जिवछ उदासी लहान नगरपालिकाको १९ कटहा देखि लहान नगरपालिका हरिनगरा जाने ग्राभेल सडकमा कल्भर्ट निर्माण कार्य आइतबारदेखि सुरु भएको छ । लहान नगरपालिकाका उपप्रमुख सरियार कुमारी चौधरी र नेकपाका केन्द्रिय सदस्य गंगा प्रसाद यादवले संयुक्त रुपमा कल्भर्ट निर्माण कार्यको शिलान्ययास गर्नुभयो । शिलान्यास कार्यक्रममा केन्द्रिय सदस्य यादवले भन्नुभयो,काम पक्का हुनुपर्छ, उपभोक्ता समितिलाई स्थानीयहरुले पनि सहयोग गरेर निगरानी समेत गर्नुपरयो । यो सडक निर्माण गरेर लहान नगरपालिकाले सराहनीय काम त गरेकै थियो,यसमा कल्भर्ट निर्माण गरेर सडक झन दीगो हुने भयो । लहान नगरउपप्र
जिवछ उदासी लहान, जेठ ३१ गते । लहान १६ नम्बर वडामा रहेको ऐतिहासिक धार्मिक स्थल रजाजी जाने ट्राक खोल्ने प्रतिवद्धता लहान नगरप्रमुख मुनि साहले व्यक्त गर्नु भएको छ । तरेगना खोला माथि रहेको पहाड र जंगलको दुई घण्टा हिडेर पुग्ने राजाजी देव स्थल सम्मको बाटो (ट्राक) खोलि दिन तरेगनाका स्थानीहरुले माग गर्न थालेपछि शनिबार लहान नगरप्रमुख साह वन डिभिजन कार्यालय लहानका प्रमुख सुभाष चन्द्र दाससँग शनिबार तरेगना पुग्नु भएको थियो । स्थानीयहरुसँगको छलफलमा वन डिभिजन कार्यालय लहानका प्रमुख दासले ट्राक खोल्नु आपति छैन तर एउटापनि रुख काट्न मिल्दैन । रुख काट्नुभयो भने वन नीति विपरित हुन जान्छ, हामी कानुन अनुसार का
विहान १० वजेदेखि साँझ ६ बजेसम्म बजार खुल्ला रहने जिवछ उदासी लहान । केहि दिन यता लहान बजारका पसलहरु खुल्दा देखिएको भीडले कोरोना सङ्क्रमण वढ्न सक्ने सरोकारवाला निकायहरुले दिएको सुझावलाई ध्यानमा राखेर जनहितमा जारी सूचना र सामाजिक दुरी कायम नगरे कारवाही हुने निर्णय भएको लहान नगरपालिकाले जनाएको छ । लहान नगरपालिका नगरप्रमुख मुनि साहको कक्षमा वसेको शुक्रबारको बैठकले लहानमा लाग्ने सोमबार र शुक्रबारे हटियाको दिन लाग्ने भीडलाई नियणत्रण गर्न तरकारी र माछा बजारमा अनिवार्य मास्क लगाएको हुनुपर्ने, सामाजिक दुरीमा रहि खरिद बिक्री गर्नुपर्ने, लहानको मुख्य चोकदेखि दक्षिण लाग्ने तरकारी बजार पशुपति
जिवछ उदासी लहान, जेठ २९ गते । लहान नगरपालिका कृषि शाखाले लहान नगरपालिकाको सम्पूर्ण वडाहरुमा माटो परीक्षण कार्य सुरु गरेको छ । यस नगरपालिकामा माटो परीक्षण पहिलो पटक हुन लागेको हो । कृषि शाखाका प्रमुख प्रकाश साहका अनुसार यस नगरपालिकाको ग्रामीण भेगका वडाहरुमा भइरहेको कृषिलाई आधुनिकीकरण गर्नको लागि कृषकहरुमा शिक्षा चेतना र प्रशिक्षणको आवश्यक्ता रहेको छ । परम्परागत रुपमा अन्दाजीको भरमा खेतमा प्रयोग गरिरहेको रसायनिक मलको कारण खेतमा क्षयीकरण बढेर कुनैपनि वाली फष्टाउन सक्दैन । यस पटक ६ जना प्राविधिकले १३ दिन लगाएर माटो परीक्षण गर्न लागेको हो । लहान नगरपालिका कृषि शाखाक
जिवछ उदासी लहान । लहान नगरपालिकाको १ र २ को सीमाना रहेको भवरा नहरमा कल्भर्ट निर्माण कार्य अन्तिम चरणमा पुग्न लागेपछि स्थानीयहरु खुसी देखिएका छन् । प्रत्येक वर्ष लहानको मिलन चोकदेखि पश्चिम जाने नहर वर्षाको महिनामा भत्केर वर्षमा ६ महिना नै बाटो बन्द हुने नियति प्रत्येकवर्ष स्थानीयहरुले भोग्दै आइरहेको पीडा स्थानीय महिला मानव अधिकारवादी रेणु कर्णले पोख्दै कल्भर्ट निर्माणले आधा घण्टा समय लागाएर अन्य टाढाको घुमाउरो बाटो जानुपर्ने बाध्यताको अन्तय भई १० मिनेटमै लहानको मुख्य चोक पुग्न सकिने खुसी व्यक्त गर्नुभयो । कल्भर्ट निर्माण समितिका अध्यक्ष मनिलाल साहका अनुसार हामी स्थानीयहरुले लहान नगरप्र
सिरहा । जबरजस्ती करणी गरेको आरोपमा सिरहा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । गाउँकै एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा कल्याणपुर नगरपालिका ४ महोलियाका २२ वर्षीय हैदर मियाँलाई मिर्चैया प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका मियाँलाई आजै जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहामा दर्ता भई थप अनुसन्धान सुरु गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी विनोद घिमिरेले जानकारी दिए । घरमा सुतिरहेको अवस्थामा आइतबार राती भित्र पसि मियाँले युवतीको मुख छोपेर जबरजस्ती करणी गरेको युवतीको भनाई उद्रित गर्दै प्रहरीले बताएको छ । घटना आइतबारै भएपनि स्थानीयको दवावमा
जिवछ उदासी / फिरोज सिद्दिकी लहान । मंगलबार लहान नगरपालिकाका विभिन्न वडाका दस जना एकैदिन कोरोना जितेर घर फर्केका छन् । लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम सुन्दर यादवका अनुसार फर्केका लहान ७ का २१ वर्ष र लहान २४ का २० वर्षका युवक जनकपुरधाम उपमहानगरपालिका गोपाल धर्मशाला र वाँकी आठ जना धनगडीमाई ११ स्थित महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालबाट घर फर्केका हुन् । यसैगरी सिरहाको धनगडीमाई नगरपालिका ११ मा अवस्थित महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालबाट आज मंगलबार कोरोना सङ्क्रमित २० जना डिस्चार्ज भएको अस्पतालका प्रमुख सुभाष मण्डलले जानकारी दिनु भएको छ । उ
जिवछ उदासी लहान। केहि दिन यता लकडाउनलाई खुकुल्लो पारेकोले बजारमा अत्यधिक भीड देखिन थालेको छ । सामाजिक दुरीको पालना न गरी भइरहेको भीडले कोरोना संक्रमण बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गर्न थालेको हो । लहानमा शुक्रबार लागेको तरकारी बजार र माछा बजारमा भएको भीडले ठूलो जोखिम आउन सक्छ ठम्याएर लहान वडा न ५ का वडाअध्यक्ष सुलेमान अन्सारीले मंगलबार वडास्तरीय निर्णय गरी शुक्रबार र सोमबार लाग्ने लहानको हाट बजारमा भीड भाड नगरी सामाजिक दुरीको पालना र अनिवार्य मास्क लगाएर मात्रै आउन जनहितमा जारी सूचना प्रकाशित गरेको बताउनुभयो । लकडाउनले व्यापारीहरु ठूलो मारमा परेको भन्दै भद्
फिरोज सिद्दिकी लहान । मारवाडी सेवा समिति लहानले रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियोप्याथिक औषधी निःशुल्क वितरण गरेको छ । कोरोना भाइरसको महामारी फैलिएको समयमा होमियोप्याथिक चिकित्सा पद्दतीमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि मंगलवार मारवाडी सेवा सदन लहानमा निःशुल्क वितरण भएको हो । हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सँग लड्न रोग प्रतिरोधात्मक शक्ति वृद्धि गरेमा रोगबाट बच्न सकिन्छ भन्ने मान्यता रहेको छ । ‘सेवा परमो धर्म’ भन्ने ध्येयका साथ नेपाल राष्ट्रिय मारवाडी परिषद् र मारवाडी सेवा समिति काठमाडौंको सौजन्यमा वितरण गरिएको औषधि सबैले लिन स
जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ। निर्देशक समितिको सोमबार सम्पन्न बैठकले पिसीआर मेसिन सञ्चालनमा रहेको जनकपुर, वीरगञ्ज र राजविराजको प्रयोगशालामामा एक–एक र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब ‘सेटअप’ गर्ने एक गरी चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। समितिले परीक्षण तथा उपचारका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ। यसका साथै समितिले प्रदेशमा कोरोना परीक्षणलाई तीव्रता दिन थप ५० हजार भिटिए
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A