काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी) ले लेबनान र प्यालेस्टाइनमाथि भइरहेको बर्बरतापूर्ण आक्रमण रोक्न माग गर्दै प्रदर्शन गरेको छ। बिहीबार काठमाडौंको माइतीघर मण्डलामा भएको प्रदर्शनमा संगठनले इजरायली आक्रमणको विरोध गर्दै लेबनान र प्यालेस्टाइनका जनताप्रति समर्थन र सहानुभूति प्रकट गरेको हो। विद्यार्थी संगठनले इजरायली आक्रमणका कारण लेबनान र प्यालेस्टाइनका जनताले भोगिरहेको दुःखदायी परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। साथै, इजरायल र लेबनानमा रहेका नेपालीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन नेपाल सरकारलाई पहल गर्न आह्वान गरेको छ। अनेरास्ववियू (क्रान्तिकारी) ले हमासको कब्जामा रहेको भनिएका नेप
जीवछ उदासी लहान,असोज २८ गते । मधेशमा शिक्षा जागरणको लागि अभियान थालेको इन्टेलेक्चुअल फाउन्डेसन नेपालले बोदे वरसाइन -८ काचनमा शिक्षाको महत्व र आवश्यकता विषयक विमर्श सम्पन्न भएको छ । मधेशको शिक्षाको स्तर दिनानुदिन खँस्किदैजानु,शिक्षामा अनुशासन र नैतिकता हराउँदैजानु,सामुदायिक विद्यालयप्रति अविश्वास बढ्दैजानु,अभिभावक सचेत नहुनु,विद्यालयका प्रअहरु विद्यालय सुधार योजना नबनाउनु,खाजा कार्यक्रममा प्रति विधार्थी १५ रुपैया अति न्युन हुनु,जनप्रतिनिधिहरुको चासो र बजेट सामुदायिक विद्यालयमा नदिइनु,शिक्षक कर्मचारी र जनप्रतिनिधिका बालबालिकाहरु सामुदायिक विद्यालयमा भर्ना नहुनु ,सामुदायिक वि
सम्पादकीय जीवछ उदासी पत्रकारिता समाजको आवाज हो । पत्रकारितालाई लोकतन्त्रको प्राणवायु पनि भनिन्छ । समाजको हरेक गतिविधि र सुचना सम्प्रेषण गर्ने पत्रकारको भूमिका बोल्ने शैली लेख्ने तरिका र हाउभाउ सबै सन्तुलित हुनुपर्छ। अहिलेको जमाना आएको छ । डिजिटलको जमानामा छिटो सुचना पाउने व्यग्र चाहना हुनुपनि स्वभाविकै हो । पत्रकारलाई मैले यसरी अर्थयाउने गरिरहेको छु । प: पहरेदार समाजको,त्र' त्रसित हुनु हुँदैन,का: काममा विश्वास गर्नु,र: रहस्य पता लगाउनु हो । पत्रकारिता जगतमा भएको विकाससँगै यसमा विकृति पनि भित्रिएकै हो । यसबारे पत्रकारिताको संरक्षण र विकास गर्ने संघ संस्थाहरुमा पनि यो विषय उ
फिरोज सिद्दिकी लहान । चाडपर्व नजिकिएसँगै बजार अनुगमनको औपचारिकता मात्र पूरा गर्न गरिएको कार्यले उपभोक्ता र व्यापारीहरू दुवै प्रभावित भएका छन्। सिरहाको लहानमा भैरहेको बजार अनुगमनलाई स्थानीयहरूले “भत्ता पचाउन मात्र गरिएको“ भन्दै आलोचना गरेका हुन्। अनुगमनकर्ताहरू र व्यवसायीहरूबीचको मिलोमतोले अनुगमनको विश्वसनीयतामाथि गम्भीर प्रश्न पनि उठाएको छ। चाडपर्व लक्षित अनुगमनमा ट्राफिक प्रहरीहरूले गर्ने सामान्य चेकजाँचजस्तै, बजार अनुगमनको नाममा उपस्थिति देखाइए पनि कुनै ठोस नतिजा आउने संकेत देखिएको छैन। बजारमा अत्यधिक मूल्यवृद्धि, गुणस्तरहीन सामानको विक्री र म्याद नाघेका वस्तुहरूको बिक्री जस्
सम्पादकीय जीवछ उदासी यस वर्ष घटस्थापना भएपछि बजार अनुगमन लहानमा भइरहेको छ । वर्षमा दसैको मुखमा हुने अनुगमनको सकारात्मक र नकारात्मक पक्षबारे सामाजिक सञ्जालमा निकै टिका टिप्पणी भएको छ । वर्षभरी सुतेर बस्ने चाडपर्वको मुखमा मात्रै अनुगमन हुनुले संशय उत्पन्न भएको छ । अनुगम हुनुहुँदैन यो पनि ठीक तर्क होइन । अनुगमन त निरन्तर भइरहनुपर्छ । अनुगमनको आफ्नै नियम र संहिता छ । अनुगमन हुनुभन्दा पूर्व बजारमा अनुगमन गरिने क्षेत्रलाई कैयन पटक सचेत पनि गराउन जरुरी हुन्छ । चेतना र सचेतनाको नाममा कुनै प्रयास नगर्ने एकासी अनुगमन गरियो भने व्यापारमा हुने भय त्रास र निरासाको सम्बोधन कसरी गर्ने ? यसकोणबा
जीवछ उदासी लहान, असोज २१ गते । नेकपा माओवादी केन्द्रका उप महासचिव तथा मधेशी राष्ट्रिय मुक्ति मोर्चाका इन्चार्ज मातृका प्रसाद यादवले नेकपा माओवादीलाई देश र मधेशको पनि पहिलो पार्टी बनाउने गरी लाग्न पार्टीको नेता तथा कार्यकर्तालाई आग्रह गर्नु भएको छ । मधेशी राष्ट्रिय मुक्ति मोर्चा सिरहा जिल्ला कमिटिले कर्जन्हा नगरपालिकाको कर्जन्हा बजारमा दसैं शुभदिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभयो । नेकपा माओवादी मधेसमा किन कमजोर भयो यसको समीक्षा नेतादेखि कार्यकर्तासम्म समीक्षा गरेर अघि बढ्नुको विकल्प नरहेको उहाँले
सम्पादकीय जीवछ उदासी यदि झिझिया सहि हो भने लहानको भाइरल बाबा पनि सहि हो । एउटा विकृति र अर्को संस्कृति । अन्धविश्वास र विकृतिलाई बढावा दलित विपन्न समुदायले चेतनाको आभावमा दिइरहेको छ भने केहि समुदाय विकृतिलाई संस्कृति हो भनेर भ्रमको खेति गरेर दुनो सोझ्याउदैछ । समाजको प्रगति ज्ञान विज्ञानबिना संभव छैन् । समाजमा धर्म र जातिको जहर घोल्नेहरु विकृतिलाई मलजल गरेर गरीव विपन्नलाई सधै गरीव र विपन्न बन्न भाग्यले नै हो भने बुझाउन खोजिरहेको छ जब कि यो सत्य होइन् । देशमा गणतन्त्र र संघीयता किन ल्यायौ यहि विकृतिको सहारामा शासन गर्नेहरुको मनोवल बढाउनलाई । एकपटक गम्भीर भएर सोचौ । शिक्षा स्वास्थ्य
लहान । तराई-मधेशको सांस्कृतिक पहिचान झिझिया नृत्य, विशेषतः दशैँ पर्वमा आयोजना हुने यो लोकनृत्य, अहिले आफ्नो मौलिकता गुमाउँदै अश्लीलतामा डुबेको आरोप लाग्न थालेको छ। विगतका वर्षहरूमा यो नृत्यले समाजमा सकारात्मक सन्देश दिने गथ्र्यो, तर हाल भोजपुरी र मैथिलीका अश्लील गीतहरूमा गरिएको प्रदर्शनले यसलाई एक किसिमको विकृतिमा रूपान्तरण गरिरहेको देखिन्छ। झिझिया नृत्यलाई तराई-मधेशका जिल्लाहरूमा निकै लोकप्रिय मानिन्छ। तर हाल त्यसको गीतहरूमा अश्लील शब्दहरूको प्रयोगले यसले समाजमा गलत सन्देश प्रवाह गरेको छ। युवा पुस्तामा यसको प्रभाव झन् गम्भीर हुन थालेको छ। नृत्यमा प्रयोग हुने गीतहरूमा बोक्सी र धामीजस्त
सम्पादकिय फिरोज सिद्दिकी हालै लहान बजारमा बजार अनुगमनले गति लिएको देखिएको छ। यसले उपभोक्ता स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न वस्तुहरू—खाना, मिठाई, तरकारी, पेय पदार्थ आदिको गुणस्तर जाँच गर्न महत्त्वपूणर् भूमिका खेल्दछ। बजार अनुगमन गर्नु भनेको केवल कानुनी बाध्यता मात्र नभई उपभोक्ताको स्वास्थ्य सुरक्षा गर्ने एउटा नैतिक जिम्मेवारी पनि हो। विशेषगरी खानेकुराको गुणस्तर र सुरक्षासँग सम्बन्धित प्रश्नहरूमा, यो अझै सान्दर्भिक र जरुरी बन्न जान्छ। तर प्रश्न उठेको छ, बजार अनुगमन केवल दसैंको समयमा मात्र किन हुन्छ? यो कार्य केवल चाडपर्वको बेला सीमित हुनु उपभोक्ताको लागि पर्याप्त सुरक्षा प
फिरोज सिद्दिकी लहान, असोज १८ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य आकाशिएको छ, जसका कारण उपभोक्ताहरू आर्थिक मारमा परेका छन्। तर पनि अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको सरोकारवाला एवम् सरकारी निकाय दसैंतिहार नजिकिन थाल्दा मात्रै बजार अनुगमनमा सक्रिय देखिन थालेका हुन्। यो वर्ष मात्रै होइन हरेक वर्ष लहानमा चाडपर्व दसैं अगाडिदेखि बजार अनुगमनको कर्मकाण्ड यही रुपमा चलिरहेको छ। अरु बेला कुम्भकर्ण जस्तो सुतेर बस्ने नियमनकारी निकाय चाडपर्वका बेला एकाएक चल्मलाउँछ। मानौं गुणस्तहीन खाद्यवस्तुले चाडपर्वमा मात्रै मानिसको स्वास्थ्यमा हानी गर्छन्। विगतमा जस्तै चाडपर्वको मुखमा आएर
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A