नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र ५ बालबालिका रहेका छन्। तीमध्ये ९ जना बिहारका, ८ जना दिल्लीका र १ जना हरियाणाका छन्। आइतबार बिहान भागदौडको घटना १३ र १४ नम्बर प्लेटफर्ममा भएको हो। हजारौँ भक्तजनहरू प्रयागराज महाकुम्भमा जानका लागि रेल चढ्न जम्मा भएको बेला भीडभाडको कारण दुर्घटना भएको जनाइएको छ। घटनाको जानकारी पाउनेबित्तिकै दिल्ली फायर सर्भिसले ४ फायर इन्जिनहरू तुरुन्तै पठाएको थियो। साथै, घटनास्थलमा एम्बुलेन्सहरूले घाइतेहरूको उद्धार गरिरहेका छन्। घाइतेहरूलाई लेडी हार्डिङ्ग अस्पतालमा भर्ना गरिएको
लहान । विगत केही दिनदेखि लहान नगरपालिकामा जारी गाउँ ब्लक जग्गा फुकुवा आन्दोलन ४ बुँदे सहमति भएपछि स्थगित भएको छ। लहान नगरपालिकामा मेयर महेश चौधरीको अध्यक्षतामा बसेको बैठकले संघर्ष समिति र स्थानीय प्रशासनबीच सहमति गरेपछि आन्दोलन अन्त्य भएको हो। सहमति अनुसार, नापी कार्यालयले बुझाएको सेस्रतालाई वडा नम्बर २४ बाट सुरु गर्दै क्रमशः अध्यावधिक गरिनेछ। अध्यावधिक गर्न आवश्यक जनशक्ति र सामग्री नगरपालिकाले उपलब्ध गराउनेछ भने बाँकी जग्गाको नापी गर्न विभागलाई पत्राचार गरिने सहमति भएको छ। बैठकमा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, उपमेयर रामचलितर महतो, मालपोत कार्यालय प्रमुख डमरु प
काठमाडौं । फाल्गुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक इन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायानेट’ बनेको छ। मंगलबार आयोजित एक कार्यक्रमका बीच भायानेट र प्रतियोगिताको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा.लि. बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। भायानेटले नेपाली फुटबलको विकासमा योगदान पुर्याउने उद्देश्यले यस प्रायोजनको घोषणा गरेको छ। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमारका राष्ट्रिय महिला फुटबल टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष
जीवछ उदासी लहान,माघ ३० गते लहान नगरपालिका –१४ मा रहेको श्री बस्तीपुर माध्यमिक विद्यालय बस्तीपुरका कक्षा ९ मा अध्धयनरात कृष्ण कुमार राम सरस्तवती पूजामा बस्न नपाएको पिडा पोखेकोछ । गएको माघ २१ गते सम्पन्न सरस्वती पूजामा आफू पूजामा बस्नको लागि गएको समयमा कक्षा ९ का शिवरण कुमारी साहलाई बसाएर आफूलाई बस्न नदिएको कृष्ण कुमार रामले विद्यालयमा यसै विषयमा समाचार सङकलन गर्न पुगेका सञ्चारकर्मीहरुलाई बताएको छ । सामजिक सञ्जालमा दलित भएकै कारणले सरस्वती पूजामा बस्न नपाएको विषय सार्वजानिक भएपछि सञ्चारकर्मीहरु विद्यालय पुगेको थियो । हरेक वर्ष कक्षा ९ मा पढ्ने प्रथम विधार्थी नै उपवास बसेर सरस्वती पूजामा
फिरोज सिद्दिकी सिराहा । प्रेस चौतारी नेपाल, सिराहाको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट शिवकुमार साहको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन भएको हो। सर्वसम्मत चयन भएका कार्यसमितिमा उपाध्यक्षमा फिरोज सिद्दिकी र यमुना खनाल, सचिवमा सुरेश राय, उपसचिवमा विजय साह र रंजिता कुमारी सिंह, कोषाध्यक्षमा रुनकेस कामती रहेका छन्। त्यस्तै, सदस्यहरूमा बिन्दे यादव, प्रदीप यादव, सुनिता मगराती, हरिननाथ यादव, महिन्द्र मंण्डल र ओमप्रकाश गुप्ता रहेका छन् । अधिवेशनको प्रमुख अतिथि नेकपा एमाले मधेश प्रदेशका इन्चार्ज एवं पूर्व कानुनमन्त्री लिलानाथ श्रेष्ठ रहेका थिए। उनले पत्
फिरोज सिद्दिकी सिरहा, २४ माघ । प्रेस चौतारी नेपाल सिरहा शाखाको जिल्ला अधिवेशन आज बिहीबार सिरहाको गोलबजार नगरपालिका, चोहर्वामा हुने भएको छ। अधिवेशन दिउँसो १२:१५ बजे सुरू हुने तय गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले मधेश प्रदेश इन्चार्ज एवं पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठ रहनुहुनेछ। साथै, प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव हिरा लामा, नेकपा एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, नेकपा एमाले जिल्ला अध्यक्ष डा. नवीन यादव, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा सम
फिरोज सिद्दिकी लहान। सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. १ मा कृषि तथा बगान श्रमिक संघ (फाफुन)को प्रथम भेला सम्पन्न भएको छ। भेलामा फाफुन जिल्ला कमिटी अध्यक्ष कविता कुमारी चौधरीको अध्यक्षता तथा फाफुन केन्द्र सचिव प्रदिप कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रमबाट संजिता सिंहको अध्यक्षतामा सात सदस्यीय वडा कमिटी गठन गरिएको छ। साथै, उषा कर्णलाई जीफन्ट प्रतिनिधिको रूपमा चयन गरिएको छ। भेलामा नेकपा एमालेका नेता तथा पूर्व गाविस अध्यक्ष रामरायण यादव, फाफुन जिल्ला कमिटी सदस्य सुनिता चौधरी तथा अन्य श्रमिक नेताहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा नेताहर
फिरोज सिद्दिकी लहान । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई ग्लोबल एकेडेमी लहानद्वारा विशेष सम्मान गरिएको छ। नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा, केन्द्रिय लेखा समिति संयोजक केसी लामिछानेलगायत प्रेस चौतारीका केन्द्रिय सदस्य अच्युत पौड्याल र जिवछ चौधरीलाई लहानमा विशेष सम्मान गरिएको हो। ग्लोबल एकेडेमी लहानका प्रधानाध्यापक कञ्चल साह तथा एकेडेमीका सञ्चालक एवं प्रेस चौतारी नेपाल सिरहा शाखाका अध्यक्ष शिव कुमार साहले संयुक्त रूपमा सम्मान गरेका थिए। कार्यक्रममा पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार
फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाले खुट्टी खोला नहरलाई ह्युम पाइप राखेर ढलमा परिणत गर्ने योजनाविरुद्ध किसानहरु आन्दोलित बनेका छन्। संघर्षरत किसानहरुले नगरपालिकाले उच्च अदालत जनकपुर राजविराज इजलासको आदेशको गलत व्याख्या गर्दै जबरजस्ती विकास निर्माणको काम गरिरहेको आरोप लगाएका हुन्। खुट्टी खोला नहर संघर्ष समितिका अध्यक्ष धर्मराज चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै भने, "उच्च अदालतको आदेशअनुसार नहरको स्वरूप यथावत् राख्नुपर्ने र सिंचाइ प्रणालीलाई असर नपर्ने गरी मात्र विकास निर्माण गर्नुपर्ने भनिए पनि नगर प्रमुख भू-माफियाहरूसँगको साँठगाँठमा किसानको हितविपरीत निर्णय लाद्न खोजिरहेका छन्।" प
फिरोज सिद्दिकी लहान । खुट्टी नहरलाई ढलमा परिणत गर्ने प्रयासको विरोधमा विगत ४ महिनादेखि आन्दोलनरत किसानहरूले अब लहान नगरपालिकाका मेयर महेश चौधरीलाई दुर्व्यवहार गर्ने चेतावनी दिएका छन्। नगरपालिकाले खुट्टी नहरमा ढल निर्माण गर्ने काम सुरु गरेपछि किसानहरूले निरन्तर आन्दोलन गर्दै आएका हुन्। उनीहरूको भनाइ छ कि यो नहरले हजारौं बिघा खेतीयोग्य जमिनलाई सिञ्चित गर्ने छ। नहरलाई ढलमा परिणत गर्दा उनीहरूको कृषि निर्भरता पूर्णतः संकटमा पर्नेछ। किसानहरूको आन्दोलनले चौतर्फी समर्थन प्राप्त गरिरहेको छ। उनीहरूले नगरपालिकासँग पटक–पटक वार्ताको प्रयास गरे पनि कुनै समाधान निस्कन न
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A