समाज

    Showing ११-२० of ८५३ items.
  • विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रामा उमडियो भक्तजनको सागर

    फिरोज सिद्दिकी  विराटनगर, भदौ २० गते । विराटनगरमा आयोजित ऐतिहासिक राधाकृष्ण रथयात्राको दर्शन गर्न लाखौँ भक्तजन उत्साहपूर्वक सहभागी भएका छन्। श्रीराधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रामा भगवान् राधाकृष्णको दर्शन तथा पूजाआराधनाका लागि विराटनगरसहित मोरङ, सुनसरी, झापा, बिहारको जोगबनी लगायत विभिन्न जिल्लाबाट ठूलो संख्यामा श्रद्धालुहरू सहभागी भएका हुन्। रथयात्रा अघि बढ्दै गर्दा सडकको दुवैतर्फ भक्तजनको बाक्लो भीड लागेको थियो। श्रद्धालुहरूले ‘राधे–राधे’ लगायतका धार्मिक जयघोष गर्दै रथको दर्शन गरेका थिए। भक्तजनहरूले रथ तानेर धार्मिक आस्था र उत्साह प्रकट गरेका छन्। केही भक्तजनहर

    • प्रकाशित मितिः भदौ २०, २०८३
    • २८५ पटक पढिएको
    • समृद्धिपथ
  • बाढीपीडितका लागि लहानका मुस्लिम समुदायको सहकार्य, ४ टन राहत सामग्री प्रभावित क्षेत्रमा पठाइयो

    फिरोज सिद्दिकी  लहान, भदौ १४ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सिराहाको लहानका मुस्लिम समुदायले मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेका छन्। समुदायस्तरबाट नगद तथा जिन्सी राहत सामग्री संकलन गरी बाढी प्रभावित क्षेत्रमा पठाइएको हो। बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै लहानका मुस्लिम समुदायले २ लाख ७० हजार रुपैयाँ संकलन गरेका छन्। शुक्रबार जुमाको नमाजपछि लहानका विभिन्न मस्जिदमा गरिएको अपिलपछि समुदायका व्यक्तिहरूले क्यूआरमार्फत पनि रकम जम्मा गरेका हुन्। यस अभियानको अगुवाइ युथ म

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ६५० पटक पढिएको
    • समृद्धिपथ
  • सन्तोषको मृत्युले परिवार बिच्लीमा,अत्यधिक मदिरा सेवन मृत्युको कारण

      जीवछ उदासी लहान,भदौ १४ गते  लहान नगरपालिका वडा नम्वर १ मिलन चोकमा नहरको किनारमा बस्दै आइरहेको २५ वर्षिय सन्तोष सदाय क्षयरोगले मृत्यु भएपछि परिवार विचल्लीमा परेको छ ।   क्षयरोग छिट्फुट देखिने भनिएपनि यस बस्तीमा क्षयरोगले मृत्यु हुनेहरुको संख्या निकै रहेको स्थानीयहरुले बताएका छन् । क्षय रोग लागेपछि नियमित औषधि खान छाडेर मदिरा सेवन नियमित गर्ने कारणले मृत्यु भइरहेको छ ।  ट्याक्टरको चालक सन्तोष सदायलाई क्षयरोग लागेर मृत्यु भएको उहाँकी पत्नी रुपा देवी सदस्यले बताउनुभयो । गरीवी जीवन काम नगरी के खाने ? दुईवटा बालबच्चालाई कसरी पाल्ने ? नियमित क्षयरोगको औषधि नखाएको र मदि

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ४६६ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा ईद मिलादुन्नबी धुमधामका साथ मनाइयो

    फिरोज सिद्दिकी लहान, सिराहा । इस्लाम धर्मावलम्बीहरूले पैगम्बर हजरत मुहम्मद ﷺ को जन्मदिनको सम्झनामा मनाउने ईद मिलादुन्नबी अर्थात् १२ रबीउल अव्वल आज सिराहाको लहानमा श्रद्धा र उत्साहका साथ मनाएका छन्। ईद मिलादुन्नबीका अवसरमा लहानमा हजारौँको संख्यामा मुस्लिम समुदायका मानिसहरू सहभागी हुँदै धार्मिक र्‍याली निकालेका हुन्। लहान मुस्लिम समाज तथा युथ मुस्लिम वेल्फेयर सोसाइटी नेपालको आयोजनामा निकालिएको र्‍यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो। र्‍यालीमा सहभागीहरूले ‘नारे तकबिर–अल्लाहु अकबर’, ‘नारे रिसालत–या रसुलल्लाह’, ‘आकाकी आमद&ndash

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १९७ पटक पढिएको
    • समृद्धिपथ
  • ९१ किलो गाँजाजस्तो पदार्थसहित एक जना पक्राउ, चार जना फरार

    लहान । सिरहा प्रहरीले ९१ किलो २५ ग्राम गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आशंकामा थप चार जना फरार भएका छन्। पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ जमुवा टोलका ४३ वर्षीय मोहन साह रहेका हुन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति करिब २ः३० बजेको समयमा सखुवानान्कारकट्टी गाउँपालिका–४ स्थित बलान खोलामा इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशपुर सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीले गस्तीका क्रममा पाँच जना व्यक्तिहरू पाँचवटा बोरा कपडाको नाम्लो बनाई टाउकोमा बोकेर हिँडिरहेको अवस्थामा

    • प्रकाशित मितिः साउन २३, २०८३
    • २०९ पटक पढिएको
    • समृद्धिपथ
  • गणेश यादवको दाह संस्कार हिन्दु परम्परा अनुसार गरियो

      जीवछ उदासी  लहान,साउन १७ गते  सिरहाको गोलबजारमा गएको बुधवार साउन १४ गते भएको झडपमा गोली लागेर मृत्यु भएको औरही गाउँपालिका वडा नम्वर -२ तुलसीपुरका गणेश यादवको शव परिवारजनले बुझेर गागन नदीमा हिजो शनिवार साँझ हिन्दु परम्परा अनुसार दाह संस्कार गरेको छ ।  हिजो शुक्रवार गृहमन्त्री सुधन गुरुङग मृतक यादबको घर पुगेर सात बुँदे लिखित सम्झौता गरेपछि मृतक गणेश यादवको पिता रामवृक्ष यादव शव बुझेर अन्तिम संस्कार गर्ने सहमति अनुसार आज शनिवार साँझ गागन खोलामा दाह संस्कार गरिएको थियो ।  गणेश यादवको दाह संस्कारमा सहभागी हुन १२ बजेदेखेखि नै स्थानीयहरुको भीड लागेको थियो । पोष्टमार्टम

    • प्रकाशित मितिः साउन १७, २०८३
    • २,३९२ पटक पढिएको
    • समृद्धिपथ
  • गृहमन्त्री र मृतक परिवारबीच साततबुँदे सम्झौतपछि सिरहामा जनजीवन सहज हुँदै

        जीवछ उदासी लहान,साउन १६ गते गृहमन्त्री सुधन गुरुङग र साउन १४ गते बुधवार सिरहाको गोलवजार झडपमा गोली लागेर मृत्यु भएको गणेश यादवको पिता रामवृक्ष यादवबीच शुक्रवार राति साँतबुँदे सम्झौता भएको छ । सम्झौता भएपछि शनिवारदेखि सिरहाको जनजीवन सहज हन थालेको छ । मृतकलाई नेपाल सरकारबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र मृतकका परिवारलाई दसलाख उपलब्ध गराउने ,२०८३ साउन १४ गते गोलवजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानविन गरी दोषी उपर कानुनी प्रक्रिया अघि बढाउने,मृतकको परिवारमा योग्य एक जनालाई रोजगारी उपलब्ध गराउने,घटनाको अध्धययनको लागि गठित छानविन समितिले पेश गर्ने

    • प्रकाशित मितिः साउन १६, २०८३
    • ४६१ पटक पढिएको
    • समृद्धिपथ
  • 'विकासको लागि सहमति र सहकार्य आवश्यक'

      जीवछ यादव लहान साउन १० गते  जहाँ सहमति सहकार्य एकता छ,त्यहाँ विकास भएको देखिएको छ । विकासको लागि सहमति सहकार्य र एकता आवश्यक भएको सरोकारवालाहरुले बताइएका छन् । सिरहाको १७ वटा पालिकाहरुमा १६४ वटै वडाहरुको विकास कार्यलाई अनुगमन गर्दा विकासको लागि सहमति भएका वडाहरुमा ६० देखि ८० प्रतिशत विकास निर्माणको काम भएको जिल्ला समन्वय समिति सिरहाको प्रमुख दिनेश कुमार महतोले बताउनुभयो । उहाँले भन्नुभयो," विकास भनेकै सहमति सहकार्य र एकता हो ।विकासको लागि सबै दलको बिचमा एकता आवश्यक छ ।" देशकै सबैभन्दा बढी वडा भएको लहान नगरपालिकामा ११,१२,१४,१५,१६,१७,२०,२१,२२ र २४ नम्वर वडाहरुमा सहमति र बजेट फ्र

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ४९० पटक पढिएको
    • समृद्धिपथ
  • महिला हिंसाको केन्द्रबिन्दु बन्दैछ नवराजपुर गाउँपालिका

    महिला हिंसा बढ्दै नवराजपुर गाउँपालिकामा  जीवछ उदासी  लहान,साउन ९ गते  हुलाकी मार्गमा पर्ने भारतीय सीमासँग जोडिएको मवराजपुर गाउँपालिका महिला हिंसाको चपेटामा परेको अधिकारकर्मीहरुले बताएका छन् ।   साउन ६ गते नवराजपुर -४  राम शङकर यादव र सुन्दर यादव दाजुभाइ मिलेर अमानीय तरिकाले रड तताएर   संजना यादवलाई बेहोस हुनेगरी कुटपिट  थिए । पीडित संजनालाई आधारभुत अस्पताल नवराजपुरमा भेटन पुगेका मानव अधिकारवादी राजकुमार राउत र महिला मानव अधिकारकर्मी रेणु कर्ण र गीता साहले यस्तो बताउनु भयो । हिजो शुक्रवार उहाँहरु पीडितलाई भेटेर आएपछि सञ्चारकर्मीहरुलाई यस्तो बताउन

    • प्रकाशित मितिः साउन ९, २०८३
    • ८८० पटक पढिएको
    • समृद्धिपथ
  • खैरो हेरोइनसहित ६ पक्राउ, प्रहरीको गोली लागेर दुई घाइते

    लहान, साउन ७ गते । सिरहाको लहानमा लागुऔषध नियन्त्रणका लागि सञ्चालन गरिएको विशेष प्रहरी कारबाहीका क्रममा दुई जना गोली लागेर घाइते भएका छन्। प्रहरीले घटनास्थलबाट २४३ ग्राम खैरो हेरोइन बरामद गर्दै लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको विशेष टोलीले भारतबाट नेपालतर्फ खैरो हेरोइन ओसारपसार तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा सीमा क्षेत्र आसपास निगरानी बढाएको थियो। सोही क्रममा बिहीबार लहान नगरपालिका–२ स्थित कटहा चोकदेखि करिब १५० मिटर उत्तर अस्पताल चोक जाने सडकमा संदिग्ध गतिविधि देखिएपछि प्रहरी टोलीले उनीहर

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १९१ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A