राष्ट्रिय

    Showing ३७१-३८० of १,०९५ items.
  • रोकिएका विकास योजनाहरू सुचारु गर्न माग गर्दै वडा कार्यालयमा ज्ञापनपत्र

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिका वडा नं. ५ का वडाध्यक्ष अब्दुल करिमलाई नेकपा एमाले वडा कमिटीले वडा विकास योजनामा ढिलाइ र वेवास्ता भएको भन्दै ७ बुँदे ज्ञापनपत्र बुझाएको छ। लहान ५ वडा कमिटीका अध्यक्ष लक्ष्मी पासमानको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा नगरपालिकाले विगतमा सञ्चालित नगर तथा वडास्तरीय गौरवका योजनाहरूमा कुनै पहल नगरेको आरोप लगाइएको हो। ज्ञापनपत्रमा वडा नं. ५ मा असुली गरिएका कर, सडक बत्ति शुल्क र वातावरण शुल्कको औचित्यप्रति प्रश्न उठाइएको छ, किनकि महिनौंसम्म फोहर उठाउने काम नभएको र सडक बत्तिको उचित व्यवस्थापन नभएको उल्लेख छ। पार्टीले चाडपर्वको समयमा पनि वडामा आधारभूत सुविधाको अभाव

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ६९२ पटक पढिएको
    • समृद्धिपथ
  • किसान महासंघद्वारा लहान नगरपालिकालाई ५ दिने अल्टिमेटम

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिका र खुट्टि नहर संघर्ष समितिबीच मिति २०८१ असोज ११ गते भएको वार्तामा भएको सहमति लहानका किसानहरूको हित विपरीत रहेको भन्दै अखिल नेपाल किसान महासंघ, लहान नगर समितिले कडा आपत्ति जनाएको छ। अखिल नेपाल किसान महासंघ, लहानले एक प्रेस विज्ञप्ति जारी गर्दै संघर्ष समिति र नगरपालिकाबीच भएको समझौता किसानहरूको हितविपरीत भएको दाबी गरेको हो। लहान नगरपालिका र संघर्ष समितिबीच भएको वार्तामा किसानहरूको मुख्य माग खुट्टि नहरलाई डम्पिङ साइडमा परिणत गर्ने ठेक्काको रद्द गर्ने विषय नै छलफलमा नल्याइएको आरोप लगाएको छ। लहान नगरपालिकाले खुट्टि नहरलाई डम्पिङ साइटमा परिणत गर्ने ठेक्का रद्द

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ६५० पटक पढिएको
    • समृद्धिपथ
  • अविरल वर्षाले इस्लामपुर र सुन्दरपुर डुबानमा

      जीवछ उदासी  लहान,असोज १२ गते । अविरल वर्षाले गर्दा लहान- ४ का इस्लामपुर र सुन्दरपुर सुकुम्बासी बस्ती डुबानमा परेको छ । बलान नदीको पश्चिमी किनारमा रहेको यी दुबै बस्ती हरेक वर्ष वर्षाको समयमा यस्तो समस्या झेल्दै आइरहेको छ ।  स्लामपुर र सुन्दरपुर बस्तीको दीर्घकालिन समस्या समाधान गर्नुपर्ने माग गर्दै आइरहेको स्थानीय पीडित निर्मला मोदेले सुनाउनुभयो। दिर्घकालिन समस्या समाधानको लागि मधेस प्रदेशको विपद व्यवस्थापन संसदीय समितिले समेत स्थलगत अनुगमन गरि सकेको र संघमा पनि संघीय सांसद राम शङकर यादव र गङ्गा प्रसाद यादवले उठाइएकोले समस्या समाधान हुने लहान- ४ का वडाध्यक्ष रामनाथ पण्डितले

    • प्रकाशित मितिः असोज १२, २०८१
    • ५३५ पटक पढिएको
    • समृद्धिपथ
  • स्थानीय जनताको अधिकारमाथि अतिक्रमण

    सम्पादकीयः फिरोज सिद्दिकी लहानमा विकासका नाममा भइरहेका अनियमितता र अन्याय दिन प्रतिदिन गहिरिँदै गएका छन्। यसै सन्दर्भमा, खुट्टि खोला र सर्रे खोला जस्ता जनताको आधारभूत स्रोतहरूमाथि भएको अतिक्रमण स्थानीय स्तरमा भ्रष्टाचारको प्रतिविम्ब हो। स्थानीय मजदुर, जो आफ्नो जीविका खोला आश्रित श्रमबाट चलाउँदै आएका छन्, तर लहान नगरपालिकाले खोलामा काम गर्ने मजदुरहरुलाई रोक लगाएको छ । गरिब निर्माण मजदुरहरु खोलामै काम गरेर जिविकोपार्जन गर्दै आएका छन् । चाडपर्व नजिकिदै गएको छ । उनीहरूको चाडपर्वको खुसी समेत खोसिने अवस्थामा पुर्‍याउनु जनताको अधिकारमाथि भएको गम्भीर उल्लंघन हो। लहान नगरपालिकाका मेयर महेश चौधरील

    • प्रकाशित मितिः असोज ९, २०८१
    • ६०५ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा छोराको कुटपिटबाट बुवाको मृत्यु

    सिरहा । सिरहाको औरही गाउँपालिका–३ खजनपुर टोलमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, ६५ वर्षीय भालेश्वर यादवको आफ्नै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले कुटपिट गरेपछि उनको मृत्यु भएको हो। प्रहरी प्रवक्ता डिएसपी मुक्ति सापकोटाका अनुसार, सोमबार साँझ घरायसी विवादका क्रममा शैलेन्द्र र उनकी पत्नीले भालेश्वरमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भालेश्वरलाई तत्कालै प्रादेशिक अस्पताल सिरहामा लगिएको थियो, जहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल लैजाने क्रममा राति ११:४० बजे बाटोमै मृत्यु भएको थियो। घटनापछि

    • प्रकाशित मितिः असोज ९, २०८१
    • ५८२ पटक पढिएको
    • समृद्धिपथ
  • मजदुर मारा नीतिको विरोधमा निर्माण मजदुर युनियनद्वारा आन्दोलनको चेतावनी

    फिरोज सिद्दिकी लहान । नेपाल बिजुली पेन्टर पलम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक-नेपाल) ले लहान नगरपालिकालाई ज्ञापन-पत्र बुझाउँदै नदिजन्य बालुवा, गिट्टी, ढुंगा लगायतका सामग्री उठाउन लगाइएको रोकलाई अविलम्ब फिर्ता गर्न माग गरेको छ। संगठनले प्रमुख प्रशासकीय अधिकृत जयकान्त झालाई बुझाइएको ज्ञापनपत्रमा नगरपालिकाले अस्थिर रूपमा नदिजन्य पदार्थ उठाउन रोकेको भन्दै दशैं, तिहार, छठ जस्ता महत्वपूणर् चाडपर्वको मुखमा मजदुरहरूको जीवन संकटमा परेको उल्लेख छ। संगठनका अध्यक्ष भगवती प्रसाद चौधरीले हस्ताक्षर गरेको ज्ञापन-पत्रमा ठेक्का प्रक्रियामा नगरपालिकाको असक्षमताको आलोचना गर्दै मजदुरहरूलाई पीडित नबनाउन चेत

    • प्रकाशित मितिः असोज ८, २०८१
    • ६५० पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा ढल निकास व्यवस्थापनको नाममा नहरको अस्तित्व संकटमा, किसानहरूको असन्तुष्टि

    फिरोज सिद्दिकी लहान । सिरहाको लहान नगरपालिकामा ढल निकास व्यवस्थापनको योजना अघि बढेसँगै नहरको अस्तित्वमा संकट उत्पन्न भएको छ। नगरपालिकाले नहरलाई पुरेर ढल निकासका योजना अघि सारेपछि पुराना नहरको अस्थितत्व संकटमा परेको हो । नगरपालिकाले नहरलाई पुरेर ढल निकासका लागि ठूलो साइजको ह्युम पाइप लाइन वा कंक्रिटको नाला बनाउने तयारी गरेको बुझिएको छ, जसले ढललाई बलान नदीमा झार्ने योजना रहेको छ। साथै, सोही संरचना पुरेर बाटो पनि फराकिलो बनाइने कुरा नगरपालिकाले अघि सारेको स्रोत दावी रहेको छ। स्थानीय बासिन्दा र किसानहरू यस योजनासँग असहमत रहेका छन्। उनीहरूको भनाइमा, लहानको कोर क्षेत्रका व्यापारी र बासिन्दाहरूलाई

    • प्रकाशित मितिः असोज ७, २०८१
    • ५७७ पटक पढिएको
    • समृद्धिपथ
  • अत्यधिक गर्मीका कारण लक्ष्मीपुरपतारीका विद्यालयहरू बन्द

    फिरोज सिद्दिकी लहान । लक्ष्मीपुर पतारी गाउँपालिकामा अत्यधिक गर्मीका कारण २०८१ असोज ८ गतेदेखि ११ गतेसम्म सम्पूणर् सामुदायिक विद्यालयहरू बन्द गरिने भएको छ। गाउँपालिकाले जारी गरेको सूचनामा अत्यधिक गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै विद्यालयहरूमा अस्थायी बिदा दिन निणर्य गरिएको हो। गाउँपालिकाको सूचनामा बिदा अवधिमा विद्यालयको प्रशासनिक कार्यहरू भने प्रभावित नहुने उल्लेख गरिएको छ। यो बिदा स्थानीय बिदाबाट कट्टा गरिने र बालबालिकाहरूको शिक्षण सिकाइ क्रियाकलापमा नकारात्मक प्रभाव नपरोस् भन्नका लागि गरिएको जनाइएको छ। अत्यधिक गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा असर

    • प्रकाशित मितिः असोज ७, २०८१
    • ५९३ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा ४२औं अन्तर्राष्ट्रिय शान्ति दिवस भव्य रुपमा मनाइयो

    फिरोज सिद्दिकी लहान । “शान्तिको संस्कृति विकास गरौं“ भन्ने मूल नाराका साथ लहानमा ४२औं अन्तर्राष्ट्रिय शान्ति दिवस भव्य रुपमा मनाइएको छ। लहान स्थित रहेको विभिन्न संघसंस्थाको आयोजनामा र्‍याली, कोण सभा र दीप प्रज्वलन गरी शान्तिको सन्देश फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको हो। लहानका मुख्य बजार क्षेत्रमा र्‍याली निकालेर सहभागीहरुले शान्तिको महत्वबारे जनचेतना जगाए। र्‍यालीपछि भएको कोण सभामा प्रमुख अतिथि लहान नगरपालिकाका उपमेयर राम चलितर महतोले शान्ति र स्थायित्वको लागि समाजमा सहिष्णुता, सहकार्य र मेलमिलापको आवश्यकता रहेको औंल्याए। साथै, अहिलेको विश्

    • प्रकाशित मितिः असोज ५, २०८१
    • ६१९ पटक पढिएको
    • समृद्धिपथ
  • खुटीखोला संघर्ष समितिद्वारा सिंचाई कार्यालयलाई ज्ञापनपत्र, ७ दिनभित्र समाधानको माग

    फिरोज सिद्दिकी लहान । खुटीखोला सिंचाई संघर्ष समिती सिरहाले लहान नगरपालिकाको विभिन्न वडाका किसानहरूको तर्फबाट बुधवार जिल्ला सिंचाई कार्यालय सिरहामा ज्ञापन पत्र बुझाएको छ। समितीले लहान नगरपालिकाको वडा नं. १, २, ३, ११, १२, १९, २०, २१, २२, र २३ साथै सखुवानन्कारकटी र लक्ष्मीपुर पत्तारी गाउँपालिकाका किसानहरूको ९३५ बिग्हा जमिन सिंचित गर्न नहरको उकास अविलम्ब गरि प्रक्रिया सञ्चालन गर्न माग गरेको हो। समितीले ज्ञापन पत्रमार्फत ७ दिनभित्र माग पूरा नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ। खुटीखोला सिंचाई परियोजनामा स्थानीय सरकारले मनोमानी ढंगले नहरमा ढल निर्माण गर्न ठेक्का दिएकोमा संघर्ष समितीले आपत्

    • प्रकाशित मितिः असोज ३, २०८१
    • ६०० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A