समाज

    Showing १६१-१७० of ८५३ items.
  • ‘प्रशासनिक कार्यको लागि समय र समर्पण आवश्यक हुन्छ’

    जीवछ उदासीलहान,पुस २४ गते । लहान नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले कार्यालय प्रमुखले कार्यालयमा दिइने समय र समर्पणको भावले काम गर्दा कार्यले गति लिइने कुरा बताउनु भएको छ । प्रशासकीय प्रमुख झाले आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताउनु भएको हो । आफू लहान नगरपालिकामा २०८१ बैशाख २५ गते आएपछि कार्यालयमा दिएको समय र समर्पणले कामले गति लिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘यस नगरपालिकामा विगत वर्षहरुको बेरुजु रकम करिव एक अर्वभन्दा बढी रहेको थियो । समपरीक्षण नभएको रकमहरुलाई लेखापरीक्षणका कार्यहरु अघि बढेको छ । आठ महिनामा १५ करोड अनलाइन समपरीक्षण भएको छ । का

    • प्रकाशित मितिः पुस २४, २०८१
    • ६६६ पटक पढिएको
    • समृद्धिपथ
  • लायन्स क्लब अफ फुलवारीद्वारा गढामा सन्देसमुलक कार्यक्रम

      जीवछ उदासी  लहान,पुस २३ गते ‌। लायन्स क्लब अफ फूलवारीको आयोजनामा दिपमाला र चन्दन गुप्ताको पुत्र नयनराज गुप्ताको जन्मोत्सवको अवसरमा लहान -२३ गढा स्थित श्री सरस्वती आधारभुत विद्यालयका विधार्थीहरुलाई शैक्षिक सामग्रीको रुपमा झोला वितरण गरिएको छ ।   विहान नौ बजेतिर लायन्स क्लब अफ फुलवारीका कार्य समितिका पदाधिकारी सदस्य र क्लवक चार्टर प्रेसिडेन्ट राकेश कुमार झा पुर्व वडाध्यक्ष कन्हैया प्रसाद गुप्ता वर्तमान वडाध्यक्ष बद्री नारायण यादव विद्यालयका प्रअ महेन्द्र प्रसाद यादव लगायत स्थानीहरुको उपस्थितिमा वृक्षा रोपण र शैक्षिक सामग्री सहित झोला वितरण गरिएको क्लवको अध्यक्ष शङक

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ६४९ पटक पढिएको
    • समृद्धिपथ
  • समता स्कुल लहानमा साहित्य उत्सव भव्य रूपमा सम्पन्न

    फिरोज सिद्दिकी  लहान । लहानस्थित समता स्कुलमा शुक्रबार चौथो संस्करणको 'समता साहित्य उत्सव' भव्यताका साथ सम्पन्न भएको छ। शिक्षा, कला र साहित्यलाई एकसाथ जोड्ने प्रयास गर्दै विद्यार्थीहरूलाई सिर्जनशील बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको आयोजकले जनाएको हो। कार्यक्रमको प्रमुख अतिथि पूर्व सांसद लगनलाल चौधरी र अध्यक्षता समता स्कुल लहानका प्रिन्सिपल कमल सिङ्तानले गरेका थिए।  कार्यक्रममा प्रमुख वक्ता कवि तथा अनुवादक निमेष निखिलले विद्यार्थीहरूलाई साहित्यलाई जीवनशैलीको रूपमा अपनाउँदै स्रष्टाका रूपमा अघि बढ्न प्रेरित गरे।   कार्यक्रम दुई चरणमा भएको थियो। पहिलो चरणमा लहान, राजविरा

    • प्रकाशित मितिः पुस २०, २०८१
    • ९८६ पटक पढिएको
    • समृद्धिपथ
  • लहानका मेयर र अधिकृतमाथि कुशासन र भ्रष्टाचारको आरोप

    लहान । लहान नगरपालिकाको ४४ लाख रुपैयाँ बक्यौता प्रकरणले हाल नगरवासीको ध्यान खिचेको छ। चौधरी इलेक्ट्रोनिक्सबाट उधारोमा लिइएको सामानको भुक्तानी २४ महिनासम्म रोकिएको घटनाले मेयर महेश चौधरी र प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाको भूमिकामाथि गम्भीर प्रश्न उठाएको हो। चौधरी इलेक्ट्रोनिक्सकी सञ्चालिका शिला चौधरीले आफ्नो सामानको रकम भुक्तानी नपाएपछि नगरपालिका प्रशासनमाथि आक्रोश पोख्दै हालै प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा पुगेकी थिइन्। “म अब सहन सक्दिन। भुक्तानी दिनुस्, नत्र मलाई पासो लगाएर मार्नुस्,” आक्रोशित स्वरमा उनले भनिन्। उनका अनुसार, नगरपालिकाले विद्युत सामग्री खरिद गर्ने क्रमम

    • प्रकाशित मितिः पुस २०, २०८१
    • २,३१७ पटक पढिएको
    • समृद्धिपथ
  • मधेश प्रदेशकी सांसद सहिदा खातुनमाथि कुटपिट र दुराचारको आरोप

    गोलबजार । मधेश प्रदेशकी सांसद सहिदा खातुन र उनको परिवारले गोलबजार नगरपालिका–१३, दुर्गापुरकी दीपत खातुन र उनका श्रीमान् नथुनी मियाँसहित परिवारका अन्य सदस्यहरूलाई कुटपिट गरेको आरोप लागेका छन्। पीडित पक्षले बुधबार पत्रकार सम्मेलन गर्दै सांसद खातुन, उनका श्रीमान् मो. हाकिम, छोरा दिल मोहम्मद र भाई मो. रहिमले ४० हजार रुपैयाँको विषयलाई लिएर कुटपिट गरेको बताएका हुन्। पीडित दीपत खातुनका अनुसार सांसद खातुनले आफ्नो छोराको नाम खुनी मुद्दाबाट हटाउन खर्च भएको ४० हजार रुपैयाँ माग गरेकी थिइन्। दीपत खातुनले उक्त विषयमा पञ्चायतमार्फत छलफल गर्न खोज्दा सांसद खातुन र उनका परिवारका सदस्यहरूले उनीमाथि हातपात

    • प्रकाशित मितिः पुस १७, २०८१
    • ७५४ पटक पढिएको
    • समृद्धिपथ
  • बेलायती राजदूत रब फेनको २२औं वैवाहिक वर्षगाँठ, मिथिला परम्परा अनुसार मनाए

    जनकपुरधाम । नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले जनकपुरधाममा हिन्दू परम्पराअनुसार २२औं वैवाहिक वर्षगाँठ विशेष रूपमा मनाएका छन्। त्रेतायुगमा भगवान राम र माता सीताले जनकपुरमै विवाह गरेको ऐतिहासिक महत्व बोकेको यस पवित्र भूमिमा वर्षगाँठ मनाउन पाउँदा दम्पती अत्यन्तै हर्षित देखिए। फेन दम्पतीले मिथिलामा विवाहको स्वयंवरका बेला बेहुला र बेहुलीले पहिरिने पारम्परिक भेषमा सजिएर समारोह मनाए। राजदूत रब फेनले बेहुलाका लागि विशेष फूलको वरमाला र मौर पाग लगाएका थिए भने उनकी धर्मपत्नी जुलिया फेनले मिथिलामा दुलहीका लागि सौभाग्य सूचक रातो सारी र चुनरी पहिरिएकी थिइन्। जानकी मन्दिरका सह

    • प्रकाशित मितिः पुस १४, २०८१
    • ५१२ पटक पढिएको
    • समृद्धिपथ
  •  'श्रम नगर्ने कम्युनिष्ट नै होइन'

                     जीवछ उदासी लहान,पुस १३ गते । समानुपातिक सङघीय सांसद गङगा प्रसाद यादव संसद नचेलेको बेला खेतिपातीको काममा व्यस्त रहँदै किसानको समस्या खेतमै सुन्ने गरिरहनु भएको छ । किसानको छवि रहेको नेता यादव संसद नचलेको समयमा उहाँ गाउँ आएको बेला खेतिपातीको काममा लागेर नियमित श्रम गर्ने कार्यलाई निरन्तरता दिइ रहनु भएको छ । २०४३ सालमा जनपक्षीय उम्मेदबार भएर उप्रधानपञ्चबाट राजनीति सुरु गर्नु भएको सांसद यादव २०५४ सालमा बस्तीपुर गाँउपालिका अध्यक्ष र २०७४ सालमा नेपाली काँग्रेसका बौद्धिक नेता प्रदिप गिरीसँग नेकपा एमालेको उम्मेदबार भएर थोरै मतले पराजित हुन

    • प्रकाशित मितिः पुस १३, २०८१
    • ७०८ पटक पढिएको
    • समृद्धिपथ
  • ‘घोङ्गी खान भोटियाटोल जाने लर्को

    जीवछ उदासी लहान,पुस ४ गते । लहानको मुख्य चोकदेखि दुई किलोमिटर पश्चिममा रहेको भोटियाटोल चोकमा खुलेका आधा दर्जन होटेलहरुमा घोङगी खान वेलुका लर्को नै लागेको हुन्छ । घोङ्गी खाने रहर जाग्यो भने लौ जाउ घोङ्गी खान भोटियाटोल भने भनाइ नै भएको छ । उमेश साह र दिनेश साहले एक दशकभन्दा बढी समयदेखि भोटिया टोलमा चलाई रहेको होटेलमा अहिले घोङगीको खपत पहिलेको तुलनामा हवातै बढेको छ । उमेश साह भन्नुहुन्छ,‘भोटिया टोल चोकमा खुलेको आधा दर्जन हेटेलहरुमा दिनको एक क्विनटल घोङ्गी खपत भइरहेको छ । स्थानीय र छिमेकी जिललाबाट आउने घोङगीले पुग्थ्यो । अहिले भारतको विहारबाट घोङ्गी मगाउनु परिरहेको छ ।’ प्रति पलेट ७

    • प्रकाशित मितिः पुस ४, २०८१
    • ७८८ पटक पढिएको
    • समृद्धिपथ
  • पत्रकारितालाई मर्यादित बनाउने सङ्कल्प

    जीवछ उदासीलहान,३ गते । नेपाल पत्रकार महासङ्घको २७ आंै अधिवेशनबाट सिरहा शाखाबाट निर्वाचित पत्रकारहरुले सिरहाको पत्रकारतिलाई मर्यादित बनाएर उचाइमा पुरयाउने साझा सङ्कल्प गरेका छन् । निर्वाचन समिति सिरहाले सोमबार आयोजना गरेको प्रमाणपत्र वितरण र सम्मान कार्यक्रममा प्रमाणपत्र र सम्मान ग्रहण गर्दै निर्वाचित पत्रकारहरुले यस्तो सङ्कल्प गरेका हुन् । सिरहा शाखाका चार पटक अध्यक्ष हुनु भएको प्रमुख अतिथि दिनेश्वर प्रसाद गुप्ताले पत्रकारहरुले आवाज विहिनहरुको आवाज उठाउन साझा सङकल्प लिएर अघि बढ्न आग्रह गर्नुभयो ।‘सिरहा जिल्लाको पत्रकारिताको धार परिवर्तनको पक्षमा भएपनि आपसी खिचातानीले सङगठित रुपमा आवाज

    • प्रकाशित मितिः पुस ३, २०८१
    • ४६१ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षक जीवछ यादवको लगातार सरुवाप्रति प्रश्न, अन्यायमा परेको गुनासो

    फिरोज सिद्दिकी  लहान । सिरहाको लहान नगरपालिकाका राहत शिक्षक जीवछ यादवलाई एक वर्षको अवधिमा चार पटक सरुवा गरिएको घटनाले विवादको रुप लिएको छ। शिक्षक यादवले यसलाई आफूप्रति अन्यायपूर्ण व्यवहारको संज्ञा दिँदै न्यायका लागि अपिल गरेका हुन्। यादवलाई सुरुमा बेतहा विद्यालयमा सरुवा गरियो। केही समयपछि उनलाई बथनाहा पठाइयो। त्यहाँबाट फेरि गुदिगाउँ सरुवा गरिए। तर, हाल उनलाई दरबन्दी नै हटाएर भसुवा सरुवा गरिएको छ। यादवले यो प्रक्रियालाई नियोजित र प्रतिशोधपूर्ण भन्दै नगरपालिकाको निर्णयको विरोध गरेका छन्। शिक्षक यादवले अन्यायपूर्ण सरुवाले आफ्नो व्यक्तिगत र पारिवारिक जीवनमा गम्भीर असर पारेको बताएका छन्। उन

    • प्रकाशित मितिः पुस १, २०८१
    • ७६८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A