जिवछ उदासी लहान, लहान–३ स्थित लक्षमण ललिता कुशवाहा माध्उमिक विद्यालय रघुनाथपुरका विद्यालय व्यवस्था समतिका अध्यक्ष राम नारायण मेहताले पदभार ग्रहण गर्दै सबैको सहयोगमा नमूना विद्यालय बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । लहान नगरपालिकाकले अस्थायी विद्यालय वयवस्थापन समिति गठन गरी लक्षमण मेहताको अध्यक्षतामा मनोज यादव,अनिसा खातुन,रिना शर्मा र श्याम महतो सदस्य रहने गरी समिति गठन गरेर पत्र पठाएपछि शुक्रबार विद्यालयले आयोजना गरेको पदभार तथा शपथ ग्रहण कार्यक्रममा अध्यक्ष मेहताले यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो । शिक्षक विधाथी आचार संहिता लागु गराउने,त्रैमासिक सिकाइ उपलब्धी , बालमैत्री
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ । अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । उनका अनुसार यसबारे कोभिड–१९व्यवस्थापन सेन्टर ९सीसीएमसी० र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर यसबारे निर्णय हुन बाँकी छ ।
जिवछ उदासी लहान,चैत २३ गते । ४२ औ शिक्षक दिवसको अवसरमा सिरहा जिल्लाका ४८ जना शिक्षकहरुलाई नेपाल राष्ट्रिय शिक्षक संगठन सिरहाले एक कार्यक्रमको आयोजना गरेर दोसल्ला ओढाएर सम्मानित गरेका छन् । सम्मनित गर्दै राष्ट्रिय शिक्षक संगठन प्रदेश २ का अध्यक्ष सकल देव यादवले शिक्षण पेसालाई मर्यादित र आत्मनिर्भर बनाउनको लागि पेशालाई प्राथमिकतामा राखेर सामुदायिक विद्यालयहरुलाई सवल र सफल बनाउन लाग्नुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो,‘शिक्षकहरु आफ्नो पेसा विर्सनु हुँदैन । विद्यालयको समयमा उपस्थित भएर शैक्षणिक गतिविधिमा सक्रिय रहन जरुरी छ । शिक्षण पेसामा गौरवान्वित महसुस गरेर योगदान पुरयाएको अवकास प्र
जिवछ उदासी वाटरएड नेपाल र दलित जन कल्याण युवा क्लव लहान –१० को संयुक्त साझेदारीमा संचालित विकन परियोजना अन्तर्गत आधुनिक सुविधासम्पन्न शौचालय मर्मत निर्माणपछि लहान –१० स्थित रहेको श्री जनता आधारभूत विद्यालय बैरियागुँदीगाँउलाई एक औपचारिक कार्यक्रमबिच हस्तान्तरण गरेको छ । नौ लाख पन्ध्र हजार सात सय उन्नाईस रुपैयाँको लागतमा सम्पन्न सुविधा सम्पन्न शौचालय हस्तान्तरण कार्यक्रममा दलित जनकल्याण युवा क्लवका अध्यक्ष उमेश विसुन्केले विद्यालयको भौतिक संरचनाको लागि यत्रो सहयोग गरेर राम्रो कार्यमा लगानी गरेको अनुभूति भएको खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘विद्यालयमा शौचालय निर्माण भए
जिवछ उदासी नेपाल राहत शिक्षक संघका केन्द्रिय अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकको व्यवस्थापन गरी छाड्ने बताउनु भएको छ । प्रदेश २ को प्रथम अधिवेशनलाई जनकपुरको त्रिहुता गाछी स्थित मसला कटेजमा आयोजित खुल्ला सत्रलाई सम्बोधन गर्दै यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो । राहत शिक्षक भनेको योग्य र क्षमतावान भएपनि राज्यले यसको वयवस्थापनमा ध्यान दिन सकेको छैन । संघीय शिक्षा ऐनमा राहत शिक्षक उल्लेख गराउन, दरबन्दीमा लगेर स्थायीको प्रक्रियामा लैजान हाम्रो आन्दोलन जारी रहेको बताउनुभयो । अध्यक्ष अधिकारीले भन्नुभयो,‘४० हजार राहत शिक्षकहरुको व्यवस्थापन नगरी विश्राम लिइदैनौ । स्थायी हुनको लागि दरब
जिवछ उदासी लहान,सामुदायिक विद्यालयको सुधानरको लागि लहान नगरपालिका शिक्षा शाखाले सामुदायिक विद्यालयको सुधारको लागि सामुदायको साझा प्रयास आवश्यक रहेको लहान नगरप्रमुख मुनि साहले बताउनु भएको छ । लहान–१८ भदैया विसनपुरमा रहेको राजदेवी आधारभूत विद्यालयको दुई कोठे भवनको शिलान्यास तथा भूमि पूजा गर्दै प्रमुख साहले यस्तो बताउनु भएको हो । शैक्षिक गुणस्तर सुधारको लागि शिक्षकहरुलाई अनिवार्य आधारभूत तालिम,भौतिक पूर्वाधार निर्माण र लहान नगरपालिका शिक्षा शाखाले नियमित अनुगमनको पाटोलाई अघि बढाए पनि सामुदायले समेत उतिकै जिम्मेबारी बुझेर साझा प्रयास गरेमा सामुदायिक विद्यालयको सुधारमा समय नलाग्ने उहाँले व
जिवछ उदासी लहान, लहान नगरप्रमुख मुनि साहले सामुदायिक विद्यालयको सुधारको लागि शिक्षक शिक्षिकाहरु आफ्नो कार्यशैलीमा परिवर्तन गर्न सबैमा आग्रह गर्नुभयो । लहान–१८ भदैयामा रहेको राजाजी जनता आधारभूत विद्यालयको भवन शिलान्यास र आधारभूत विद्यालयबाट माध्यमिक विद्यालयमा परिणत नाम भएको बोर्डको उद्घाट्न गर्दै यस्तो बताउनु भएको हो । नगरप्रमुख साहले भन्नुभयो,‘चुनावमा गरेको चुनावी प्रतिवद्धताहरुमध्ये ९० प्रतिशत प्रतिवद्धता पुरा गर्न कार्यक्रमहरु अघि बढिसकेको छ । सामुदायिक विद्यालयको सुधार एक चुनौतीको रुपमा देखिएकोले सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरु आफूसँग भएको ज्ञान सीप कलाको प्
जिवछ उदासी लहान,सामु्दायिक विद्यालयको साँख उठाउन लहान नगरपालिकाले काम गरिरहेको नगरप्रमुख मुनि साहले बताउनु भएको छ । विजया दशमी दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना सहित लहान नगरपालिकाको प्रमुखद्वारा भवन शिलान्यास कार्यक्रको सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । लहान नगरपालिकामा रहेको ५९ वटै सामुदायिक विद्यालयहरु संस्थागत विद्यालयको तुलनामा राम्रो गर्नुपर्ने प्रमुख साहले भन्दै उत्तरी भेगमा सगरमाथा माविलाई नमूना विद्यालय बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको प्रष्टयाउनुभयो । उहाँले भन्नुभयो,‘उत्तरी भेगमा नमूना विद्यालयको रुपमा सगरमाथा माविका वयवस्थापन समिति , शिक्
समृद्धिपथ समाचारदाता, सिरहा । सिरहा जिल्लामा सञ्चालन गर्दै आएका सबै विद्यालयहरु अर्को निर्णय नभए सम्मकालागि बन्द गर्नु पर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो। जिल्ला भित्रका सबै विद्यालयलमा तत्काल शैक्षिक संस्था सञ्चालन नगरी विद्यार्थीहरुलाई विद्यालयमा उपस्थिति नगराइ वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गर्ने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनुभयो । कोरोना संक्रमणको जोखिम कायम जारी रहेको समयमा विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति गराइ पठनपाठन गर्दा जोखिम बढ्ने उहाँले बता
जिवछ उदासी लहान,असोज १५ गते । लहान नगरपालिका ५ मा शिवशक्ति महिला अवासीय विद्यालय निर्माण कार्य सुरु भएको छ । एक औपचारिक कार्यक्रमको बीच लहान नगरप्रमुख मुनि साह सुँडीले विहिबार शिलान्यास गर्नु भएको हो । कक्षा ८ देखि १२ कक्षासम्म संचालन हुने अवासीय विद्यालयमा ४० जना छात्रा र पढाउने शिक्षिकाहरुको समेत अवासीयको व्यवस्था हुने यस विद्यालयमा प्राविधिक धारतर्फको पहिलो महिला विद्यालयको रुपमा यस भेगकै पहिलो र नमूना विद्यालय भएको नगरप्रमुख साहले जानकारी दिनुभयो । शिक्षा क्षेत्रमा गौरवको परियोजना थालेकोले विद्यालय निर्माणदेखि संचालन कार्यमा स्थानीयहरुले अवरोध नपुरयाई सहयोग गर्न उहाँले आग्रह गर्दै बजारम
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A