जीवछ उदासी लहान असोज २ गते लहान नगरपालिकामा रहेका ५९ वटा सामुदायिक विद्यालयहरुमा प्रकोप र विपत्बाट जोगिन विद्यालय स्तरीय सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको छ । नेपाल भुकम्पीय जोखिममा ११ औं स्थानमा, बाढी जोखिममा ३० औं स्थान र जलवायु परिवर्तनको चौथो स्थानमा जोखिममा रहेकोले पूर्व तयारीको लागि यस्तो सचेतना कार्यक्रम चलिरहेको विकन परियोजना अन्तर्गतका विद्यालय सहजकर्ता नम्रता भट्टले जानकारी गराउनुभयो । उहाँको अनुसार २०७२ सालमा गएको विनाशकारी भूकम्प यहि भदौ १० गते रसुवा नुवाकोट र धादिङग जिल्लामा आएको विपतिमा भएको क्षतिले पूर्व तयारी र सचेतना आवश्यक छ । लहान नगरपालिकाको खुटी नदीको किनारमा रहेको श्र
जीवछ उदासी लहान,भदौ ३० गते सिरहा निर्वाचन क्षेत्र नम्वर १ का सांसद लहान -१० स्थित श्री जनता माध्यमिक विदालय बैरिया गुदीगाँउको निरिक्षण गर्दै पनि प्रविधियुक्त र जस्तापातामुक्त विद्यालय भवन बनाउन पहल गरिने बताउनु भएको छ । स्थानीयवासीहरुको साथमा विद्यालयको निरिक्षण गर्दै सत प्रतिशत दलित विपन्नका बालबालिका मात्रै पढने यस विद्यालयमा रहेको जस्तापाता भएको भवन विस्थापित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,'चुनसवको बेला गरिएको सबै प्रतिवद्धता व्यक्त गर्न लागि परेका छौ । हामी लामो लामो भाषण होइन,छिटो छिटो काम गर्न जनताको मत पाएका छौ । '
लहानमा शौचालय निर्माणको लागि सडक नाटक जीवछ उदासी लहान,असार २७ गते लहान नगरपालिकामा शौचालय निर्माणको लागि सडक नाटक गरेर जनचेतना फैलाउने कार्य सुरु गरेको छ । लहान नगरपालिका २०७४ सालमा नै खुला दिसामुक्त घोषणा। भएपनि अहिले चार हजार २०१ घरमा शौचालय नरहेकोले पुन: खुला दिसामुक्त नगरपालिका घोषणा गर्न लहान नगरपालिका र वाटरएड अन्तर्गतको चिकन परियोजना र दलित जनकल्याण शौचालय निर्माणको लागि विभिन्न रणनीतिक योजना अन्तर्गत दलित विपन्न समुदायमा शौचालय निर्माण र स्वच्छता सम्बन्धी जन जागरणको लागि सडक नाटकलाई समेत प्रथमिकता दिइएको छ । विकन परियोजनाका प्रमेश्वर झा र राजेश लोहनीक
जीवछ उदासी लहान,मङ्सिर २६ गते लहान सिटी जेसिसले सन २०२५ को सप्ताहिक विविध कार्यक्रम अन्तर्गत माध्यमिक विद्यालय स्तरीय वकृत्वकला लहान स्थित जेएस मुरारका बहुमुखी क्यामप्समा सम्पन्न भएको छ । आयोजना गरिएको वक्तृत्वकलामा जेएस मुरारका माधयमिक विद्यालयका घात्र राधा साह प्रथम भएकी छिन् । यसैगरी लर्ड बुध माध्यमिक विद्यालयका रुपेश कुमार यादव एभरेष्ट माभ्यमिक विद्यालयका आकृति साह तृतीय एलएमसीका विजया यादव चतुर्थ स्थान हासिल गरेका छन् । प्रतियोगितामा दसजना विधार्थीहरु सहभागिता जनाएका थिए । प्रथम द्धितिय तृतीय र चतुर्थ स्थान हासिल गरेका विधार्थीहरुलाई डायरी क्यालकुलेटर,सामान्य ज्ञानबाट पुरस्कृत गरेका छन
फिरोज सिद्दिकी लहान । लिटिल स्टार सेकेन्डरी स्कुल लहानका चार जना विद्यार्थी एमबिबिएस अध्ययनका लागि नाम निकाल्न सफल भएपछि विद्यालयले उनीहरूलाई विशेष सम्मान गरेको छ। विद्यालयका अध्यक्ष पम्मी साह र फाउन्डर प्रिन्सिपल जय प्रकाश चौधरीको उपस्थितिमा आयोजित एक समारोहका बीच विद्यार्थीहरूलाई सम्मान गरिएको हो। सम्मानित हुने विद्यार्थीहरूमा रन्जित राम, अविनाश यादव, विवेक यादव र निराजन यादव रहेका छन्। यी विद्यार्थीहरू एमबिबिएस प्रवेश परीक्षामा फुल स्कलरशिपमा उत्कृष्ट नतिजा ल्याएर चिकित्सा शिक्षा अध्ययनको अवसर प्राप्त गर्न सफल भएका हुन्। कार्यक्रममा बोल्दै फाउन्डर प्रिन्सिपल चौधरीले विद्यार्
जीवछ उदासी लहान,भदौ १८ गते लहान नगरपालिका -२ स्थित श्री भानु आधारभुत विद्यालयमा डाकिएको अभिभावक भेलाबाट आज श्याम सदाय विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएको छ । सदस्यहरुमा क्रमश: चौठी महतो,वविता राम,देवनाथ यादव सियाराम यादव शिक्षक प्रतिनिधि चाँदनी यादव र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक किन्त्रराज प्रसाद गुप्ता रहेका छन् । २०३९ सालमा स्थापना भएको भानु आधारभुत विद्यालयको हाल बेहाल भएपछि विद्यालयको सुधार गर्न र पुरानो साँख फिर्ता ल्याउन युवा प्रधानाध्यापक किन्त्रराज प्रसाद गुप्ता (सन्तोष ) लाई पठाएको लहान नगरपालिका शिक्षा शाखा प्रमुख अमिरी यादवले बताउनुभय
जीवछ उदासी लहान भदौ १६ गते नेपाल राहत शिक्षक समितिका केन्द्रिय उपाध्यक्ष शिब शङकर काम्तीले राहत शिक्षकको करार म्याद थप्ने कार्य स्वीकार्य नभएको बताउनु भयो । गएको शनिबार नेपाल राहत शिक्षक समितिले राहत शिक्षकको समस्यामा प्रधानाध्यापकहरुको सहयोग विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको थियो । राहत शिक्षक दरबन्दीमा नै नरहेकोले अस्थायी प्रकृतिको शिक्षक जस्तै ६ / ६ महिनामा करार म्याद थप्नुपर्ने पालिकामा रहेको शिक्षा शाखाहरुले दुख दिइने र मानसिक तनाव थप्ने कार्य बन्द गर्न उहाँले आग्रह र चेतावनी दुबै दिनुभयो । उहाँले भन्नुभयो,' नयाँ शिक्षा ऐन आएपछि सबै कुरा प्रष
फिरोज सिद्दिकी लहान, भदौ १३ गते । लहान–६ स्थित रहेको लिटिल स्टार सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूलमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको आफ्नै सभा हलमा आयोजित कार्यक्रममा विद्यार्थी र शिक्षक कर्मचारीहरूले रक्तदान गरेका हुन्। विद्यालयका प्रिन्सिपल जयप्रकाश चौधरीले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले भने, 'हाम्रो पनि सामाजिक उत्तरदायित्व छ। विद्यालयमा अध्ययनरत २ हजार विद्यार्थी र ११३ जना शिक्षक कर्मचारीलाई कहिल्यै रगतको आवश्यकता पर्न सक्छ वा समाजमा पनि आवश्यक हुन सक्छ। केही हदसम्म भएपनि हामीले आफ्नो उत्तरदायित्व पूरा गर्ने प्रयास
काठमाडौं । सिरहाको लहान नगरपालिका–१ मा रहेको पशुपति आदर्श माध्यमिक विद्यालयले ८९ जना व्यापारीहरूसँग ९ वर्षअघि पसल सञ्चालनको नाममा उठाएको करोडौं रकममा भ्रष्टाचार भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले छानबिन प्रक्रिया थालेको छ। आयोगले २०८१ साल चैत २५ गते लहान नगरपालिकालाई पत्र पठाउँदै संलग्न विवरण, प्रमाण र राय प्रतिकृया १५ दिनभित्र पेश गर्न निर्देशन दिएको हो। पत्रमा विद्यालयले कुन प्रयोजनका लागि रकम संकलन गर्यो, संकलित रकमको मात्रा कति हो, र सो रकम केमा खर्च भयो भन्नेबारे स्पष्ट विवरण दिन भनिएको छ। आयोगले उक्त रकम संकलन सरकारी वा सामुदायिक विद्यालयलाई
फिरोज सिद्दिकी सिरहा, वैशाख १५ गते । सरकारी विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण उत्पन्न शैक्षिक संकट समाधान गर्न सिरहा नगरपालिका वडा नं. ६ ले महत्वपूर्ण कदम चालेको छ। वडाध्यक्ष इन्द्रजित कुमार गोठियाको नेतृत्वमा वडाले भोलि मिति वैशाख १६ गतेदेखि निजी शिक्षक नियुक्त गरी विद्यालयमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो। वडाबाट जारी सूचनामा उल्लेख गरिएअनुसार करिब एक महिनादेखि जारी शिक्षक आन्दोलनले गरिब, निमुखा र दलित समुदायका बालबालिकाहरू शिक्षाबाट वञ्चित भइरहेका छन्। सूचनामा भनिएको छ, 'हामी शिक्षक आन्दोलनसँग ऐक्यबद्धता जनाउँछौं, तर आन्दोलनका कारण सर्वसाधारणका छोराछोरी शिक्षा पाउनब
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A