समाचार

    Showing ७१-८० of १,२५५ items.
  • मृतक सदाय परिवारलाई राहत वितरण

    जीवछ उदासी  लहान,भदौ १८ गते  लहान-१९ कटहाका मृतक सदाय परिवारको घरमा पुगेर लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले राहत वितरण गर्नु भएको छ ।  गएको शनिबार भदौ १४ गते विद्युत सिटि रिक्सामा करेन्ट लागेर ४७ वर्षिय चमकलाल सदायको मृत्यु भएको थियो ।  लहान वडा नम्बर -१९ का वडाध्यक्ष मो कमरुदिनले मृतक सदायको मृत्यु भएको जानकारी लहान नगरपालिकामा गराएपछि आज बुधवार १ क्विन्टल चावल ५ किलो दाल ३ किलो नुन र ३ लिटर तेल लिएर मृतक सदायको घर पुगेर राहत वितरण गर्नुभयो ।  राहत ग्रहण गर्दै मृतक सदस्यको पत्नी सावित्री सदस्यले कक्षा १२ उतीर्ण गरेको छोरा कृष्ण सदायलाई नगरपालिकामा रोजगारी

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ४८५ पटक पढिएको
    • समृद्धिपथ
  • सहरमा नहर विवाद

    जीवछ उदासीलहान,भदौ १८ गते लहान नगरपालिका वडा नम्बर १० मा खुटी नहरको पानी निकासको लागि निर्माण भएको हेडवक्र्स सञ्चालनमा नआउँदै सहरी क्षेत्रमा खुटी नहरको विवाद पेचिलो बन्दै गइरहेको छ । चार वर्ष अघि आठ करोड ७२ लाखको लागतमा निर्माण भएको हेडवक्र्सबाट नहरमा पानी निकास भए दक्षिण भेगका ९३५ विगहामा सिँचाई हुने लक्ष्यको साथ निर्माण गरिएको हेडवक्र्सबाट पानी निकास हुने खुटी नहर किसान संघर्ष समिति प्रयासरत रहेको छ भने नहरमाथि र नदी गहिरो हुँदै गएकोले यसबाट पानी बग्न नसक्ने तर्क सहरी क्षेत्रका स्थानीयहरुले गर्दै आइरहेका छन् । चन्द्र शमशेरको पालामा नै गौरवको नौ वटा आयोजनाहरुमध्ये एक लहानको खुटी नहर सञ्चाल

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ६९० पटक पढिएको
    • समृद्धिपथ
  • राहत शिक्षकलाई करारको म्याद थप्ने कार्य सहय छैन : उपाध्यक्ष काम्ती

    जीवछ उदासी  लहान भदौ १६ गते  नेपाल राहत शिक्षक समितिका केन्द्रिय उपाध्यक्ष शिब शङकर काम्तीले राहत शिक्षकको करार म्याद थप्ने कार्य स्वीकार्य नभएको बताउनु भयो ।  गएको शनिबार नेपाल राहत शिक्षक समितिले राहत शिक्षकको समस्यामा प्रधानाध्यापकहरुको सहयोग विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको थियो ।  राहत शिक्षक दरबन्दीमा नै नरहेकोले अस्थायी प्रकृतिको शिक्षक जस्तै ६ / ६ महिनामा करार म्याद थप्नुपर्ने पालिकामा रहेको शिक्षा शाखाहरुले दुख दिइने र मानसिक तनाव थप्ने कार्य बन्द गर्न उहाँले आग्रह र चेतावनी दुबै दिनुभयो । उहाँले भन्नुभयो,' नयाँ शिक्षा ऐन आएपछि सबै कुरा प्रष

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ७३६ पटक पढिएको
    • समृद्धिपथ
  • गोपाल सेवा समिति लहानद्वारा वृक्षारोपण

      जीवछ उदासी  लहान,भदौ १६ गते गोपाल सेवा समिति लहानले २४ औ स्थापना दिवसको अवसरमा जेएस मुरारका बहुमुखी क्यामपस लहानको खुल्ला मैदानमा वृक्षारोपण गरेको छ ।  वृक्षा रोपण कार्यक्रममा मधेश प्रदेशका वन तथा पर्यावरण मन्त्री सन्जय यादव लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरी गोपाल सेवा समितिका अध्यक्ष गणेश यादव जिल्ला समन्वय समिति सिरहाका सदस्य जानकी यादव समाजसेवी सत्य नारायण यादव वातावरणविद् दिनेश यादव क्यामपस प्रमुख सन्जय चौधरी सहायक क्यामपस प्रमुख सजन कुमार साह जेएस मुरारका माध्यमिक विद्यालय संयोजक जीवछ उदासी,सदस्य सुदिप महतो लगायतका विभिन्न दलका नेता कार्यकर्ताहरु सहभागी भएका थिए

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ५९८ पटक पढिएको
    • समृद्धिपथ
  • भूमि विधेयक खारेजीको माग गर्दै सिरहाको लहानमा विरोध प्रदर्शन

    फिरोज सिद्दिकी लहान (सिरहा) । सरकारले ल्याएको भूमि विधेयक गरिब, दलित र भूमिहीनहरूको हितविपरीत रहेको भन्दै जनता समाजवादी पार्टी नेपाल (जसपा) सिरहाले कडा आपत्ति जनाउँदै आइतबार लहानमा बृहत् विरोध प्रदर्शन तथा कोणसभा गरेको छ। लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भएको र्‍याली विभिन्न नाराबाजी गर्दै बजार परिक्रमा गरी सहिद पार्क अगाडि पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रम क्षेत्र नं.–१ का क्षेत्रीय अध्यक्ष प्रयागलाल यादवको अध्यक्षता रहेको थियो। वक्ताहरूले भूमि विधेयक लागू भएमा चुरे क्षेत्रको विनाश, वन संहार, पानीको हाहाकार र मधेशमा खडेरी जस्ता गम्भीर समस्या निम

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • ५५१ पटक पढिएको
    • समृद्धिपथ
  • लिटिल स्टार स्कूलमा रक्तदान कार्यक्रम सम्पन्न, विद्यार्थी–शिक्षकको उत्साहपूर्ण सहभागिता

    फिरोज सिद्दिकी लहान, भदौ १३ गते । लहान–६ स्थित रहेको लिटिल स्टार सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूलमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको आफ्नै सभा हलमा आयोजित कार्यक्रममा विद्यार्थी र शिक्षक कर्मचारीहरूले रक्तदान गरेका हुन्। विद्यालयका प्रिन्सिपल जयप्रकाश चौधरीले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले भने, 'हाम्रो पनि सामाजिक उत्तरदायित्व छ। विद्यालयमा अध्ययनरत २ हजार विद्यार्थी र ११३ जना शिक्षक कर्मचारीलाई कहिल्यै रगतको आवश्यकता पर्न सक्छ वा समाजमा पनि आवश्यक हुन सक्छ। केही हदसम्म भएपनि हामीले आफ्नो उत्तरदायित्व पूरा गर्ने प्रयास

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • १,५३० पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा भव्य मोहम्मद डेको जुलुसको तयारी, झण्डा अनिवार्य, मोटरसाइकल र डिजे साउन्डमा रोक

    फिरोज सिद्दिकी  लहान । लहानमा यस वर्षको मोहम्मद डेको जुलुस आगामी भदौ २० गते शुक्रबार (जुमाको दिन) बिहान ८:३० बजे निकालिने भएको छ । जुलुस बाख्रा बजारबाट सुरु हुने जनाइएको हो। यसका लागि बिहीबार बिहान युथ मुस्लिम वेलफेयर सोसाइटी नेपाल, लहान मुस्लिम समाज र विभिन्न मदरसाका प्रतिनिधिहरूबीच विशेष बैठक बसेको थियो । बैठकमा जुलुसलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन नियम बनाइएका छन् । बैठकले यसपटकको जुलुसलाई अझ अनुशासित बनाउन केही कडाइ गर्ने निर्णय गरेको छ । महिलाहरूलाई जुलुसमा सहभागी नगराइने, मोटरसाइकल लिएर आउन नपाइने, साउन्ड सिस्टम ठूलो स्वरमा बजाउन नपाइने नियम तोकिएको छ । त्यस्तै, हरेक

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • ७४६ पटक पढिएको
    • समृद्धिपथ
  • भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर

    नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ। भेट्रान्स फोर्टी क्लबको आयोजना गर्ने प्रतियोगिता आगामी भदौ १३ देखि १६ गतेसम्म बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा हुनेछ। प्रतियोगितामा सानिमा जिआईसी इन्स्योरेन्स, नेपाल एसबिआई बैंक, जगदम्बा मोटर्स, प्राइम बैंक, आइएमई डिजिटल, महालक्ष्मी मोबाइल्स, लक्ष्मी सनराइज बैंक, केआइइसी, एनआइसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक, क्वेस्ट फार्मास्युटिकल्स, प्रभु बैंक, सालिको, युनाइटेड अजोड इन्स्योरेन्स, स्प्राउट टेक, नेपाल बैंक र आइसिएफसी फाइनान्ससहित कुल

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ८७७ पटक पढिएको
    • समृद्धिपथ
  • किशोरवयमै प्रेमविवाहमा दोहोरो झडप, पाँचजना घाइते

    सिराहा । विष्णुपुर गाउँपालिका–५, लक्ष्मीपुर गाउँमा सोमबार दिउँसो किशोरकिशोरी पक्षबिचको दोहोरो झडपमा पाँचजना घाइते भएका छन्। घटना किशोरवयमै प्रेमविवाह गरेको भनिएका युवक–युवतीसँग सम्बन्धित रहेको छ। घाइतेमध्ये प्रेमविवाह गरेकी किशोरीसहित उनकी दिदी, किशोर पक्षबाट अविरन महतो, उनका छोराहरू जीवन र दिपन रहेका छन्। घाइते सबैलाई सिराहा प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो। अवस्था गम्भीर रहेकी किशोरीलाई थप उपचारका लागि सोमबार साँझ विराटनगर लगिएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार, उमेर नपुगी प्रेमविवाह गरेका दुवैजनालाई आइतब

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ३२५ पटक पढिएको
    • समृद्धिपथ
  • जिल्ला उद्योग वाणिज्य संघ सिरहामा विवादः महासचिव श्याम गुप्ताले लगाए अध्यक्ष शारदामाथि बेपर्दा आरोप

    लहान । जिल्ला उद्योग वाणिज्य सङ्घ सिराहा, लहानका अध्यक्ष विकास शारडा सातजना माफिया व्यापारीको एजेन्ट, सानो व्यापारी वर्गको शत्रु र अविवेकी तथा गैरजिम्मेवार नेता रहेको आरोप लागेका छन्। महासचिव श्याम गुप्ताले आज पत्रकार सम्मेलन गर्दै उक्त आरोप लगाएका हुन्। गुप्ताका अनुसार अध्यक्ष शारडा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा होइन, ठूला व्यापारी र माफियाहरूको स्वार्थ पुरा गर्न मात्र केन्द्रित छन्। उनी झुठो बोल्ने, सूचना च्यात्ने र चोर शैलीमा निर्णय गर्ने कार्यमा संलग्न छन्। महासचिव गुप्ताले अध्यक्ष शारडाको कार्यशैलीलाई अविवेकी, गैरजिम्मेवार र चोर शैलीको करार दिँदै २०८२ साल साउन ३० गते जारी नवीकरण सम्बन

    • प्रकाशित मितिः भदौ २, २०८२
    • २,३४९ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A