काठमाडौं । हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्वीर अङ्कित हुलाक टिकट सार्वजनिक गरेको छ। विश्व हुलाक दिवस–२०२५ का अवसरमा विभागले आज एक विशेष कार्यक्रमको आयोजना गर्दै उक्त टिकटमा टाँचा लगाएको हो। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले टिकटमा टाँचा लगाएर औपचारिक रूपमा सार्वजनिक गरे। कार्यक्रममा मन्त्री खरेलले खेलकुदले मुलुकको अन्तर्राष्ट्रिय पहिचान र कूटनीतिक सम्बन्ध विस्तारमा पुर्याएको योगदानको प्रशंसा गर्दै हुलाक टिकटमार्फत नेपाली क्रिकेट खेलाडीको सम्मान गर्न पाउनु गौरवको कुरा भएको बताए। हुलाक सेवा विभागका अनुसार उक्त टिकटमा आईसीसी पुरुष विश्वकप र आई
भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई सही बाटोमा ल्याउन असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् पुनर्स्थापनाको माग लिएर अघि बढ्नुको विकल्प नभएको बताएका छन्। भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार संविधानविपरीत बनेको दाबी गर्दै तत्काल संसद् विघटन फिर्ता गर्नुपर्ने आवश्यकता औंल्याए। ओलीले भने, “मलाई विश्वास छ, कांग्रेसले पनि यही बाटोमा आफूलाई उभ्याउनेछ। अरू पार्टीहरू पनि यही बाटोमा अघि बढ्छन्। देशलाई लोकतान्त्रिक बाटोमा फर्काउन अरू बाटो छैन।” उनले असंवैधानिक निर्णयलाई समर्थन गरेर अघि बढे देश र संविधान दुबै अफ्ठेरोमा पर्ने चेतावनी दिए। अध्यक्ष
काठमाडौं । बारा र पर्सामा फैलिएको हैजा महामारी र पछिल्लो वर्षाको बाढीले सिर्जना गरेको उच्च जोखिमलाई मध्यनजर गर्दै ती जिल्लामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले असोजदेखि कात्तिक महिनासम्म “हैजा रोग विरुद्धको प्रतिकार्य खोप अभियान, २०८२” सञ्चालन गर्ने तयारी गरेको हो। परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै पर्सा जिल्लामा असोज २६ गतेदेखि र बारा जिल्लामा असोज २९ गतेदेखि खोप अभियान सुरु भई तिहारअघि सम्पन्न गरिने बताए। उनका अनुसार खोप अभियानले दुवै जिल्लाका उच्च जोखिम
जीवछ उदासी लहान,असोज १९ गते दुई दिनदेखि भइरहेको अविरल वर्षाको कारण देशका विभिन्न भागहरुमा धनजनको क्षति भएपनि लहान नगरपालिका भएर खुटी र बलानको बाढीबाट खतरामुक्त रहेको छ । लहान नगरपालिका -४ इस्लामपुर र सुन्दरपुर खुटी र बलान बग्ने दोभानमा विगत वर्षहरुमा आएको बाढीले कटान तीब्र रुपमा भएपनि हिजो र आजको वर्षाले कुनै असर देखिएको छैन् । बलान नदी पूर्वी किनारा सप्तरीतर्फबाट वग्ने धार बनाएपछि र इस्लामपुर र सुन्दरपुरमा बनाएको स्परले कटान नभएको स्थानीहरुले सुनाउनुभयो । स्थानीयहरुको अनुसार आज बिहानदेखि राहत महसुस गरिएपनि शनिबार राति बाढीले बस्ती नै बगाउने हो कि त्रा
इटहरी, असोज १३ गते । सवारी परीक्षण कार्यालय, इटहरीमा अनियमितता बढेको गुनासो बढेपछि संघीय सरकारले कार्यालय प्रमुख रोशन कुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई पदमुक्त गर्दै मन्त्रालयमा तानेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार दुबैजनाको जिम्मेवारी खोस्ने निर्णय गरेको हो। सेवाग्राहीसँग घुस असुल्ने, अनावश्यक दुःख दिने र राजस्वसमेत हिनामिना भएको आरोप लागेपछि मन्त्रालयले तत्काल कदम चालेको हो। कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजस्व हिनामिना भएको प्रारम्भिक आशंका मन्त्रालय स्रोतले जनाएको छ। कार्यालयमा दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारी स
दुबई। भारतले एशिया कप क्रिकेटको उपाधि नवौँ पटक जितेको छ। आइतबार राति दुबई क्रिकेट रंगशालामा सम्पन्न फाइनल खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो। पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। भारतका तिलक वर्माले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ६९ रनको पारी खेले। उनले ५३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए। बलिङतर्फ पाकिस्तानका फहिक असरफले ३ विकेट लिए भने शाहिन शाह अफ्रिदी र अब्रार अहमदले समान १–१ विकेट हात पारे। यसअघि टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तान १९.१ ओभरमै १४६ रनमा अलआउट भएको थियो। पाकिस्तानक
सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरणमा परेका १७ वर्षीय अभिषेक महतो मृत फेला परेका छन्। प्रहरीका अनुसार मंगलबार बिहान घरबाट करिब एक सय मिटर पूर्वस्थित आँपको बगैचामा उनको शव भेटिएको हो। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहका अनुसार हातखुट्टा बाँधिएको र शरीरमा एसिड खन्याइएको अवस्थामा शव फेला परेको हो। अभिषेक आइतबार राति खाना खाएपछि घर नजिकैको चोकमा हिँड्न गएका थिए। तर उनी घर फर्किएनन्। परिवारले रातभर खोजी गरे पनि नपाएपछि सोमबार बिहान प्रहरीले निवेदन दर्ता गरेको थियो। सोमबार बिहानै अपहरणकारी समूहले अभिषेकको आमाको मोबाइलमा ‘इमो’मार्फत पा
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिर निस्किएका छन्। जेनजी आन्दोलनको क्रममा नेपाली सेनाले उनलाई सुरक्षाको लागि नियन्त्रणमा लिइएको थियो। प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि २४ भदौदेखि ब्यारेकमा बस्दै आएका ओली अब सामान्य अवस्थामा बाहिर आएका हुन्। सुरक्षा स्रोतका अनुसार ओली अहिले भक्तपुरको गुण्डु सरेका छन्, जहाँ उनको बसाइका लागि भाडाको घर व्यवस्था गरिएको छ। बालकोटस्थित उनका निवासमा प्रदर्शनकारीले आगजनी गरेपछि उनी गुण्डु सरेका हुन्। एमाले पोलिब्युरो सदस्य महेश बस्नेतले ओलीलाई गुण्डु ल्याउने पहल गरेका थिए। बस्नेतले आगामी दिनमा ओलीलाई भव
फिरोज सिद्दिकी सिरहा । भगवानपुर गाउँपालिका कार्यालयले जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा हराएका तथा लुटिएका सामान फिर्ता गर्न आह्वान गरेको छ। गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै भदौ २४ गतेको आन्दोलनमा गाउँ कार्यपालिकाको कार्यालय र वडा नं. २ को कार्यालयमा भएको क्षतिको विवरण सार्वजनिक गर्दै ७ दिनभित्र सामान बुझाउन आग्रह गरेको हो। सूचना अनुसार सिसिटिभी क्यामेरा, कम्प्युटर, प्रिन्टरसहित कार्यालयका अन्य सर-सामान केही व्यक्तिहरूले लगेका वा प्राप्त गरेका हुन सक्ने भन्दै ती सामग्री गाउँ कार्यपालिकाको कार्यालय वा अस्थायी प्रहरी पोष्ट भगवानपुरमा बुझाउन अनुरोध गरिएको छ। गाउँपालिका अध
जनकपुरधाम । जनकपुरधाममा जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुट्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रहरीले सीसीटीभी फुटेज विश्लेषण गरी सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट लुटिएको एसएलआर राइफल फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार भदौ २४ गते बेलुका करिब ७ बजे मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयमा आन्दोलनकारीहरूले प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए। घटनामा सुरक्षामा खटिएका प्रहरीको एसएलआर राइफल एक थान र त्यस
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A