फिरोज सिद्दिकी लहान । नेपाल उद्यमी व्यवसायी कल्याणकारी संघ, लहान सिरहाले एक विज्ञप्ति जारी गर्दै नेपाली अर्थतन्त्रमा गम्भीर आरोप लगाउदै नेपालको अर्थतन्त्र वित्तीय माफियाको नियन्त्रणमा रहेको भन्दै संघले १५ सयभन्दा बढी साना उद्यमी, किसान र समाजसेवीले आत्महत्या गरेको आरोप लगाएका छन् । बुधबार सिरहाको लहानमा पत्रकार सम्मेलन गर्दै जारी गरिएको प्रेस विज्ञप्ति मार्फत सो आरोप लगाएका हुन् । संघका अध्यक्ष खडग नारायण चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- बैंक तथा वित्तीय संस्थाहरुको कारण लाखौं महिला घरबारविहीन भएका छन् भने १० लाखभन्दा बढी साना किसान र व्यापारीहरू जीविकोपार्जनका साधनबाट वञ्चित भए
जीवछ उदासीलहान समाचारदातालहान,भदौ ३ गते । लहान नगरपालिका –२४ सलहेस धार्मिक पर्यटकीय क्षेत्र रहेको मानिकदहको उत्तरी डिलमा रहेको झाुटकी गाउँका ५० घरपरिवार सिङिगै गाउँ लालपुर्जाविहिन रहेका छन् भने गाँउकी दुखनी सदायको सिङगै परिवार नागरिकता विहिन रहेको छ । गाउँलेलाई बस्ने जमीनको लालपुर्जा नभएर चिन्तित छन् भने दुखनीको परिवारको पाँचै जनाले नागरिकता नहुँदा सरकारी सुविधा र सामाजिक सुरक्षा भताबाट बञ्चित भएका छन् । ७० वर्षिय दुखनी सदाय आफू कति दिन नै बाँच्ने ? छोरा राजकुमार सदाय नाति र बुहारीहरु समेत नागरिकता नपाएको पीडाले छटपटाइ रहेको उहाँले पीडा पोख्नुभयो ।‘गाउँमा मेरै उमेरका दस जनाले बृद
जीवछ उदासीलहान,भदौ २ गते । कृषकहरुले माग गर्दै आइरहेको शीतभण्डार निर्माणको माग पुरा गर्न मधेश प्रदेश सरकारको अनुदान सहयोगमा लहान–११ पडरियामा शीतभण्डार निर्माण कार्यको शिलान्यास भएको पाँच वर्षभन्दा बढी समय बितिसक्दापनि निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । तत्कालिन प्रदेश न २ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले २०७५ साल फागुन ११ गते एक सार्वजानिक कार्यक्रमकोबीच शिलानयास गर्नु भएको थियो । शीत भण्डार निर्माणको लागि शुभ नारायण कृषि व्यवसायिक फार्म विषणुपुर –१ खुरहुरीया सप्तरीको साझेदारीमा निर्माण कार्य सुरु भएको थियो । शीतभण्डार निर्माणको लागि लहान
जीवछ उदासीलहान, साउन २९ गते । तराई मधेशको जिल्लाहरुमा दाइजोप्रथा सनसनी रुपमा बढिरहेको छ । यसको अन्तय हुनेपर्ने चर्चापनि त्यतिकै भइरहेको छ । जातीय संघ संस्थाहरु आफ्नो मान सम्मान र पहिचानको लागि करौडौं चन्दा सङकलन गरेर भवन सदन निर्माण गरेपनि दाइजो हटाउन गम्भीर नभएको चर्चाले गति लिइरहेको छ । मधेश प्रदेशको ठूला शहरहरुमा दलित समुदाय बाहेक अरु समुदायहरुको भवन र सदन निर्माण भएको छ, यस्ता भवन निर्माणको लागि करोडौं खर्च भएको देखिन्छ । भवन निर्माणको लागि सुरुवाती हुँदा यसले जातीय विकृतिहरुलाई अन्तय गर्ने विश्वास समेत लिएको थियो तर जातीय र समाजिक विकृतिको रुपमा रहेको दाइजो प्रथा हटाउन कुनै पहल नै नभएको
जीवछ उदासी लहान साउन २० गते । नेपाली काँग्रेसको नेता बिमलेन्द्र निधिले वरिष्ट चर्चित शास्त्रीय संगीतका साधक गुरुदेव कामतको योगदानको कदर गर्दै राष्ट्रिय शोक मनाउनुपर्ने बताउनु भएको छ । शनिबार नेता निधि कामतको गृह गाउँ लक्मीपुरपतारी पोखरभिण्डा निज निवास पुगेर कामतका परिवारजनसँगै भेटेर यस्तो बताउनुभयो । नेता निधिले भन्नु यो,' श्रद्धाञ्जली दिन मात्रै होइन,क्षमा माग्न पनि आएको छु । कामतको स्वास्थ्य उपचार गराउने जिम्माेवारी सरकारले लिनु पर्दथ्यो । साताको वरिपरि हामी छौ तर समयमा जानकारी हुन नसक्दा यो जिम्मेबारीबाट चुकेका छौ । ' काठमाण्डौको नाँचघरमा एक
जीवछ उदासी लहान,साउन १३ गते । शौण्डिक चौरासी समाजको सम्पन्न चौथो महाधिवेशनबाट लहान नगरपालिकाको पूर्व नगरप्रमुख मुनि साह पुन: अध्यक्ष पदमा चयन हुनु भएको छ । १७ सदस्यीय केन्द्रिय समितिको उपाध्यक्षमा क्रमश: मनमोहन साह,राम जतन साह,किशोर कुमार साह,जय प्रकाश चौधरी सुरेश चन्द्र सुमन महासचिवमा सन्तोष साह,सचिवमा भरत कुमार साह, कोषाध्यक्षमा रामएकवाल साह,सह कोषाध्यक्षमा नागेश्वर चौधरी सदस्यहरुमा क्रमश: राम चन्द्र साह,कमल प्रसाद साह,पशुपति साह,महेन्द्र साह,रामएकवाल साह,राम विलास शरण र ओम प्रकाश साह रहेका छन् । साउन ११ र १२ गते लहानको मारवाडी सेवा सदनको सभा हलमा सम
फिरोज सिद्दिकी ११ श्रावण, लहान । शौण्डिक समाजको उत्थान, पहिचान र सम्मानका लागि शौण्डिक चौरासी समाजको चौथो महाधिवेशन-२०८१ सुरु भएको छ । श्ुक्रबार सिरहाको लहान स्थित मारवाडी सेवा समितिको सभाहलमा समाजको केन्द्रिय महाधिवेशन सुरु भएको हो । समाजको चौथो महाधिवेशन समुद्घाटन समारोहका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले महाधिवेशनको उद्घाटन गर्दै स्वजातिय विकासको लागि एकताबद्ध हुनु पर्ने बताउनु भयो । उहाँले समाजको लागि सबै मिलेर अघि बढेमा आर्थिक, समाजिक, राजनीतिक र संस्कृति क्षेत्रको उजागर गर्नका लागि महत्वपूणर् भुमिका खेल्ने बताउनु भयो । नेपा
मिर्चैया । दलित समुदायका पत्रकारहरूले आफूहरूलाई पत्रकारितामार्फत अघि बढ्न चौतर्फी चुनौती पार गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । उसै त आर्थिक अवस्था कमजोर रहेको परिवेशमा जातीय भेदभाव तथा छुवाछूत जस्ता समस्याले पेसा गर्न बाधा पु¥याएको उनीहरूको दाबी छ । दलित समुदायका व्यक्तिलाई पत्रकार नै नमान्ने गैरदलित चलनका कारण पनि यो पेसामा टिक्न गाह«ो भएको उनीहरूको भनाइ छ । युएसएआइडी नेपालको आर्थिक, द एसिया फाउन्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको प्राविधिक सहयोगमा मधेस प्रदेशमा सञ्चालित युएसएआइडी सिभिक सोसाइटी एन्ड मिडिया एक्टिभिटी अन्तर्गत दलित समुदायका नागरिक समाज, जनप्रतिनिधि र प
निर्मला दाहाल मिर्चैया । मधेश प्रदेशका दलित नागरिक समाज सञ्जालका पदाधिकारीहरूको लागि क्षमता विकास तालिम सुरु भएको छ।सिरहाको मिर्चैमा यूएस एड नेपालको आर्थिक सहयोग, द एसिया फाउण्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको आयोजनामा कार्यक्रम सुरु भएको हो । दलित नेतृत्व नागरिक समाजहरुको सस्थागत क्षमता अविवृद्धि र दलितका लागि राज्यले दिएको अधिकारहरू प्राप्तिको गर्ने उद्देश्यले तालिम संचालन गरिएको कार्यक्रम अधिकृत अजेन्द्र दासले जनाकारी दिनु भयो । त्यस्तै तीन दिनसम्म चल्ने तालिममा सहभागीहरुलाई समूदायमा आधारित संगठन सम्बन्धी कानूनी व्यवस्था बारे अवगत गराउने, दलित अभियानकर्मीहरुलाई आशक्तिकारणका
जीवछ उदासी लहान,असार २७ गते । लायन्स क्लव अफ फूलवारीले सामुदायिक विद्यालयको खुल्ला ठाउँमा वृक्षारोपन कार्यलाई अघि बढाएको छ । पर्यावरण दिवसको अवसरमा सुुरु गरिएको वृक्षारोपन कार्यलाई सताव्यापी रुपमा अघि बढाएको हो । क्लवका अध्यक्ष शङकर प्रसाद गुप्ताको अनुसार वातावरणको दिवसको अवसरमा सुरु गरिएको वृक्षारोपन कार्यक्रम अन्तर्गत बुधवार लहान-१७ स्थित श्री जनता आघारभूत विद्यालय बलानसेर -१७ मा अम्बा आँप गुलमोहर लगायत वातावरणमैत्री विरुवा रोपिएको हो । विद्यालयमा क्लबबाट विरुवा रोपेर ठूलो गुण लगाएको त्यस विद्यालयका प्रधानाध्यापक मदन मण्डलले बताउनुभयो । अति विपन्न ग
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A