी गर्नु भएको छ । लोकतन्त्रलाई संस्थागत गर्न र स्थिर सरकार गठनका लागि एमालेलाई बहुमतका साथ मतदाताले जिताउने र आफ्नो नेतृत्वमा सरकार बन्ने बताउनु भएको हो । सुनसरीको कोसी गाउँपालिका-१, स्थित लौहकीमा एमाले र जसपाको संयुक्त चुनावी आमसभालाई बुधबार सम्बोधन गर्दै उहाँले देश विकासको मिसन र भिजन एमालेसँग मात्र भएको बताउनु भयो । देशको विकास गर्ने स्पष्ट खाका एमालेसँग रहेकाले मतदाताहरूले एमालेलाई जिताउने अध्यक्ष ओलीको भनाइ रहेको छ । ’देशको उत्तरी र दक्षिणी दुवै छिमेकी मुल

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • ३१४ पटक पढिएको
    • समृद्धिपथ
  • लोसपाका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेद्वारी खारेज

    काठमाडौं, ३० कार्तिक । निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । मेहताको उम्मेद्वारी स्वतः बदर हुने निणर्य आयोगले गरेसँगै उनको उम्मेदवारी खारेज भएको हो । आयोगले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकोले निजको उम्मेदवारी प्रदेश सभा सदस्य पदका लागि अयोग्य ठहर गरेको हो । मेहताले उम्मेदवारी मनोनयनको क्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा स

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • २८५ पटक पढिएको
    • समृद्धिपथ
  • अब प्रत्येक दिन उम्मेदवारले गरेको खर्चको विवरण प्रहरीले पठाउने

    काठमाडौं, २८ कात्तिक  नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अबदेखि दैनिक रुपमा उम्मेदवारले निर्वाचनको प्रचारप्रसारका क्रममा गर्ने खर्चको विवरण निर्वाचन आयोगलाई पठाउन्ु पर्ने भएको छ ।  केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्व बसेको बैठकले उक्त निर्णय गरेको हो ।  मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा आचारसंहितालाई कडाईका साथ लागू गर्न उक्त निर्णय गरिएको हो ।    बैठकले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको पालना तथा सो सम्बन्धमा गरेका सबै क्रियाकलापहरु र निर्वाचनमा ख

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • ३३४ पटक पढिएको
    • समृद्धिपथ
  • विकासका पक्षमा मतदान गर्ने मतदाताको भनाई

    फिरोज सिद्दिकी, सिरहा । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सिरहाका ४ वटै निर्वाचन क्षेत्रका मतदाताहरु अधिकार भन्दा पनि विकासको पक्षमा रहेकोले सर्वपक्षिय इमान्दार विकास प्रेमी उम्मेदवारलाई मतदान गर्ने बताउन थालेका छन् । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि घरदैलो, चुनावी सभा, गोष्ठी, मतदातासंग प्रत्यक्ष भेटघाटमा व्यस्त रहेका उम्मेदवारहरुको चरित्र नियालिरहेको स्थानीय मतदाताहरु भन्न थालेका छन् । दलका नेता तथा कार्यकर्ताले पनि आ-आफ्ना पार्टीका घोषणापत्र लिएर घर घरमा गई आ-आफ्ना विकसका एजेन्डासहित भोट माग्नमा व्यस्त देखिन्छ । उनीहरुले विकासका मुद्दालाई पहिलो प्राथमिकताम

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • ३४४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A