जिवछ उदासी लहान, लहान नगरपालिका प्रमुख मुनि साहले चुनावमा लहान नगरपालिकाका जनतासँग प्रतिवद्धता गरेका ९० प्रतिशत कामहरु पुरा गर्ने दृढता व्यक्त गर्नु भएको छ । अहिलेसम्म ७० प्रतिशत काम पुरा हुनै लागेको अवस्थामा पुगेको हो भने बाँकी काम पनि त्रव्र गतिमा अघि बढिरहेको छ । समृद्धिपथ अनलाइनसँग छोटो कुराकानी गर्दै उहाँले लहान–५ मा निर्माण हुन लागेको ग्रीन पार्कमा वृक्षारोपण गर्दै यस्तो बताउनु भएको हो । लहान नगरपालिकामा हवाइमैदान र चिडियाखाना लगायत १० प्रतिशत काम बाहेक सबै कामहरु अगाडि बढिरहेको भन्दै यसको लागि लहान नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी टिम सक्रियताका साथ लागेको प्रमुख साहले जानकार
जिवछ उदासी लहान,सखुवानन्कारकटी गाँउपालिकाले कला संस्कृति उजागर गर्ने उद्येश्यले‘कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकटि हाम्रो पहिचान’ मूल नाराका साथ तेश्रो झण्डा महोत्सव हुने भएको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । नेकपा प्रचण्ड–माधव समूहको अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाट्न गर्नु हुने कार्यक्रम तय भएको सखुवानन्कारकटि गाँउपालिका तेश्रो झण्डा महोत्सव २०७७ का संयोजक गाँउपालिका अध्यक्ष केदारनाथ यादवले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । हेलिकप्टरद्वारा पुष्पवृष्टि,उदघाट्न समारोहको दिन
जिवछ उदासी लहान,फागुन १३ गते । लहान नग्पालिकाको वडा नम्बर ३,१९ र २३ जोडने लहान–करैया ट्रायक खुलेको छ । यस ट्रयाकले लहानको दक्षिणी भेगका कृषकहरुको लागि निकै उपयोगी हुने नगरपालिकाले जनाएको छ । लहान नगरपालिकाको सहरी र ग्रामीण क्षेत्रको सन्तुलित विकासको लागि यो ट्रयाक खोलिएको लहान नगरप्रमुख मुनि साहले भन्दै यसले दक्षिणी भेगको विकासमा बढी महत्व राख्ने विश्वास व्यक्त गर्नुभयो । लहान–ठाडी सडकमा निकै चाप रहेकोले वैकल्पिक मार्गको रुपमा लहान नगरपालिकाको दक्षिणी भेगको अन्तिम सिमाना रहेको लहान २३ कडरीयासम्मको वैकल्पिक सडकले कृषकहरुको वृहत्तर फाइदालाई ध्यानमा राखेर यो ट्रयाक खोलिएको प्रमुख स
जिवछ उदासीलहान,भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति सिरहाका अध्यक्ष गंगा प्रसाद यादवले यसपटक जग्गा हुकम्बासीले होइन,वास्तविक सुकुम्बासीले पाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सिरहा जिल्ला अध्यक्षमा नियुक्त कामलाई व्यवस्थित रुपमा अघि बढाउन जिल्ला समन्वय समिति सिरहामा कार्यालय रहने गरी पदभार ग्रहण गर्दै यस्तो बताउनु भएको हो । छोटो समयमा धेरै काम गर्नुपर्ने भएकोले यस आयोगसँग प्रत्यक्ष जोडिएको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, मालपोत कार्यालय र नापी कार्यालय, डिभिजन वन कार्यालय,स्थानीय तहहरु सबैले सहयोग गर्नुपर्ने उहाँले आग्रह गर्दै समृद्ध नेपाल, सुखी नेपालीको नारालाई कार्
जिवछ उदासी नगरवासीको स्वास्थ्य जाँच र उपचार सहज रुपमा पाउन उद्येश्यले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको लहान नगरप्रमुख मुनि साहले बताउनु भएको छ । लहान नगरपालिका–१ मा नव निर्मित आयुर्वेदिक अस्पताललाई उद्घाट्न गर्दै यस्तो बताृनु भएको हो । उहाँले भननुभयो,‘ स्वास्थ्य सेवाविना हाम्रो लहान, समृद्ध लहानको नारा कार्यान्वयन हुन सक्दैन । यस औषधालयलाई निकट भविष्यमै लहान नगरपालिकाले अस्पतालमा बदलिने छ । आयुर्वेदिक, होमियोपैथिक र एलोपैथिकबाट लहानवासीलाई भरपुर स्वास्थ्य सेवा उपलब्ध गराउने छौ । लहान नगरपालिकाको २४ मध्ये २२ वटा वडामा स्वास्थ्य केन्द्र निर्माण कार्य अघि बढिरहेक
जिवछ उदासी भूमि ब्यवस्था (सुकम्बासी समस्या) आयोगको सिरहा अध्यक्षमा नियुक्त हुनु भएको गंगा प्रसाद यादवले सरकारले दिएको जिम्मेबारी इमानदारीपूर्वक निर्वा गर्ने बताउनु भएको छ । सिरहा जिल्लामा सुकम्बासी समस्या समाधानको लागि २०५१ सालमा नियुक्त हुनु भएको राजेन्द्र प्रसाद चौधरीले राम्रो काम गर्नु भएको स्मरण गर्दैै उहाँले भन्नुभयो, उहाँसँग भएको अनुभव र आफूले पाएको केन्द्रिय निर्देशन अनुसार प्रभावकारी कार्य गर्नेछु । कमाइ खाने भाँडोको रुपमा यसलाई प्रयोग गर्ने छैन । सुकमवासी समस्या समाधान नभइकन समृद्ध नेपाल हुन सक्दैन । यहि मान्यतामा टेकेर अघि बढ्ने छु । सिरहा जिललाका सुकम्वासीहरुको हकहितको लागि सधै संघ
जिवछ उदासी लहान, माघ १८ गते । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री समेत रहनु भएको नेकपा केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज लिलानाथ श्रेष्ठले शहीद कुनै विशेष दलको नभएर सबैको साझा रहेको बताउनु भएको छ । माघ १९ गते १७औ शहीद हेम नारायण यादवको स्मृतिसभालाई नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहामा सम्बोधन गर्नुहुने कार्यक्रमको तयारीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो । हेम नारायण यादव मधेशकै एक होनहार नेता भएको चर्चा गर्दै उहाँको हत्या प्रतिगामी सत्ताले गरेको बताउनुभयो । १७ वर्ष अगाडी शाही सत्ताले हत्या गरेर लोकतन्त्र र परिवर्तनको सशक्त
सिरहा । समुदायमा रहेका सुरक्षा र न्याय सम्बन्धी समस्याहरु न्युनिकरण गर्न समुदाय र प्रहरीबीचको सहकार्य अभिवृद्धिका लागि सिरहा नगरपालिकामा शुक्रवार एक कार्यक्रमबीच दश सुत्रिय प्रतिवद्धता पत्र जारी भएको छ । सामुदाय प्रहरी साझेदारी कार्यक्रम समिति सिरहा र समग्र जन उत्थान केन्द्र लहानद्धारा सिरहाको जिल्ला समन्वय समितिको हलमा शुक्रवार आयोजना गरिएको समुदाय प्रहरी सम्वाद कार्यक्रममा सहभागी समुदाय र प्रहरीले सो प्रतिवद्धता पत्र जारी गरेको हो । समुदायमा रहेको सुरक्षा र न्यनयका सम्बन्धी प्रमुख सवालहरुलाई सम्बोधनका लागि समुदायले निर्वाह गर्ने भूमिका र प्रहरीले निर्वाह गर्न भुमिका गरी प्रतिवद्धता जारी गर
जिवछ उदासी लहान,माघ ११ गते । माघ १९ गते प्रत्येक वर्ष हेमनारायण यादवको स्मृतिसभा मनाँउदै आएकोमा यस वर्ष २५ हजार जनता सभामा उतार्नेगरी नेकपा सिरहाले गृहकार्य सुरु गरेको छ । यस वर्ष नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्मृतिसभामा आउने कार्यक्रम तय भएकोले विशेष तयारी थालिएको नेकपा सिरहाले जनाएको छ । पार्टीमा देखिएको विभाजनलाई मध्यनजर गरेर शक्ति परिक्षणको हिसावले पनि विशेष तयारी चर्चा चलेको छ । सिरहाका १७ वटै स्थानीय तह र ४ वटा संघीय संसद क्षेत्रबाट बस मोटरसायकल तथा अन्य सबारी साधन गरी स्मृतिसभामा जनता उतार्न जिल्लामा उपलब्ध केन्द्रिय कमिटिका सदस्यहरु, जिल्ला कमिटिका पदाधिकारी सदस्य
लहान । बैज्ञानिक डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको लहानमा मधेश आन्दोलनका शहीदहरुको सम्झनामा आज बलिदानी दिवस मनाउन लागिएको छ । बलिदानी दिवसको अवसरमा प्रदेश दुईको प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ भने औपचारिक कार्यक्रमको समेत आयोजना गरेको छ । पहिलो मधेश आन्दोलनका पहिलो सहिद रमेश महतोको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते मधेशभरी बलिदानी दिवस मनाइन्छ । सोही अवसरमा लाहानस्थित सहिद रमेश महतोसहितको शालिकमा गठबन्धनका संयोजक डा.सीके राउतले माल्यार्पण गर्दै लहान स्थित रहेको पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने जनाइएको छ । यसअघि मधेसवादी दलले सरकारमा रहँद
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A