जीबछ उदासी लहान, चैत ७ । नेकपा एमाले केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज रामरति रामले लहान नगरपालिकाका सम्पूर्ण जन संगठनहरुलाई सक्रिय गरेर चुनावी तयारीमा लाग्न निर्देशन दिनु भएको छ । नेकपा एमाले लहान नगरकमिटिले आयोजना गरेको जन संगठनका इन्चार्ज तथा वडा कमिटिका अध्यक्षहरुको पूर्ण बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिनु भएको हो । कम्युनिष्ट पार्टीका जन संगठनहरु नामधारी मात्रै होइन, काम गर्ने किसिमको हुनुपर्नेमा जोड दिँदै सबैभन्दा नजिकको स्थानीय तहको निर्वाचन जित्नको लागि कामको रफ्तार बढाउन आवश्यक रहेको बताउनुभयो ।उहाँले भन्नुभयो,‘नेकपा एमालेले गरेका कामहरुलाई जनताको घरदैलोमा पुरयाएर मन म
काठमाडौं, चैत्र ७ । नेकपा एमालेले स्थानीय तह निर्वाचनका उम्मेदवारको मापदण्डमा हेरफेर गरेको छ । पोलिटब्यूरो बैठकमा आएका सुझावका आधारमा उम्मेदवार सिफारिस र निणर्यसम्बन्धी विधि र मापदण्डमा सामान्य हेरफेर गरेको हो ।यसअघि सचिवालय बैठकले वडाध्यक्ष र सदस्यको सिफारिस पालिका कमिटीले गरेर जिल्ला कमिटीले निणर्य गर्ने भनेको अब वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने प्रस्ताव भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकले बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत
जीवछ उदासी लहान,चैत ६ गते । नेपाल राष्ट्रिय शिक्षक संगठन लहान नगरपालिकाको दोस्रो अधिवेशनबाट जीवछ यादबको नेतृत्वमा १९ सदस्यीय नगर समिति गठन भएको छ । निर्वाचन समितिको संयोजक श्री बस्तीपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र प्रसाद यादवका अनुसार अधिवेशनको वन्द सत्रबाट सगरमाथा माविका शिक्षक जीवछ यादव अध्यक्ष,काहा आविका राम नारायण साह उपाध्यक्ष,सरस्वती आवि लहान-१३ की बिना बस्नेत महिला उपाध्यक्ष,लेखनाथ मावि लहान-२४ का प्रअ राम बिलेक्षण सिंह सचिव ,राजाजी मावि का प्रअ इन्द्रदेव चौधरी कोषाध्यक्ष, आवि लहान गोठ -९ की रेखा चौधरी सह सचिव र लक्षमण ललिता कुशवाहा मावि रघुनाथपुर -३ की सुज
जीवछ उदासी लहान,चैत २ गते । लहान नगरपालिका-७ मा नेकपा एमाले चुनाव जित्ने। वातावरण अनुकूल हुँदै जान थालेको नेकपा सल्लाहकार समिति सदस्य तथा सिरहा-१ क प्रदेशसभा सदस्य लगनलाल चौधरीले बताउनु भएको छ । नकपा एमाले वडा नम्बर-७ ले आयोजना गरेको होली मिलन कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । राष्ट्रियता समृद्धि र विकास नेकपा एमाले बाहेक अर्को कुनै दलले पुरा गर्न नसक्ने ठहर गरी एमाले पार्टीभित्र प्रवेशको लहर चलेको उहाँले बताउनुभयो । प्रदेशसभा सदस्य चौधरीले भन्नुभयो,'लहान नगरपालिका -७ मा सचेत मतदाताहरु भएकोले स्वविवेकले प्रयोग गरी लहान -७ मा एमाल
जीवछ उदासी लहान,फागुन २९ गते । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा मधेस प्रदेशका सह इन्चार्ज लिलानाथ श्रेष्ठ ले मधेस प्रदेशमा एमाले सबैभन्दा ठूलो दल हुने बताउनु भएकोछ । नेपाल वुद्धिजीवी परिषद् छैठौं जिल्ला अधिवेशनलाई गोलबजार चोहर्वामा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । देशैभरि एमालेमा प्रवेशको लहर चलेको भन्दै मधेस प्रदेशमा एमाले सबभन्दा बलियो र ठूलो पार्टी बन्ने निश्चित रहेको उहाँले दाबी गर्नुभयो । मधेसको समृद्धि एमाले बाहेक अरु दलले गर्न नसक्ने विश्वास मधेस प्रदेशको जनतामा हुन थालेकोले दिनहुँ प्रवेशको लहर चलेको नेता श्रेष्ठले बताउनुभयो । 'छिमेकी मुलुक भारतम
फिरोज सिद्दिकी, सिरहा । नेकपा एमाले आवद्ध नेपाल बुद्धिजिवी परिषद् सिरहाको छैठो जिल्ला अधिवेशनबाट भैरव प्रसाद गेलाल चयन भएका छन् । शनिबार सिरहाको चोहर्वा स्थित सामुदायिक भवनको सभा हलमा सम्पन्न अधिवेशनबाट गेलाल अध्यक्षमा चयन भएका हुन् ।त्यस्तै परिषद्को उपाध्यक्षमा रामबाबु यादव, सचिवमा भानु गौतम, सह-सचिवमा हेम शंकर यादव र कोषाध्यक्षमा ध्यानी मण्डल चयन भएका छन् । सदस्यहरुमा नथ्थु मण्डल, प्रलहाद बुढाथोकी, शिवनाथ यादव रहेका छन् भने सलाहकार परिषदको संयोजकमा सकल देव यादव चयन भएका छन् । सिरहाको प्रत्येक पालिकाबाट समेटिनेगरी समावेशी १९ सदस्य कार्य समिति बनाउने नेकपा एमाले सिरहा जिल्ला अध्यक्ष चन्दे
सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बिहीबार बिहान मादी नगरपालिका-६ को पुलुड्ड स्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो । ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको संखुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको डिएसपी सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जिवितै उद्धार गरिएको छ । स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब तीन सय मिट
जीवछ यादव लहान,फागुन २६ गते । नेपाली काँग्रेस सिरहाको १४ औ जिल्ला अधिवेशनमा नेतृत्वव चयनको लागि भएको मतदानमा व्यापक धाँधली भएकोले चुनावी परिणामलाई नस्वीकारी समान्तर कमिटि बनाउने रामसुन्दर चौधरी समूहले निष्कर्ष निकालेको छ । मंगलवार साँझ लहानमा पत्रकार समेलन मार्फत यस्तो जानकारी गराएको हो । रामचन्द्र यादव समूहका एक जनाले कैयो पटक मतदान गरेको,१७ सय मत मात्रै खसेकोबेला धाँधली रोक्न गरेको प्रयास सफल नभएपछि चुनाव बहिष्कार गरेको राम सुन्दर चौधरीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । प्रहरीको मिलोमतोमा मतदान केन्द्रलाई कब्जामा लिएर धाँधली गरिरहेको बेला रोक्न खोज्दा लहान नगर सभा
जीबछ उदासी लहान, फगुन २३ गते । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा मधेस प्रदेशका इन्चार्ज पूर्व कानून मन्त्री लिलानाथ श्रेष्ठले अर्लि इलेक्शनको नाँउमा स्थानीय चुनाव टार्न नहुने बताउनु भएको छ । नेकपा एमालेको प्रथम कल्याणपुर नगरपालिकाको अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । ‘पाँच दलीय परमादेशी सरकार स्थानीय चुनावबाट भाग्न अर्लि इलेक्शनको वाहानामा टार्न खोजिरहेको छ । गठबन्धन दलहरु एमालेबाट पराजित हुने भयले दिनहुँ षडयन्त्रको तानाबुना बुनिरहेको छ ।’, उहाँले बताउनुभयो । २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा सरकार बनेपछि विकासको ढोका खुलेको स्मरण गराउनु ह
जीबछ उदासी लहान, फागुन २२ गते । स्वस्थ्य रहन खेलकुद आवश्यक रहेको लहान नगरप्रमुख मुनि साहले बताउनु भएको छ । लहान नगरपालिका शिक्षा शाखाबाट आयोजित राष्ट्रपति रनिङग शील्ड प्रतियोगिता २०७८ लाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको छ ‘हाम्रो लहान,समृद्ध लहानको नारालाई कार्यान्वयन गर्न युवा विधार्थीहरुलाई नियमित खेलकुदको अभ्यास आवश्यक रहेको छ । यस आवश्यकतालाई पुरा गर्न नगरपालिककाले विगत देखि विविध कार्यक्रमहरु गर्दै आइरहेको छ ।’ उहाँले भन्नुभयो । फगुन २२ देखि २५ गते सम्म चल्ने लङगजम्फ, हाइजम्फ, दुई सय मिटर दौड र फुटवल प्रतियोगितामा लहान नगरपालिकाका दसवटा माध्यमिक विद्यालयहरु भाग
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A