समाज

    Showing ६५१-६६० of ८५४ items.
  • प्रकृतिक विपत्ति र कोरोना महामारीको वावजुत पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने

    काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्रकृतिक विपत्ति र कोरोना महामारीको वावजुत पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन् । काठमाडौंमा नेपाल विकास अनुशन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौति थपे पनि विकासको लक्ष्य भेट्ने बताए । नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेपनि सन २०३० को अन्त्य सम्म दिगो विकासका लक्ष्य भेट्टाउने दृढता व्यक्त गरे । नेपालमा विकास अनुशन्धान प्रतिष्ठान जस्ता संस्थाहरुले नेपालको विकासको सम्भावना र चुनौति पहिल्याउन, सुझाव दिन, नीति निर्माण बनाउ

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • ४४८ पटक पढिएको
    • समृद्धिपथ
  • बैशाख २ गते सार्वजनिक बिदा

    फिरोज सिद्दिकी, लहान । लहान क्षेत्रका वासिन्दाहरुले परम्परागत रुपमा मनाउँदै आएको जुरसितल (सिरुवा) पर्वको अवसरमा सिरहाको लहान नगरपालिकाले बैशाख २ गते विहिबार सार्वजनिक बिदा दिएको छ । लहान नगर पालिकाले सुचना जारी गर्दै बैशाख २ गते विहिबार जुरसितल/सिरुवा पर्व परेकाले बिदा दिइएको जनाइएको छ । नगर कार्यपालिकाको निर्णय बमोजिम जुरसितल/सिरुवा पर्वको अवसरमा विहिबार सम्पूर्ण सार्वजनिक, सरकारी, गैरसरकारी तथा सम्बन्धित निकायहरुलाई नगरस्तरीय सार्वजनिक बिदा दिइएको जनाइएको छ । त्यसैगरी लहान नगरपमुख मुनि साहले नयाँ वर्षको शुभकामना दिदै भन्नु भएको छ ‘नयाँ वर्ष २०७८ को उपलक्ष्यमा सम्पूर्ण नगरवासीमा सुख,

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • ९५० पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षक दिवसको अवसरमा चार दर्जन अवकासप्राप्त शिक्षकहरु सम्मानित

    जिवछ उदासी लहान,चैत २३ गते । ४२ औ शिक्षक दिवसको अवसरमा सिरहा जिल्लाका ४८ जना शिक्षकहरुलाई नेपाल राष्ट्रिय शिक्षक संगठन सिरहाले एक कार्यक्रमको आयोजना गरेर दोसल्ला ओढाएर सम्मानित गरेका छन् । सम्मनित गर्दै राष्ट्रिय शिक्षक संगठन प्रदेश २ का अध्यक्ष सकल देव यादवले शिक्षण पेसालाई मर्यादित र आत्मनिर्भर बनाउनको लागि पेशालाई प्राथमिकतामा राखेर सामुदायिक विद्यालयहरुलाई सवल र सफल बनाउन लाग्नुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो,‘शिक्षकहरु आफ्नो पेसा विर्सनु हुँदैन । विद्यालयको समयमा उपस्थित भएर शैक्षणिक गतिविधिमा सक्रिय रहन जरुरी छ । शिक्षण पेसामा गौरवान्वित महसुस गरेर योगदान पुरयाएको अवकास प्र

    • प्रकाशित मितिः चैत २९, २०७७
    • ५६१ पटक पढिएको
    • समृद्धिपथ
  • अक्सिजन पाइप झिकेपछि रामबती यादवको मृत्यु

    जिवछ उदासी लहान, चैत २९ गते । लहान –३ स्थित रहेको सप्त ऋषि अस्पतालमा उपचार गराइरहेकी सखसवानन्कारकटि गाँउपालिका –२ सोठियाइनकी ४३ वर्षिया रामबती यादवको आइतबार विहान अस्पतालबाट बाहिर लैजाने क्रममा नाकमा जोडिएको अक्सिजन पाइप उपचारमा रहेको चिकित्सकले झिकेको केहि बेरमै मृत्यु भएको थियो ।मृतकका पति श्याम चन्द्र यादव वैदेशिक रोजगारीको क्रममा साउदीमा रहेकोले चैत २६ गते एम्बुलेन्समा ज्वाई रामलोचन यादव सहित आफन्तहरु उपचारको लागि रामबतीलाई लहान स्थित सप्तऋषि अस्पतालमा ल्याएको थियो । एकासी ग्यास बढेर वेहोस भएपछि एम्बुलेन्समा ल्याएर अस्पतालमा भर्ना गराएको ज्वाई राम लोचन यादवले जानकारी दिँदै दुई

    • प्रकाशित मितिः चैत २९, २०७७
    • १,२२६ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल पत्रकार महासंघ सिरहा शाखा कार्यसमितिका लागि दुई प्यानलबीच भीडन्त हुने

    लहान । नेपाल पत्रकार महासंघको २५ गते हुने निर्वाचनमा नेपाल पत्रकार महासंघ सिरहा शाखामा दुई प्यानलबीच भीडन्त हुने भएको छ । सिरहा शाखाको कार्यसमितिका लागि हिरालाल चौधरी र मनोज कुमार यादव वनैताको प्यानलबीच कडा प्रतिस्पर्धा हुने भएको हो । नेपाल पत्रकार महासंघ जिल्ला निर्वाचन समिति, सिरहाका अनुसार अध्यक्ष पदमा हिरालाल चौधरी र मनोज कुमार यादव बनैताको उम्मेदवारी परेको हो । त्यस्तै उपाध्यक्षमा जिवछ यादव ‘उदासी’ र गणेश प्रसाद साहले उम्मेदवारी दिएका छन् । त्यस्तै उपाध्यक्ष महिलातर्फ यमुना खनाल र रिंकु कुमारी दासले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै सचिव पदका लागि शम्भु यादव र शिवदयाल य

    • प्रकाशित मितिः चैत २३, २०७७
    • ८३६ पटक पढिएको
    • समृद्धिपथ
  • भौतिक विकास सामाजिक न्याय सँगसँगै गएमात्रै समृद्धि संभव : मन्त्री श्रेष्ठ

    जिवछ उदासीलहान,चैत १८ गते । कानून ,न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले सामाजमा समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन भौतिक निर्माण र सामाजिक न्यायलाई सँगसँगै लैजानुपर्ने बताउनु भएको छ । नेपाल सरकार कानुन न्याय तथा संसदीय मामिला मन्त्रलयद्वारा आयोजित स्थानीय तहका न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीको लागि आयोजित क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रमलाई सिरहामा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । समान्य झैझगडामा अदालतस्म्म नै जानुपर्ने बाध्यतालाई अन्तय गर्न न्याय निरुपणको लागि स्थानीय तहमा न्यायिक समिति राखेको मन्त्री श्रेष्ठले प्रष्टयाँउदै न्याय दिन नसके भौतिक विकासले

    • प्रकाशित मितिः चैत १८, २०७७
    • ५७५ पटक पढिएको
    • समृद्धिपथ
  • रामरति रामपछि जानकी राम गृहणी महिलादेखि सांसदसम्म

    जिवछ उदासी गोलबजार सासु र लहान–१ माइती रहकी जानकी राम नेकपा एमालेको कोटाबाट समानुपातिक संसद चुनिनु भएको छ । नेकपा एमालेले एकपटक फेरि जनमनको आवाजलाई सुनेको छ । जानकी राम लहानमा भएको सिनो आन्दोलनदेखि दलित आन्दोलनमा सक्रिय एक संघर्षशलि महिलाको रुपमा भूमिका बनाउनु भएको छ । दलित आवद्ध संघ संस्थाबाट दलित अधिकारको पक्षमा सशक्त आवाज उठाउनुको साथै सधै नेकपा एमालेको एक सशक्त कार्यकर्ता भएर लागि रहनुभयो ।आफू कुनै दिन सांसद पनि चुनिएला भन्ने आशा गर्नु भएको थिएन । विशुद्ध गृहणी महिलाको रुपमा रहेकी जानकी राम पति बद्री राम पनि दलित संघ संस्थामा लागेर उहाँमा राजनीतिक चेतना अरु गृहणी महिलाभन्दा बढी अनुकू

    • प्रकाशित मितिः चैत १७, २०७७
    • १,०५९ पटक पढिएको
    • समृद्धिपथ
  • मृतक राय परिवारलाई ट्रेड युनियनबाट आर्थिक सहयोग

    जिवछ उदासी लहान, लहान–४ का ४५ वर्षिय विपन रायको मृत्युपछि संस्कार गर्न अटो मेकानिक्स ट्रेड युनियन लहानले ४१ हजार १०५ रुपैया आर्थिक सहयोग गरेको छ । शनिबार मृतक रायको घरमै पुगेर युनियनका अध्यक्ष सत्येन्द्र गुप्ता सहित कार्य समतिका पदाधिकारी सदस्यहरु पुगेर नगद आर्थिक सहयोग गरेको थियो । आर्थिक सहयोग गर्दै अध्यक्ष गुप्ताले भन्नुभभयो, ‘विपिन राय (विपती)को ७ गते धरानमा उपचारको क्रममा मृतयु भएको थियो । राय एक असल मिस्त्री र कुशल सवारी चालक हुनुहुन्थ्यो । लकडाउनदेखि आर्थिक रुपमा समस्यामा पर्दै गएको राय पछि म्यानेनज्याष्टिक रोगको कारण थला परेर धरानमा उपचारको क्रममाा मृत्यस मृत्यु भएको परिवा

    • प्रकाशित मितिः चैत १५, २०७७
    • ५०१ पटक पढिएको
    • समृद्धिपथ
  • फुटबल खेलप्रति मोह बढाउन लहानका जनप्रतिनिधिहरु उत्रियो मैदानमा

    जिवछ उदासी, लहान । शुक्रबार सम्पन्न जनप्रतिनिहिरु बीच भएको मैत्रीपूर्ण खेलमा लहान नगर उपप्रमुख सरियार चौधरीले नेतृत्व गरेको टिमले नगरप्रमुख मुनि साहले नेतृत्व गरेको टिमलाई शुन्यको विरुद्ध दुई गोलले जीत हासिल गरेको छ । खेलमा लहान–२१ का वडाध्यक्ष हेमन्त कुमार यादवले दुई गोल गरेर म्यान अफ द म्याचका उपाधि पाउनु भएको छ । लहान १ नम्बर वडादेखि १२ नम्ब् वडा सम्मका वडाध्यक्षहरु नगरप्रमुख मुनि साहको टिममा थियो भने १३ देखि २४ नम्बर वडासम्मका वडाध्यक्षहरु उपप्रमुख सरियार चौधरीको टिममा सहभागी भएर एक घण्टा खेल मैदानमा रोमाञ्चक खेल खेल्नु भएको थियो । म्ध्यान्तरभन्दा अगाडिसम्म घम्साघम्सी चलेको खेलमा क

    • प्रकाशित मितिः चैत १३, २०७७
    • २,४१० पटक पढिएको
    • समृद्धिपथ
  • सहज परियोजनाका कारण सिरहा र सप्तरीका विद्यालय लैंगिक मैत्री बन्दै

    रामभरोसी महतो, लहान । सहज परियोजनाका कारण विद्यालयहरु लैंगिक मैत्री विद्यालय तर्फ उन्मुख भएको सिरहा र सप्तरीमा भएको एक कार्यक्रममा सहभागी विद्यालयका सरोकारवलाहरुले बताएका छन् । समग्र जन उत्थान केन्द्र लहानद्धारा सिरहाको सिरहा नगरपालिका सप्तरीको राजविराज नगरपालिका, बोदेबरसाइन नगरपालिका र तिलाठीकोइलाडी गाँउपालिकामा हालै सम्पन्न विद्यालय सुधार योजना तथा लैंगिक तथा सामाजिक रुपान्तरण सम्बन्धी असल अभ्यास अनुभव आदान प्रदान कार्यक्रममा सहभागी विद्यालयका सरोकारवलाले यस्तो बताएका हुन् । सप्तरीको तिलाठीकोइलाडी गाउँपालिकामा मंगलवार सम्पन्न सो कार्यक्रममा सहभागी राजेन्द्रदेवकी माध्यमिक विद्यालयका प्रधान

    • प्रकाशित मितिः चैत १३, २०७७
    • ५२० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A