राष्ट्रिय

    Showing ७९१-८०० of १,०९५ items.
  • सिरहाका मेयर यादव आफैं झारु लिएर सफाई गर्न निस्केपछि

      जीवछ उदासी  लहान,जेठ १४ गते ।  सिरहा नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएको केहि दिनपछि डा नविन यादव आफै झारु लिएर सरसफाईको लागि निस्कनु भएको छ ।  सुन्दर विकसित सिरहा नगरपालिका बनाउने प्रतिवद्धता गरेर मेयरमा सिरहा नगरवासीले जिताएकोले परिवर्तन र विकासको लागि सधैं अगुवाई गरिरहने उहाँले बताउनु भएको छ ।  मेयर नहुँदा सिरहा स्थित चन्द्र माध्यमिक विद्यालयलाई भौतिक र शैक्षिक परिवर्तनको लागि योगदान गरेकोले सिरहा नगरपालिकाको विकास र समृद्धिको लागि नगरवासीले सुम्पेको जिम्मेबारी पुरा गरि छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख यादवले भन्नुभयो,'शिक्षा स्वास्थ्य र कृष

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • ६२५ पटक पढिएको
    • समृद्धिपथ
  • सस्तो लोकप्रियताका लागि लहानका मेयरले दिएको भ्रामक अभिव्यक्तिप्रति नेकपा एमाले लहानको चेतावनी

    लहान । सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात लहान नगरपालिकाका नव निर्वाचित नगरप्रमुख महेशप्रसाद चौधरीले सार्वजानिक मञ्चहरुमा दिएको भ्रामक अभिव्यक्तिप्रति नेकपा एमाले लहान नगर कमिटिको ध्यान आकर्षण भएको प्रेस विज्ञप्ती मार्फत जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै नेकपा एमाले लहान नगर कमिटिका अध्यक्ष राजकुमार साहले जन्मदर्ता, विवाहदर्ता र मृत्युदर्तालगायतका व्यक्तिगत घट्ना दर्तामा स्थानीय सञ्चालन ऐन २०७४ अनुसार पहिलेदेखि नै निःशुल्क रहेकोलाई नगरप्रमुख चौधरीले निःशुल्क घोषणा गर्नु सस्तो लोकप्रियताको लागि भ्रामक अभिव्यक्ति रहेको जनाएको छ । विज्ञप्तीमा भनिएको छ- ज्यालादारीमा काम गर्ने नगर

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • ५,६८५ पटक पढिएको
    • समृद्धिपथ
  • लहानको मेयरमा कांग्रेस उपमेयरमा जसपा विजयी

    लहान । सिरहाको लहान नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका मेयर तथा जनता समाजवादी पार्टी नेपालका उपमेयर निर्वाचित भएका छन् । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा ९ वटा वडामात्र जितेका कांग्रेस यो निर्वाचनमा प्रमुखसहित बहुमत वडामा विजयी भएका हुन् । गत निर्वाचनमा ९ हजार १३८ मत ल्याएर दोस्रो स्थानमा रहेका कांग्रेस यस निर्वाचनमा महेश चौधरीले निवर्तमान प्रमुख मुनि साहलाई पराजित गरी नगर प्रमुख बनेका छन्। निवर्तमान नगर प्रमुख साहलाई ८ हजार १३९ मत अन्तरले पराजित गर्दै नगर प्रमुखमा चौधरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय लहानले जानकारी दिएको छ । नगर प्रमुखमा चौधरीले २० हजार १०५ मत ल्याए भने ए

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • ७६४ पटक पढिएको
    • समृद्धिपथ
  • धनगढीमाई नपामा नेकपा एमालेका मेयर र नेपाली काँग्रेसका उपमेयरमा निर्वाचित

    सिरहा। सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एमालेका शिवशंकर महतो मेयर र नेपाली काँग्रेसका संगीता कुमारी चौधरी उपमेयरमा निर्वाचित भएका छन्। नेकपा एमालेका जिल्ला सचिव समेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी भएका हुन्। महतो नेपाली काँग्रेसका जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई १ सय ५५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धि यादवले ६ हजार ९ सय १ मत ल्याउँदा निवर्तमान मेयर तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरिनारायण चौधरीले ४ हजार ३ सय ६९ मत प्राप्त गरेका छन्। उपमेयर संगीता कुमारी चौधरी ६ हजार ६ सय १३ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। उनका न

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • ५८७ पटक पढिएको
    • समृद्धिपथ
  • भगवानपुर गाउँपालिकामा एमालेको शानदार जीत

    जीवछ उदासी  लहान जेठ ६ गते ।  सिरहाको भगवानपुरमा नेकपा एमालेले शानदार रुपमा जीत निकाल्न सफल भएको छ ।‌ जनता समाजवादी पार्टीलाई पछि पार्दै एमाले जितेको हो ।  एमालेका अध्यक्ष पदको उम्मेदबार उग्र नारायण यादव उपाध्यक्षमा रेखा कुमारी यादव जनता समाजवादी पार्टीका अध्यक्ष बेचन प्रसाद यादव र उपाध्यक्ष पदमा जीवछी यादवलाई पछि पार्दै जीत निकाल्नु भएको हो । भगवानपुर -१ ,२,३ र ५ नम्बरमा एमालेका मिरा देवी यादव,सुर्य नारायण यादव ,बिनोद कुमार यादव र अमरलाल यादव नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनु भएको हो । वडा नम्बर ४ मा राम कुमार यादव जित हासिल गर्नुभयो ।  २०७४ सालमा थोरै मत

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • ८९२ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहा नगरपालिका मेयर र उपमेयरमा नेकपा एमाले निर्वाचित

    सिरहा । सिरहा नगरपालिमा एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका नविन कुमार यादव मेयर र वविता कुमारी साह उपमेयरमा निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले सार्वजनिक गरेको मत परिणाम अनुसार मेयरमा उनले ११ हजार एक सय ४३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धिहरु नेपाली कांग्रेसका मधेश प्रदेश महामन्त्री उपेन्द्र कुमार यादवले ८ हजार ७ सय २० मत र जनता समाजवादी पार्टीका नगर अध्यक्ष एवम् निवर्तमान मेयर अशेश्वर प्रसाद यादवले ७ हजार सात सय ३४ मत प्राप्त गरेका छन् । उपमेयरमा निर्वाचित साहले १० हजार १ सय २६ मत प्राप्त गरेका छन्। उनी एक हजार पाँच सय ३७ मत अन्तरले विजयी भएकी हुन्। उ

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • ६३५ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सत्य नारायण यादव निर्वाचित

    सिरहा । सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सत्यनारायण यादव निर्वाचित भएका छन् भने उपाध्यक्षमा जनता समाजवादी पार्टीका गीताकुमारी सिंह विजयी भएकी छिन्। सत्य नरायणले २ हजार १ सय ५८ मत प्राप्त गरेर विजयी हुँदा, उनका निकटतम प्रतिद्वन्द्विहरु निवर्तमान अध्यक्ष तथा जसपाका उम्मेदवार जागेश्वर यादवले २ हजार १ सय १७ मत र नेपाली काँग्रेसका उम्मेदवार कुशेश्वर यादवले १ जहार ९ सय ६० मत प्राप्त गरेका छन्। त्यस्तै उपाध्यक्षमा जनता समाजवादीका सिंह २ हजार २ सय ७२ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्विहरु नेपाली काँग्रसकी चन्द्र कला कुमारी यादवले १ हजार ९ सय ६९ र नेकप

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • ९६८ पटक पढिएको
    • समृद्धिपथ
  • माओवादीका शिर्ष नेता गिरिराजमणि पोखरेलको वडामा एमाले विजयी

    महोत्तरी । नेकपा माओवादीका शिर्ष नेता गिरिराजमणि पोखरेलको वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गणेश बस्नेतलाई नेकपा एमालेका उम्मेदवार विराट विष्टले पराजित गरेका हुन् । पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका पोखरेलको वडामै माओवादी पराजित हुन पुगेको हो । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको उक्त वडामा झिनो मतले नेकपा एमाले पराजित भएको थियो । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार गणेश बस्नेतलाई १२२ मतले उछिन्दै विष्ट विजयी भएका हुन् । विष्टले एक हजार ५१५ मत पाउँदा बस्नेतले एक हजार ३९३ मत प्राप्त गरेको छ । बर्दिबास ३ नेकप

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • ५३३ पटक पढिएको
    • समृद्धिपथ
  • भगवानपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

    लहान । सिरहाको भगवानपुर गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार उग्रनारायण यादव निर्वाचित भएका छन् । उनी ४ हजार ३०२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका बेचन यादवले ३ हजार २३९ मत ल्याएका छन् । यदव २०७४ को निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै रेखाकुमारी यादव निर्वाचित भएकी छिन् । उनले ३ हजार ९६० मत ल्याएकी छिन् । उनकी निकटतम प्रतिस्पर्धी जसपाकी जिवछीदेवी यादवले ३ हजार २१० मत प्राप्त गरिन् । ५ वडा रहेको भगवानपुरमा एमालेका तर्फबाट वडा नम्बर १ मा मिरादेवी यादव, वडा नम्बर २ मा सूर्यनारायण यादव, वडा नम्बर ३ मा विनोद यादव र

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ५४८ पटक पढिएको
    • समृद्धिपथ
  • नेकपा एमालेको पक्षमा ओर्लियो मानवसागर (फोटोफिचर)

    लहान । नेकपा एमाले लहान नगर कमिटिले मंगलवार लहानमा अयोजना गरेको चुनावी र्‍यालीमा मानवसागर उर्लिएको छ । चुनावी र्‍यालीमा बृद्धाबृद्धादेखि युवा युवतीहरुको उल्लेख्य सहभागिता रहेको थियो । देशभर नेकपा एमालेको पक्षमा क्रेज बढदै गएको छ ।

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • ९९९ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A