काठमाडौँ । रोजगारीका लागि कतारमा नयाँ श्रम स्वीकृति लिएर जानेका लागि बाटो खुलेको छ । यसअघि बिदामा गएकालाई लिँदै आएको कतार सरकारले अघिल्लो साता सूचना निकालेर नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन गर्नसक्ने बताएसँगै नेपाली श्रमिकका कतार जाने बाटो खुलेको हो । कतारस्थित नेपाली दूतावासले पनि आइतबारदेखि नयाँ मागपत्र प्रमाणीकरणको काम थाल्ने जनाएको छ । कतार सरकारको सूचना आएसँगै दूतावासले नयाँ मागपत्र प्रमाणीकरण थाल्ने जानकारी गराएको हो । कोरोनाका कारण यसअघि कतारले नेपालसहित विभिन्न देशलाई उच्च जोखिमको सूचीमा राखेको थियो । उच्च जोखिममा राखेको देशका नागरिकका लागि कतार सरकारले नय
जिवछ उदासी लहान,लहान नगरपालिका विकन परियोजना अन्तर्गत वाटरएडको सहयोग र दलित जनकल्याण युवा क्लवको सक्रियतामा विहिबार लहान ११ पडरियामा दलित बस्तीमा लहान नगरप्रमुख मुनि साह सुँडलिे निर्मित आधुनिक शौचालय एक कार्यक्रमकोबीच विहान हस्तान्तरण गर्नु भएको छ । दिउसो खुटी खोलाको डिलमा लहान ४,५, र ६ नम्बरका गरवि दलितहरुले प्रयोग गर्ने उद्येश्यले अर्को शौचालय निर्माणको शुभारम्भ उहाँले गर्नु भएको छ । लहान ११ पडरियामा पासमान र सदाय समुदायका ३० घर परिवारको लागि २८ लाखभन्दा बढीको लागितमा निर्मित शौचालयले खुल्ला दिसामुक्त अभियानबाट पूर्ण सरसफाइको लागि बाटो खोलि दिएको प्रमुख साहले बताउनुभयो । उहाँले भन्नुभयो,
जिवछ उदासी लहान,लहान नगरपालिका प्रमुख मुनि साहले खेलकुदको माध्यमबाट समाजिक एकता र सदभावलाई मजबुत बनाउन सकिने बताउनु भएको छ । लहान ११ का पिडरबोनी फुटबल क्लवले आयोजना गरेको प्रथम पि एफ सी फुटवल प्रतियोगिताको उद्घाट्न गर्नु हुँदै यस्तो बताउनु भएको हो । उद्घाटन समारोहमा नगरप्रमुख साहले भन्नुभयो, ‘पिडरबोनीको युवाहरुमा समाजको प्रगति एकता र सद्भावको भावना कायम गर्न खेलकुदको माध्यमकाट अघि बढ्न खोजेको छ जुन अन्य सामाजको लागि प्रेरणाको श्रोत पनि हो ।’ फुटबल खेलप्रति पुनः युवाहरुमा चासो देखिएको नगरप्रमुख साहले भन्दै फ्ुटबल खेललाई बढाबा दिन २४ वटै वडामा नगरपालिकाबाट प्रोत्साहित गर्ने सोच
जिवछ उदासी लहान,सिरहा सुसखीपुर निवासी लुम्बिनी प्रदेशप्रमुख धर्मनाथ यादवले याृेजनावद्ध परिश्रमलेमात्रै भाग्य फेरिने बताउनु भएको छ । लहान नगरपिालिका १३ नम्बर वडाले आयोजना गरेको गएको दशैं आउनै लागेको दिपावली र छठपर्वको अवसरमा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । प्रत्येक वर्ष गरीव धनी र गरीवले लक्ष्मीपूजा गरेपनि गरीव झन् गरीव हुँदैजानु र धनि झन सम्पन्न हुँदै गइरहेकोले व्यक्तिगत , सामाजिक र देशकै भाग्य भविष्य बदलिनको लागि योजनाबद्ध परीश्रम गरेमात्रै भाग्य बदलिने प्रमुख यादबले बताउनुभयो । दशैंमा सत्यकर्म गनेर्् संकल्प लिनुपर्छ भने दिपावली लक्ष्मीपूजाले अज्ञानरुपी अन्ध
दुर्गा परियार, लहान । जिल्ला सरकारी वकिल कार्यालय सिरहा, नवराजपुर गाउपालिका, इलाका प्रहरी कार्यालय महेशपुर पतारीको आयोजना र इन्सेक, ओरेक, मुत्ति नेपाल र समग्रजनउत्थान केन्द्रको सहकार्यमा बुधबार महिला हिंसा तथा बोक्सीको आरोप सम्बन्धी कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । बढदो महिला हिंसा र बोक्सीको आरोपमा महिलाहरु माथी भैरहेको दुरव्यवहार कम गर्न कानूनी ज्ञान प्रदान गर्न इन्सेक लगायत अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरुको सहकार्यमा जिल्ला सरकारी वकिलको कार्यालयले नवराजपुर गाउपालिकामा कार्यक्रम संचालन गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि नवराजपुर गाउपालिकाको उपाध्यक्ष शोभा यादवले आफनै गा
जिवछ उदासी लहान, कातिक २३ गते । युवाहरु समाजको विकासको लागि र सामाजिक विकृति हटाउन रचनात्मक कार्य गरिरहे लहान नगरपालिकाबाट सहयोग भइरहने लहान नगरपालिका प्रमुख मुनि साहले बताउनु भएको छ । लहान नगरपालिका ११ पिडरबोनीमा स्थानीय पडिरबोनी फुटवल क्लवका युवाहरुले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । नगरप्रमुख साहले भन्नुभयो,‘म लहानको समृद्धि र विकासको लागि ललायिात छु । विकासको माहोल बनाउन युवाहरुमा रचनात्मक सोच आवश्यक छ जुन सोच पीडरबोनीका युवाहरुमा पाए । तपाई युवाहरु रचनात्मक कामहरुको थाल्नुी गर्नुस मेरो आवश्यक्ता जतिवेला महसुस हुन्छ, एक कल फोन गर्
जिवछ उदासी लहान, नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले गोलबजार नगरपालिका ७ मा सुविधा सम्पन्न १५ शैयाको अस्पताल र असाहय वृद्ध सेवा सदन भवनको शिलान्यास गर्नु भएको छ । शिलान्यास कार्यक्रममाा मन्त्री श्रेष्ठले स्थानीय तहबाट भ्याउने स्थानीय कामहरु स्थानीय तहले गर्ने , मझौला कामहरु प्रदेश सरकारले र ठूला कार्यहरु संंघीय सरकारबाट गरिने बताउनुभयो । उहाँले भन्नुभयो,सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अस्पताल वृद्धा आश्रम निर्माण गरेर यस भेगका जनाताको लागि नगरपालिकाले राम्रो कार्यको थालनी गरेको छ । शिलान्यास भएपछि दु्रत गतिमा निर्माण कार्य सम्पन्न होस् । नौ करोड मूल्य
जिवछ उदासी लहान,सामु्दायिक विद्यालयको साँख उठाउन लहान नगरपालिकाले काम गरिरहेको नगरप्रमुख मुनि साहले बताउनु भएको छ । विजया दशमी दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना सहित लहान नगरपालिकाको प्रमुखद्वारा भवन शिलान्यास कार्यक्रको सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । लहान नगरपालिकामा रहेको ५९ वटै सामुदायिक विद्यालयहरु संस्थागत विद्यालयको तुलनामा राम्रो गर्नुपर्ने प्रमुख साहले भन्दै उत्तरी भेगमा सगरमाथा माविलाई नमूना विद्यालय बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको प्रष्टयाउनुभयो । उहाँले भन्नुभयो,‘उत्तरी भेगमा नमूना विद्यालयको रुपमा सगरमाथा माविका वयवस्थापन समिति , शिक्
सिरहा । नेपाल सारकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सिरहा ३ का सांसद लिलानाथ श्रेष्ठ नियुक्त हुनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त हुनु भएका श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका हुन् । शितल निवासमा आयोजित समारोहमा सिफारिस गरिएका तीन जनाले पद तथा गोपनियताको शपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा
जिवछ उदासी लहान,सुखी नेपाली र समृद्ध नेपाल बनाउनको लागि किसानहरुलाई जागरुक बनाउन कृषक समूहहरु लाग्नुपर्ने नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य गंगा प्रसाद यादवले बताउनु भएको छ । लहान नगरपालिका १३ मा रहेको गोदाबरी कृषक समूहको चौथो साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । सरकारको तीन खम्बे अर्थनीति अन्तर्गत एक सहकारी रहेको उहााले भन्दै कृषक समूहरुहरु सहकारीमा परिणत भएर देशको आर्थिक समृद्धिको लागि जागरुक हुन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘अहिले सरकारले कृषकहरुको लागि दिने अनुदान रकमहरु गैर कृषकहरुले समूह र सहकार िगठन गरेर रकमको लगानी अन्य क्षेत्रमा गरि
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A