जीवछ उदासी लहान पुस २३ गते । प्रेस सेन्टर सिरहाको पाँचौ जिल्ला अधिवेशनबाट राम भरोसी यादवको अध्यक्षतामा जिल्ला कार्य समिति,केन्द्रिय प्रतिनिधि र प्रदेश प्रतिनिधि चयन गरेर सम्पन्न भएको छ । गोलबजारको व्यापारसंघमा सम्पन्न पाँचौ अधिवेशनबाट उपाध्यक्षद्वयमा मुकेश कुमार यादव,सन्तोष कुमार साह,सचिवमा सुदिप राउत,सह सचिवद्वयमा सुरेश राय,आशानन्द यादव, कोषाध्यक्षमा नैना चौधरी सदस्यहरुमा क्रमश: अनुभक्त चौधरी,मोहन साह,विवेक परियार ज्ञान राय र सुनिल साह चयन भएका छन् । यसैगरी प्रदेश प्रतिनिधिमा जीवछ उदासी,राम भरोसी कामती र राम नारायण ठाकुर चुनिएका छन् भने केन्द्रिय प्रत
फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले गत वर्ष २०८० चैत ४ गते राष्ट्रिय स्तरको यज्ञभूमि क्रिकेट स्टेडियमको शिलान्यास गरेका थिए। नगर उपप्रमुख रामचलितर महतो र वडा नं. ४ का अध्यक्ष रामनाथ पण्डितको उपस्थितिमा शिलान्यास गरिएको उक्त परियोजनाको अहिले कुनै प्रगति नदेखिँदा स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। शिलान्यासका क्रममा मेयर चौधरीले स्टेडियम निर्माणका लागि आगामी आर्थिक वर्षमा विशेष आर्थिक तथा प्राविधिक सहयोगको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए। तर, एक वर्ष बितिसक्दा पनि यो परियोजनाका लागि न बजेट विनियोजन भयो, न त निर्माणकार्यको थालनी नै। स्थानीय नगरवा
फिरोज सिद्दिकी लहान । लहानस्थित समता स्कुलमा शुक्रबार चौथो संस्करणको 'समता साहित्य उत्सव' भव्यताका साथ सम्पन्न भएको छ। शिक्षा, कला र साहित्यलाई एकसाथ जोड्ने प्रयास गर्दै विद्यार्थीहरूलाई सिर्जनशील बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको आयोजकले जनाएको हो। कार्यक्रमको प्रमुख अतिथि पूर्व सांसद लगनलाल चौधरी र अध्यक्षता समता स्कुल लहानका प्रिन्सिपल कमल सिङ्तानले गरेका थिए। कार्यक्रममा प्रमुख वक्ता कवि तथा अनुवादक निमेष निखिलले विद्यार्थीहरूलाई साहित्यलाई जीवनशैलीको रूपमा अपनाउँदै स्रष्टाका रूपमा अघि बढ्न प्रेरित गरे। कार्यक्रम दुई चरणमा भएको थियो। पहिलो चरणमा लहान, राजविरा
लहान । लहान नगरपालिकाको ४४ लाख रुपैयाँ बक्यौता प्रकरणले हाल नगरवासीको ध्यान खिचेको छ। चौधरी इलेक्ट्रोनिक्सबाट उधारोमा लिइएको सामानको भुक्तानी २४ महिनासम्म रोकिएको घटनाले मेयर महेश चौधरी र प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाको भूमिकामाथि गम्भीर प्रश्न उठाएको हो। चौधरी इलेक्ट्रोनिक्सकी सञ्चालिका शिला चौधरीले आफ्नो सामानको रकम भुक्तानी नपाएपछि नगरपालिका प्रशासनमाथि आक्रोश पोख्दै हालै प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा पुगेकी थिइन्। “म अब सहन सक्दिन। भुक्तानी दिनुस्, नत्र मलाई पासो लगाएर मार्नुस्,” आक्रोशित स्वरमा उनले भनिन्। उनका अनुसार, नगरपालिकाले विद्युत सामग्री खरिद गर्ने क्रमम
फिरोज सिद्दिकी लहान। लहान नगरपालिकाको १५औं नगरसभा विवादित बनेको छ। नगरसभाको उद्घाटन कार्यक्रमलाई नेपाली कांग्रेसको झल्को दिने गरी संचालन गरिएको भन्दै अन्य राजनीतिक दलहरूले घोर आपत्ति जनाएको हो। नगरसभामा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह प्रमुख अतिथि रहेको र सिरहाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो। तर, सभाहल र बाटोहरू नेपाली कांग्रेसको झन्डाले सजाइएको र कार्यक्रमलाई पार्टीको बैठकजस्तो बनाइएको भन्दै नेकपा एमाले र माओवादी केन्द्रका नगर अध्यक्षहरूले आपत्ति जनाएका छन्। नेकपा एमालेका नगर अध्यक्ष
गोलबजार । मधेश प्रदेशकी सांसद सहिदा खातुन र उनको परिवारले गोलबजार नगरपालिका–१३, दुर्गापुरकी दीपत खातुन र उनका श्रीमान् नथुनी मियाँसहित परिवारका अन्य सदस्यहरूलाई कुटपिट गरेको आरोप लागेका छन्। पीडित पक्षले बुधबार पत्रकार सम्मेलन गर्दै सांसद खातुन, उनका श्रीमान् मो. हाकिम, छोरा दिल मोहम्मद र भाई मो. रहिमले ४० हजार रुपैयाँको विषयलाई लिएर कुटपिट गरेको बताएका हुन्। पीडित दीपत खातुनका अनुसार सांसद खातुनले आफ्नो छोराको नाम खुनी मुद्दाबाट हटाउन खर्च भएको ४० हजार रुपैयाँ माग गरेकी थिइन्। दीपत खातुनले उक्त विषयमा पञ्चायतमार्फत छलफल गर्न खोज्दा सांसद खातुन र उनका परिवारका सदस्यहरूले उनीमाथि हातपात
जनकपुरधाम । नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले जनकपुरधाममा हिन्दू परम्पराअनुसार २२औं वैवाहिक वर्षगाँठ विशेष रूपमा मनाएका छन्। त्रेतायुगमा भगवान राम र माता सीताले जनकपुरमै विवाह गरेको ऐतिहासिक महत्व बोकेको यस पवित्र भूमिमा वर्षगाँठ मनाउन पाउँदा दम्पती अत्यन्तै हर्षित देखिए। फेन दम्पतीले मिथिलामा विवाहको स्वयंवरका बेला बेहुला र बेहुलीले पहिरिने पारम्परिक भेषमा सजिएर समारोह मनाए। राजदूत रब फेनले बेहुलाका लागि विशेष फूलको वरमाला र मौर पाग लगाएका थिए भने उनकी धर्मपत्नी जुलिया फेनले मिथिलामा दुलहीका लागि सौभाग्य सूचक रातो सारी र चुनरी पहिरिएकी थिइन्। जानकी मन्दिरका सह
फिरोज सिद्दिकी लहान । नेपाली साहित्यको प्रवर्द्धन र विद्यार्थीहरूमा साहित्य प्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले सिरहाको लहानमा आगामी पुस १९ गते ‘समता साहित्य उत्सव’ आयोजना हुने भएको छ। समता स्कुल पूर्वी कन्सोर्टियमले आयोजना गर्न लागेको यो साहित्य उत्सवको चौथो संस्करण हो। ‘साहित्यको संसारमा प्रेरणाको दियो’ भन्ने नारासहित हुने कार्यक्रममा सिरहा, सप्तरी, धनुषा, उदयपुर, सिन्धुलीलगायत विभिन्न जिल्लाका २० भन्दा बढी ख्यातिप्राप्त साहित्यकारहरूको सहभागिता रहने जानकारी आयोजकले दिएको छ। कार्यक्रमको प्रमुख उद्देश्य विद्यार्थीहरूमा साहित्यिक रुच
जीवछ उदासी लहान,पुस ४ गते । लहानको मुख्य चोकदेखि दुई किलोमिटर पश्चिममा रहेको भोटियाटोल चोकमा खुलेका आधा दर्जन होटेलहरुमा घोङगी खान वेलुका लर्को नै लागेको हुन्छ । घोङ्गी खाने रहर जाग्यो भने लौ जाउ घोङ्गी खान भोटियाटोल भने भनाइ नै भएको छ । उमेश साह र दिनेश साहले एक दशकभन्दा बढी समयदेखि भोटिया टोलमा चलाई रहेको होटेलमा अहिले घोङगीको खपत पहिलेको तुलनामा हवातै बढेको छ । उमेश साह भन्नुहुन्छ,‘भोटिया टोल चोकमा खुलेको आधा दर्जन हेटेलहरुमा दिनको एक क्विनटल घोङ्गी खपत भइरहेको छ । स्थानीय र छिमेकी जिललाबाट आउने घोङगीले पुग्थ्यो । अहिले भारतको विहारबाट घोङ्गी मगाउनु परिरहेको छ ।’ प्रति पलेट ७
जीवछ उदासीलहान,३ गते । नेपाल पत्रकार महासङ्घको २७ आंै अधिवेशनबाट सिरहा शाखाबाट निर्वाचित पत्रकारहरुले सिरहाको पत्रकारतिलाई मर्यादित बनाएर उचाइमा पुरयाउने साझा सङ्कल्प गरेका छन् । निर्वाचन समिति सिरहाले सोमबार आयोजना गरेको प्रमाणपत्र वितरण र सम्मान कार्यक्रममा प्रमाणपत्र र सम्मान ग्रहण गर्दै निर्वाचित पत्रकारहरुले यस्तो सङ्कल्प गरेका हुन् । सिरहा शाखाका चार पटक अध्यक्ष हुनु भएको प्रमुख अतिथि दिनेश्वर प्रसाद गुप्ताले पत्रकारहरुले आवाज विहिनहरुको आवाज उठाउन साझा सङकल्प लिएर अघि बढ्न आग्रह गर्नुभयो ।‘सिरहा जिल्लाको पत्रकारिताको धार परिवर्तनको पक्षमा भएपनि आपसी खिचातानीले सङगठित रुपमा आवाज
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A