अर्थ

    Showing १-१० of ८४ items.
  • इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिविरुद्ध निर्माण व्यवसायीको धर्ना

    फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन्धनको मूल्यमा भएको अप्रत्याशित तथा अत्यधिक वृद्धि नियन्त्रण गर्न सरकार उदासीन रहेको भन्दै नेपाल निर्माण व्यवसायी सङ्घ लहानले बिहीबार सडक डिभिजन कार्यालय लहानमा धर्ना कार्यक्रम गरेको छ। निर्माण व्यवसायीहरूले बढ्दो मूल्यवृद्धिका कारण निर्माण कार्य सञ्चालन गर्न कठिन भएको भन्दै सरकारले तत्काल समस्या समाधान नगरेसम्म निर्माण कार्य यथावत राख्ने चेतावनी दिएको हो। सङ्घका पदाधिकारीहरूले सडक डिभिजन कार्यालय लहानमार्फत संघीय सरकारसम्म आफ्ना मागहरू पुर्‍याउन आग्रह गर्दै निर्माण क्षेत्रलाई सहज रूपमा सञ्चालन गर्न वातावरण तयार गर्नुपर्ने बताएका छन्।

    • प्रकाशित मितिः जेठ १, २०८३
    • २५२ पटक पढिएको
    • समृद्धिपथ
  • मूल्य पारदर्शिता सप्ताह मनाउन उद्योग वाणिज्य संघ सिरहाको आग्रह

    फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, लहानले नेपाल सरकारको निर्णयअनुसार आजदेखि जेठ ३ गतेसम्म देशभर मनाइने “मूल्य पारदर्शिता सप्ताह” सफल बनाउन सम्पूर्ण व्यवसायी, उद्योगी तथा सेवा प्रदायकहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ। संघका महासचिव रविन्द्र कुमार श्रेष्ठ द्वारा जारी सूचनामा उद्योग, उत्पादनकर्ता, सप्लायर्स, खुद्रा तथा थोक विक्रेताहरूले आफ्ना सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची (Price List) तयार गरी ग्राहकले सजिलै देख्न सक्ने स्थानमा अनिवार्य रूपमा राख्नुपर्ने उल्लेख गरिएको छ। सूचनामा ग्राहकलाई पारदर्शी र सही जानकारी दिनु सबै व्यवसायीको दायित्व

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १५६ पटक पढिएको
    • समृद्धिपथ
  • प्राकृतिक विपत्तिको दोहोरो मारमा किसान: मधेशमा खेतबारी डुबान, किसान संकटमा

    सिरहा । नेपालभर ‘अन्नको भण्डार’ को रूपमा चिनिने मधेश प्रदेशमा खडेरीको मार नझेलिनु अघि नै नयाँ प्राकृतिक संकट थपिएको छ। लामो समयदेखिको वर्षाले अभाव र सिँचाइ नहुँदा धान तथा अन्य खाद्यान्न उत्पादनमा ठूलो गिरावट आएको मधेश अहिले ‘मोन्था’ नामक चक्रवातको प्रभावमा परेको हो। पछिल्ला तीन दिनदेखि लगातार परेको वर्षा र तीव्र हावाहुरीका कारण सिरहा, सप्तरी, धनुषा, महोत्तरीदेखि सर्लाही र रौतहटसम्मका थुप्रै क्षेत्रका खेतबारी डुबानमा परेका छन्। कति ठाउँमा पाक्न लागेको धान र काटेर सुरक्षित गर्न नपाएको धान पूरै डुबानमा परेपछि किसान चिन्तित बनेका छन्। मधेशमा हाल धान भित्र्याउने समय चलिरहे

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • ४६९ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाली क्रिकेट खेलाडीको तस्वीरसहित हुलाक टिकट सार्वजनिक

    काठमाडौं । हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्वीर अङ्कित हुलाक टिकट सार्वजनिक गरेको छ। विश्व हुलाक दिवस–२०२५ का अवसरमा विभागले आज एक विशेष कार्यक्रमको आयोजना गर्दै उक्त टिकटमा टाँचा लगाएको हो। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले टिकटमा टाँचा लगाएर औपचारिक रूपमा सार्वजनिक गरे। कार्यक्रममा मन्त्री खरेलले खेलकुदले मुलुकको अन्तर्राष्ट्रिय पहिचान र कूटनीतिक सम्बन्ध विस्तारमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै हुलाक टिकटमार्फत नेपाली क्रिकेट खेलाडीको सम्मान गर्न पाउनु गौरवको कुरा भएको बताए। हुलाक सेवा विभागका अनुसार उक्त टिकटमा आईसीसी पुरुष विश्वकप र आई

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ४९९ पटक पढिएको
    • समृद्धिपथ
  • भायानेटको स्वतन्त्र संचालकमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त

    काठमाडौँ । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले सञ्चालक समितिमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र संचालकको रूपमा नियुक्त गरेको छ। बैंकिङ तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव भएका क्षेत्रीको नियुक्तिबाट कम्पनीको भविष्यमा दीर्घकालीन सशक्तिकरणमा टेवा पुग्ने भायानेटले विश्वास व्यक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको हालै सम्पन्न बैठकको निर्णयअनुसार क्षेत्रीलाई स्वतन्त्र संचालकमा मनोनीत गरिएको हो। सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड बैंक) बाट आफ्नो बैंकिङ करिअर सुरु गरेका क्षेत्रीले नेपाल बैंक, सिटिजन्स बैंक इन्

    • प्रकाशित मितिः साउन १९, २०८२
    • ९४१ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल उद्यमी व्यवसायी कल्याण संघ, लहानको चेतावनी, माङ पुरा नभए सङ्घर्षमा उत्रने

    २ असार, लहान । नेपाल उद्यमी व्यवसायी कल्याण संघ, लहान, सिरहा र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाऔं महाअभियानले साना उद्यमी, श्रमजीवी, किसान र विपन्न वर्गको हितका लागि ९ बुँदे मागसहित संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। लहानमा आयोजित पत्रकार सम्मेलनमार्फत सोमबार जारी विज्ञप्तिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक तथा सरकारको मौजुदा आर्थिक नीतिलाई जनविरोधी र पूँजीपति–मुखी भन्दै कडा आलोचना गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “मुलुकको आर्थिक विकासले गति लिन नसक्नुमा वित्तीय माफियाको चलखेल, बैंक तथा वित्तीय संस्थाको मनोमानी ब्याजदर, अराजक ऋण नीतिहरू जिम्मेवार छन्।”

    • प्रकाशित मितिः असार २, २०८२
    • १,१२२ पटक पढिएको
    • समृद्धिपथ
  • सुनचाँदीमा लगाइएको विलासिता कर खारेजको माग गर्दै लहानका व्यवसायीहरू आन्दोलित

    फिरोज सिद्दिकी लहान, जेठ २९ गते । सरकारद्वारा सुनचाँदी गहनामा लगाइएको विलासिता कर खारेज गर्न माग गर्दै लहानका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको अगुवाइमा विहीबार लहानमा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएका हुन्। व्यवसायीहरूका अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत सुनचाँदी गहनामा गरिएको कर वृद्धि व्यवसायमै संकट निम्त्याउने खालको रहेको छ। सरकारको निर्णयविरुद्ध आज र भोलि देशभरका सम्पूर्ण सुनचाँदी पसल बन्द रहने संघले जनाएको छ। लहान सुनचाँदी व्यवसायी संघ लहानका अध्यक्ष नन्दकिशोर गुप्तासहित प्रतिनिधिमण्डलले इ

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • ७१२ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा फुटपाथ खाली गराउने अभयिानमा भेदभाव भएको गुनासो

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाले नगरभित्रको फुटपाथ खाली गराउँदै आएको प्रयास स्वागत योग्य मानिएको छ। तर, यस कार्यमा काखा पाखा गरिएको भन्दै स्थानीय व्यापारी र नगरवासीले आक्रोश व्यक्त गरेका छन्। लहान–५ स्थित राधाकृष्ण चौकमा बिच सडकमै ठेला र टहरा राखेर व्यापार भइरहे पनि नगर प्रहरीले यसतर्फ ध्यान नदिएको स्थानीयको आरोप छ। यस्ता अव्यवस्थित व्यवसायहरूले पैदल यात्रीलाई समस्या मात्रै नभएर सवारी दुर्घटनाको जोखिम समेत बढाएको छ। त्यहाँ कुनै सडक दुर्घटना भएमा जिम्मेवारी कसले लिने भन्ने प्रश्न समेत उठ्न थालेको छ। सटर भाडामा लिएर व्यवस्थित रूपमा व्यापार गर्दै आएका व्यापारीहरूले फुटपाथ र सडकमा भ

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • १,१३५ पटक पढिएको
    • समृद्धिपथ
  • लहानका मेयर र अधिकृतमाथि कुशासन र भ्रष्टाचारको आरोप

    लहान । लहान नगरपालिकाको ४४ लाख रुपैयाँ बक्यौता प्रकरणले हाल नगरवासीको ध्यान खिचेको छ। चौधरी इलेक्ट्रोनिक्सबाट उधारोमा लिइएको सामानको भुक्तानी २४ महिनासम्म रोकिएको घटनाले मेयर महेश चौधरी र प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाको भूमिकामाथि गम्भीर प्रश्न उठाएको हो। चौधरी इलेक्ट्रोनिक्सकी सञ्चालिका शिला चौधरीले आफ्नो सामानको रकम भुक्तानी नपाएपछि नगरपालिका प्रशासनमाथि आक्रोश पोख्दै हालै प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा पुगेकी थिइन्। “म अब सहन सक्दिन। भुक्तानी दिनुस्, नत्र मलाई पासो लगाएर मार्नुस्,” आक्रोशित स्वरमा उनले भनिन्। उनका अनुसार, नगरपालिकाले विद्युत सामग्री खरिद गर्ने क्रमम

    • प्रकाशित मितिः पुस २०, २०८१
    • २,२४३ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकामा १ अर्ब २० करोड बढी बेरुजू

    फिरोज सिद्दिकी लहान । महालेखापरीक्षकको कार्यालयले लहान नगरपालिकामा आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दै १ अर्ब २० करोड २७ लाख ३ हजार रुपैयाँ बेरुजू रहेको तथ्यांक सार्वजनिक गरेको छ। नगरपालिकाको आर्थिक व्यवस्थापन र आर्थिक विवरणको लेखापरीक्षणपछि प्रतिवेदनमा ३५ करोड २२ लाख ५४ हजार रुपैयाँ थप बेरुजू भेटिएको उल्लेख छ। यो रकममध्ये १ करोड ८५ लाख २ हजार असुल गर्नुपर्ने, २० करोड ५२ लाख ८२ हजार प्रमाण कागजात पेश गर्नुपर्ने, ११ करोड ३ लाख ४३ हजार नियमित गर्नुपर्ने र १ करोड ८१ लाख २८ हजार पेश्की बाँकी रहेको तथ्यांक सार्वजनिक गरेको हो। महालेखापरीक्षकको कार्यालयद्वारा जारी प्रतिवेद

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • १,५७८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A