समाज

    Showing १-१० of ८५३ items.
  • दशैंमा दुलहीझैँ सिँगारियो लहानको दुर्गा मन्दिर, दर्शनार्थीको घुइँचो

    लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका–७ स्थित ऐतिहासिक दुर्गा मन्दिर झिलिमिली बत्ती र आकर्षक सजावटले दुलहीझैँ सिँगारिएको छ। मन्दिर परिसरदेखि प्रवेशमार्गसम्म गरिएको सजावटले भक्तजन तथा सर्वसाधारणलाई आकर्षित गरेको हो। नवनिर्मित मन्दिरको आकर्षक स्वरूप अवलोकन गर्न र दुर्गा भवानीको दर्शन गर्न विभिन्न स्थानबाट श्रद्धालुहरू पुगिरहेका छन्। मन्दिर परिसरमा पूजाआजा गर्ने भक्तजनसँगै तस्बिर खिच्ने तथा रील्स र टिकटक भिडियो बनाउने युवायुवतीको समेत उल्लेख्य भीड देखिएको छ। दशैंको धार्मिक उत्सवसँगै मन्दिरमा बढेको चहलपहलले लहानको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गरेको छ। आकर्षक सजावट

    • प्रकाशित मितिः असोज २३, २०८३
    • ४१ पटक पढिएको
    • समृद्धिपथ
  • ५ ग्राम ब्राउन सुगरसहित २० वर्षीय युवक पक्राउ

    सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरबाट प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–७ का करिब २० वर्षीय अजय कुमार यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत बन्दीपुरमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारीसाधन जाँचको क्रममा पक्राउ गरेको हो। पूर्वबाट पश्चिम पोखरातर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१–००१ ख ०२२१

    • प्रकाशित मितिः असोज १७, २०८३
    • ११० पटक पढिएको
    • समृद्धिपथ
  • जितिया पर्व सुरु, सन्तानको दीर्घायु र पारिवारिक सुख शान्तिको कामनामा महिलाको कठोर व्रत

    लहान । सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता तथा पारिवारिक सुख शान्तिको कामना गर्दै मिथिलाञ्चलमा मनाइने पवित्र जितिया पर्व शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छ। सिराहा, सप्तरी, धनुषालगायत मिथिला क्षेत्रका महिला आज ‘नहा खा’ अर्थात् नुहाएर खाने विधि पूरा गर्दै पर्वको धार्मिक अनुष्ठानमा सहभागी भएका छन्। जितिया पर्व विशेषगरी तराई मधेस क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायका महिलाले श्रद्धा र निष्ठापूर्वक मनाउने गर्छन्। पर्वका अवसरमा महिलाहरूले सन्तानको दीर्घजीवन, सुस्वास्थ्य, सफलता तथा परिवारको सुख शान्तिका लागि भगवान् जितमाहनको पूजा आराधना गर्दै कठोर उपवास बस्ने परम्परा छ।

    • प्रकाशित मितिः असोज १६, २०८३
    • ६५ पटक पढिएको
    • समृद्धिपथ
  • सिराहामा फेरि ठूलो परिमाणमा ११ क्विन्टलभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

    सिराहा । सिराहाको सुखीपुर नगरपालिका–१० गागनखोला क्षेत्रबाट सशस्त्र प्रहरीले एकैपटक ११ क्विन्टलभन्दा बढी प्रतिबन्धित गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा ठूलो परिमाणमा गाँजा बरामद भएपछि सिराहाबाट हुँदै आएको लागुऔषध ओसारपसारमाथि सुरक्षा निगरानी थप कडा भएको देखिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टरबाट प्राप्त विशेष सूचनाका आधारमा गण, गोलबजार र सुखीपुरबाट परिचालित २९ जनाको संयुक्त टोलीले सुखीपुर नगरपालिका–१० स्थित गागनखोला नजिक विश्वकर्मा चोक क्षेत्रमा कारबाही गरेको थियो। कारबाहीका क्रममा १ हजार १०२ किलो ६ सय ५५ ग्राम अर्थात् ११ क्विन्टल २.६५५ किलो

    • प्रकाशित मितिः असोज १५, २०८३
    • ८८ पटक पढिएको
    • समृद्धिपथ
  • विपन्न परिवारकी छोरीको विवाहका लागि युथ मुस्लिम वेल्फेयर सोसाइटीद्वारा ५० हजार सहयोग

    फिरोज सिद्दिकी  लहान । विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारका छोरीहरूको विवाहमा सहयोग गर्ने उद्देश्यसहित सामाजिक अभियान सञ्चालन गर्दै आएको युथ मुस्लिम वेल्फेयर सोसाइटी नेपाल, लहानले एक विपन्न परिवारलाई छोरीको विवाहका लागि आर्थिक सहयोग गरेको छ। सोसाइटीले लहान नगरपालिका–१८, शोभापुर निवासी मोहम्मद किस्मतलाई उनकी छोरीको विवाहका लागि नगद ५० हजार रुपैयाँ सहयोग गरेको हो। छोरीको विवाहका लागि आवश्यक खर्च जुटाउन आर्थिक समस्या भएपछि किस्मतले सहयोगका लागि युथ मुस्लिम वेल्फेयर सोसाइटीसँग आग्रह गरेका थिए। सोही आग्रहअनुसार सोसाइटीका अध्यक्ष इसरायल सिद्दिकीसहित पदाधिकारी तथा सदस्यहरूको उपस्थितिम

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ७७५ पटक पढिएको
    • समृद्धिपथ
  • निर्माण श्रमिकलाई सामाजिक सुरक्षामा जोड्न लहानमा सरोकारवालाको परामर्श

    फिरोज सिद्दिकी  लहान । निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउँदै उनीहरूको हक, अधिकार र श्रम सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले सिराहाको लहानमा सरोकारवाला परामर्श तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ। नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक-नेपाल) सिराहाको आयोजनामा ‘निर्माण श्रमिकहरूको लागि सामाजिक सुरक्षा पहुँचको प्रवर्धन र सुदृढीकरण’ विषयक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा निर्माण क्षेत्रमा कार्यरत श्रमिक, श्रमिक संगठनका प्रतिनिधि तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा क्यूपेक-नेपालका केन्द्री

    • प्रकाशित मितिः असोज ६, २०८३
    • २३५ पटक पढिएको
    • समृद्धिपथ
  • प्रकोपबाट जोगिन लहानका ३६ वटा विद्यालयहरुमा सचेतना

    जीवछ उदासी लहान असोज २ गते लहान नगरपालिकामा रहेका ५९ वटा सामुदायिक विद्यालयहरुमा प्रकोप र विपत्बाट जोगिन विद्यालय स्तरीय सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको छ । नेपाल भुकम्पीय जोखिममा ११ औं स्थानमा, बाढी जोखिममा ३० औं स्थान र जलवायु परिवर्तनको चौथो स्थानमा जोखिममा रहेकोले पूर्व तयारीको लागि यस्तो सचेतना कार्यक्रम चलिरहेको विकन परियोजना अन्तर्गतका विद्यालय सहजकर्ता नम्रता भट्टले जानकारी गराउनुभयो । उहाँको अनुसार २०७२ सालमा गएको विनाशकारी भूकम्प यहि भदौ १० गते रसुवा नुवाकोट र धादिङग जिल्लामा आएको विपतिमा भएको क्षतिले पूर्व तयारी र सचेतना आवश्यक छ । लहान नगरपालिकाको खुटी नदीको किनारमा रहेको श्र

    • प्रकाशित मितिः असोज २, २०८३
    • २८४ पटक पढिएको
    • समृद्धिपथ
  • प्रविधियुक्त र जस्तापातामुक्त विद्यालय बनाउने सांसद गुप्ताको प्रतिवद्धता

        जीवछ उदासी लहान,भदौ ३० गते  सिरहा निर्वाचन क्षेत्र नम्वर १ का सांसद लहान -१० स्थित श्री जनता माध्यमिक विदालय बैरिया गुदीगाँउको निरिक्षण गर्दै पनि प्रविधियुक्त र जस्तापातामुक्त विद्यालय भवन बनाउन पहल गरिने बताउनु भएको छ ।   स्थानीयवासीहरुको साथमा विद्यालयको निरिक्षण गर्दै सत प्रतिशत दलित विपन्नका बालबालिका मात्रै पढने यस विद्यालयमा रहेको जस्तापाता भएको भवन विस्थापित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,'चुनसवको बेला गरिएको सबै प्रतिवद्धता व्यक्त गर्न लागि परेका छौ । हामी लामो लामो भाषण होइन,छिटो छिटो काम गर्न जनताको मत पाएका छौ । '   

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • ४३४ पटक पढिएको
    • समृद्धिपथ
  • रसुवाका बाढीपीडितका लागि मदरसा हनफिया अनवारुल उलूमको ७५ हजार सहयोग

    फिरोज सिद्दिकी धनुषा । धनुषाको जनकनन्दिनी गाउँपालिका–२, बल्हागोठस्थित मदरसा हनफिया अनवारुल उलूमले रसुवाका बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ७५ हजार रुपैयाँ सहयोग गरेको छ। मदरसा हनफिया अनवारुल उलूमले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। रसुवालगायत विभिन्न क्षेत्रमा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको मदरसाले जनाएको छ। विपद्को समयमा पीडित नागरिकप्रति मानवीय ऐक्यबद्धता जनाउँदै गरिएको यस सहयोगले राहत तथा पुन

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • १०६ पटक पढिएको
    • समृद्धिपथ
  • राहत अभियानमा मस्जिदको शक्ति: सुनसरी मुस्लिम समाजद्वारा ६२ लाखभन्दा बढी सहयोग

    सुनसरी । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सञ्चालित ‘मस्जिदबाट राहत सहयोग अभियान’ ले सामुदायिक ऐक्यबद्धताको बलियो उदाहरण प्रस्तुत गरेको छ। अभियानअन्तर्गत सुनसरी मुस्लिम समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रबार ६२ लाख ४५ हजार ४९ रुपैयाँ दाखिला गरेको छ। विपत्तिको समयमा मस्जिद र समुदायमार्फत स्रोत परिचालन गरी राज्यको राहत प्रयासमा प्रत्यक्ष योगदान पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। सुनसरी मुस्लिम समाजको अभियानमा वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपाली मुस्लिमहरू आबद्ध ‘सुनसरी मुस्लिम समाज कतार’ले सम

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • १३६ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A